बिहिबार, बैशाख १३, २०८१

अछुत (लघुकथा)

  • बिहिबार, अशोज २२, २०७७
अछुत (लघुकथा)

सुरेशकुमार पान्डे। आरनमा बसेर टोमटाले गाग्रि टाल्दै थिए।चित्रुले पनि एउटा ताउला लिएर आएका रैछन।आकासमा कालो निलो भयकोछ सगर घरी ग्रजिदै थियो हुन सक्छ एकछिन पछि ठुलो पानी पर्ला जस्तो मौँसम बनेकोछ। सबैलाई आ-आफ्नो घर जान ढीलो भयको थियो।तर काम उस्तै उस्तै थिए गाग्रि नभय पानीको समस्या पर्ने,र ताउलो पनि भैँशिको दाना पकाउँनै प्रथ्यो।यिनी यस्ता चिज हुँन जो नभै हुँदैन।त्यस कारण ति भाँडाहरु पनि बनाएर लैजाने भन्दै बसेका थिए।

काईलाले र टोमटाले स्यानो छँदा एउटै स्कुलमा पढेका दुई घनिष्ट मित्र हुँन।उनिहरुमा आपसमा खासै भेदभाब थिएन तर चित्रे कटर रुढिवादी हो।यस्तो चिसो मौशम हुँदा पनि यस्तो घनिष्ट साथि लाई खै न कसैले चिया सोध्छन कस्तो मित्रहो?काँईलाले टोमटा तिर हेर्दै भन्छन।

यो सुनेर चित्रेका कान ठाडा हुँन्छन।कस्तो बाहुँन होला यो हाम्रो सन्तानको जातै हाल्यो यह्ले ता!उस्ले मनमनै भन्छ।तर केहि बोलेको भने थिएन चुप्पै थियो। एकैछिन पछि दुर्गेले एउटा केत्लिमा चिया र केहि गिलास ल्याएर आउँछ।पानी छिटा बिटा गर्दै थियो बिस्तारै बतासपनि चलिरहेको थियो,सगर को गुढकिदा यस्तो आयो पहाडै फोर्ला जस्तो चट्याङ गर्थ्यो।ओहा कता चिर्को पय्रो की भन्दै टोमटाले चिन्ता ब्याक्त गर्छन।दुर्गे नबोले नबोली भर्खर रिएर आएको चिया चिसोहोला भन्ठानेर उस्ले चिया गिलासमा राखेर काईँला लाई दिन्छ,अनि चित्रेलाई दिन थाल्छ उस्ले एकछिन न देख्याझै गर्छ!हजूर चीया भन्दै फेरी दुर्गेले गिँलास टकार्छ!यत्ति ता बुझ मान्छे को हो?भन्दै राता आँखा देखाउँछ।कम्तिमा परमपरा मा बस्न सिक टोमटा भएर ब्ह्रामण लाई चिया दिने तिम्रो हिम्मत कसरी आयो?चित्रे जर्किन्छ।

चिया त हो नपिउँनुस ईच्क्षा नभय भन्दै टोमटाले दुर्गेलाई भयो बाबु उँहाले नपिए मलाई ल्याउ भन्दै ईसारा गर्छ। काईलाले चिया पिउँदै थिए,हजूरको ईच्य्क्षा हो हुँन ता मैले केहि भन्नु छैन तर आज यो एक्काईसौँ शताब्दीमा पनि यो जात भातका कुरा गर्नु त ब्यार्थै हो भाई!भन्दै काईलाले चित्रेलाई शम्झाउँने प्रयत्न गर्छन।तिमिहरुले सम्झाउँनु पर्दैन तिमि बाहुँन भयर कामीले छोएको चिया खान्छौ हामी तिमिहरुले पनि छोएको खाँदैनौ तिमिहरु जस्तै बाहुँनले जात हालेर सबै बराबर गरि सक्यो! भन्दै चित्रे कुर्लिन्छ।

हाम्रो आफ्नो सँस्कार परमपरा छ।तिमिले खायु भन्दैमा म खाँदैन हो समाजको परमपरा पनि हुँन्छ आफ्नै खालको भन्दै करौँछ। हो हजूर ठिक हो जस्ले जे जान्याछ त्यहि गर्छन परमपरा त न राम्रा हुँदैनन् मात्र अबस्थानुसार मेल नखाने हुँन्छन।त्यही भयर पुराना भयका परमपरा लाई बदल्नु पर्छ!भन्दै काईलाले भन्छन। हिँजोकै खबर ता हो होटेल मा आफुले खाएको भाँडा माजिन भनेर खुईते दमाईलाई मरुञ्जैल पिटाई गरेछन।त्यत्रो पब्लिकले तमासा हेरेका थिए कसैलेपनि छुडाएनन।आखिर कुनै भलामानुशले पुलिसलाई सुचना दिएछ अनि पुलिस आएपछि छाडे तर पनि उस्लाई कुनै कार्वाही गरेनन भन्थे।

यस्तो समाजको परमपरालाई कसरी जायज भन्न मिल्छ?काईलाले एउटा घटनाको सम्रण गराउँदै भन्छन। पानि ठुलै पर्न थाल्छ अब त्यो आरनमा अलि बेर यस्तै पानी परेछ भने ओट लाग्ने थाउँपनि थिएन।आरन खरले छाएको थियो। धेरै बर्ष भयो त्यो पनि चुहीन सक्छ। काईलाले यो ब्यबस्था जनताले प्राण पोखेर ल्याएको तर यो कस्तो भग्यामानि रहेछ।जस्ले जनताको पिछानै छोड्न सकिन।जुन सुकै ब्यबस्था आएपनि यो समाजको आहाल छ।जातिय लैङ्गिय बिभेद आजपनि उस्तैछ भन्दै टोमटाले चिन्ता ब्याक्त गर्छन। आज बिदेशीले देशनै हत्याउन थाले किन आखिरमा यो बेलामा पनि जनतालाई जातियताले गर्दा एकता हुँन सकेका छैनन् नेता कुर्चिले गर्दा आपसमा मारामारीछ।काईलाले भन्छन।

चित्रेले त्यता तिर ध्यान नदिए झैँ गरेर पानी परेको हेर्दै आकास तिर नियाल्दै बे मौशमको बर्षा दुनीया पापि बयपछि अस्तै अनिष्ठ हुँन्छ आफ्ना बाटै भन्छ।उनिहरुले चिया पिएर सकेका थिए!लौन मेरो यो ताउलो छिट्टै टाल मलाई ढिलो भयो भन्दै टोमटालाई दवब दिन्छ।हौश पहिलो अब हजूरकै निम्टाई दिन्छु भन्दै टोमटाले ताउँलो टाल्न थाल्छन।हो ठिकैछ यो भाइको काम अलि छिटो गर्नु पय्रो ईनि अलि टाडा जाने हुँन काइँलाले भन्छन।जातिय बिभेदले गर्दा हाम्रो स्वर्ग जस्तो देश नर्कमा परिणित भयो पढे लेखेका मान्छेहरुमा पनि समाजमा रहेको कुसँस्कारलाई सफा गर्नु पर्छ भन्ने भनाई एक रत्ति आएन!टोमटाले चिन्ता ब्याक्त गर्छन।बाउ बाजे देखि चलन चल्तिमा आएको परमपरा छोड्नु हुँदैन हाम्रो रगतमा मिसियको छ सँस्कारपनि के तिमिले सार्कि दमाई ले छोएको पकाएको खान्छौ?चित्रेले टोममटा लाई सोध्छ।सबैको तेस्तै हो तलबाट माथि सम्म यस्तैछ!चित्रेले कुरा थप्छ!त्यो यति बेर सम्म खासै बोलेको थिएन।हो हजूर हामिसबैमा जातिय परमपरा छ एकदमै निर्मूल हुँन नसकेपनि कम्तिमा जातिय आधारमा अपमान नगरे हुँन्थ्यो भन्ने मात्रै हो टोमटाले भन्छन।

आजको यो बैज्ञानिक युगमा पनि कसैको खानेकुरा छोयो भन्दैमा यसरी दिशा पिसब खुवाउने!अपमानित गर्ने जस्तो सामाजिक अप्राद नभय हुँन्थ्यो !उन्ले थप्छन।अलि बेर मौन हुँन्छ!चित्रेको ताउँलो टालेर दिन्छन,चित्रे निस्किन्छ।यो समाजलाई सिति-मिति सुधार्न सकिदैन काईँलाले लामू स्वासफेर्दै भन्छन।उनि एउटा सरकारी स्कूल बाट रिटायर्ड अध्यापक हुँन।आफ्नो कार्याकालमा उन्ले छुवाछुत अन्मुलन गर्न स्कूलमा पनि धेरै प्रयातन गरे कयौँ मा सुधारपनि ल्याए।आफुलाई पनि कयौँ पल्ट जातिय छुवाछुत र रुढीवादी परमपराले ठुलो समस्या आई लागेको भन्छन।उनको बिचारमा आफु बाटनै सुरुवात गर्नु पर्छ भन्ने हो।

त्यसैले उनि समय समयमा टोमटाको आरनमा बसेका हुँन्थे कुनैन कुनै बहानाले।आजपनि एउटा गाग्रि ल्याएर आएका थिए। नेताहरु आफैले पनि जितिय संगठन ता निर्माण गर्छन तर आबस्याक शिक्षा दिँदैनन कि ता बाहुँन को बिरुद्धमा उक्साउँछन र समाजमा मारकाट गर्न लगाउँछन अन्तत्वगत्व उनि आतङकारी बन्छन अनि प्रसाशनको सिकार हुँन्छनट।यो सबे भन्दा खराब बिषय हो!काईलाले भन्छन।हो हजूर हाम्रै भाई छोरा हरु हिँजो जातिय मुक्ति भन्दै जनयुद्ध मा हामफाले कयौँ मारिए पनि खै अबस्था उस्तैछ!टोमटाले भन्छन।बन्दुकले कसैको सोच र आस

बन्दुकले कसैको सोँच र आस्थालाई ढाल्न सक्दैन मात्र मान्छे मार्न सक्छ।बरु समाजलाई सचेत गराएर मात्र हामि यो जातिय बिभेद बाट मुक्त हुँन सक्छौ।काईँलाले भन्छन।हो हजूर भन्दै टोमटाले गाग्रि तैयार भयको भन्छन।यसरी उनिहरुको राम्रो भेटघाट र छलफलको बिट मार्दै काईँला त्यँहा बाट बिदा हुँन्छन।०८-१०-२०२०(यो कथा काल्पनिक हो यसका नाम पात्र हरु सँग कसैको निजि सम्बन्ध छैन।यदि कतै मिल्न गयमा सञ्जोग मात्र हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार