शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • एकल पुरूषले पायो मासिक भत्ता

एकल पुरूषले पायो मासिक भत्ता

  • आइतवार, कार्तिक २, २०७७
एकल पुरूषले पायो मासिक भत्ता

ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ।

तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको हुनसक्छ। दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाई समेत भत्ता दिन थालेको छ। गाउँपालिकाभरिका एकल पुरुषलाई गाउँपालिकाले गत आर्थिक वर्षबाट रु ५०० का दरले मासिक भत्ता दिन थालेको हो।

एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा पर्ने गरेका कारण भत्ता दिन थालिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए। उनीहरुको आर्थिक अवस्थामा थोरै राहत पुगोस् भन्नका लागि भत्ता दिन थालिएको हो।

गाउँपालिकाभरिका २८ एकल पुरुषले गत आर्थिक वर्षदेखि निरन्तर एकल पुरुष भत्ता खान थालेका छन्। अपिहिमाल गाउँपालिकाका अनुसार वडा नं १ का दुई, वडा नं २ का तीन, वडा नं ३ का नौ, वडा नं ४ का तीन, वडा नं ५ का पाँच र वडा नं ६ का छ जना एकल पुरुषले भत्ता पाइरहेका छन्।

गाउँपालिकाले भत्ता दिन थालेपछि एकल पुरुष पनि खुशी छन्। अपिहिमाल गाउँपालिका–४ का करवीरसिंह ठेकरेले भने, ‘गाउँपालिकाले मासिक रु ५०० भत्ता दिएपछि साबुन, नुन, तेल किन्न सहज भएको छ। अझै यो रकम थप गरिदिए हामी एकल पुरुषलाई पनि सहज हुनेछ।’

चर्चामा

सम्बन्धित समाचार