बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जागिर (लघु कथा)

जागिर (लघु कथा)

  • आइतवार, अशोज १८, २०७७
जागिर (लघु कथा)
       सुरेशकुमार पान्डे

धनिरामले आफ्नो छोरालाई आफु बन्दगी बसेर पढाउँछ।उस्को एउटै छोरा हो।जो चार भैनी छोरी जन्मेपछि जनम्यो।सानैमा बिबहा गरेको धनीरामले तर उस्की स्वास्नी बैँसैईमा मरिन आफु तन्नेरीनै भयपनि उस्ले आर्को बिहे गरेन। छोरा बर्ष दीनको थियो धनी रामकी स्वास्नी मरीन।जसरी तसरी उस्ले छोरी हरुलाईपनि आँखा देख्न सक्ने बनायो तर छोरालाई भने खुब पढायो उस्ले सदै फष्ट हुँने गर्दा धनीरामको छाती चौडा हुँन्थ्यो।उस्लाई स्कोलरसिप पनि मिल्थ्यो।छोरालाई पढाउँदा थोरै जमिन पनि बिक्री भयो।छोराले डाक्टरी गर्ने बिचार गर्दा उस्लाई बिदेश पठाउँन नजिकैको एउटा जमिदारको पास आफुलाई बन्दगी राख्छ।
धनीराम तेरो छोरालाई अमेरीका पठाउँदा लागेको खर्च तिर्न तँलाई जीवन भरी मेरो घरको रेखदेख बारीमा जोत्ने,सबै काम गर्नु पर्छ।तैँले आफुलाई लिजमा दिएको सम्झिनु पर्छ भन्दै उस्को लागि दशलाखको तमसुकमा सहिछाप लगाएर भयको थोरै जमिन र आफुलाई जमिदार सँग बेचेको प्रमाण त्यैयार पार्छ।
जमीदार खुसिछ किनकी धनीराम धेरै मिहेनती पनि थियो,त्यो सँग भयको थोरै जमिनपनि पछि पलाटिङ्ग हुन सक्ने देखेर जमिदारले उस्को त्यो जमिन धेरै सस्तो भाउमा लग्यो।उल्टै तमसुक बनाएर धनीरामलाई पनि बाँच्दा सम्म आफ्नो दाश बनाउ्न सफल हुँन्छ।आखिर सालिगेको पढाई पनि अब्बल थियो।धनीरामले छोरालाई केहि नभनेर चुपचाप तमसुकमा शहिछाप गर्छ र छोरालाई अमेरीका पठाउँछ,उस्ले एम बि एस गर्नका लागी अमेरीका रवान हुँन्छ।हवाई अड्डामा छोड्न गएको धनीराम छोरा हवाई जहाजमा चडेपछि आँसुको भल बगाउँदै फर्किन्छ।छोरीहरु लाई थोरै थोरै पढाएपछि बिहे गर्दिन्छ आफ्नो घरघरै जान्छन अब छोरा बिदेश गएपछि धनीराम एक्लो हुँन्छ।उस्को घरमा जाने मन लाग्दैन सिदै साहुका घर जान्छ र काम सुरुगर्छ।जमिदारले उसँग सक्यासम्म कजाउँछ।उस्को अबजिवन भरीलाई जमिदार मालिक बनेको थियो यानिकी उस्लाई अब बाँच्दा सम्मको जागिर मिलेको थियो त्यो पनि सित्तैको।धनीरामले आफ्नो छोराको लागि आफ्नो शेष जिवन जमिदारलाई सौँप्यो।यो आसा मा कि उस्को छोराले भोली डाक्टर बनेर कमाई गर्छ र उस्लाई बन्दगी मुक्त गर्छ।समय बित्दै जान्छ छोराले आफ्नो पढाई ठिक भएको आफ्नो बाबालाई बताउँदै फोनमा कुरा गर्छ।बर्ष दिन पछी उस्को त्यँही सँगै डाक्ट्री गर्नथालेकी अञ्जली सँग सम्बन्ध बढ्दै जाँन्छ अब उस्को बाउ सँग बिस्तारै सम्प्रक धुमिल हुँदैजान्छ।आखिर अञ्जली सँग उस्को माँया प्रिती बढेर जान्छ।उस्ले आफ्नो बाउछ भनेर भनेको हुँदैन।मेरो अगाडि पछाडी कोहिपनि छैन भनेर सुनाएको हुँन्छ तर यता बाउँ छोराको सम्प्रक टुटेपछि बेचैन भएकोछ।
उनीहरुको पढाई सँग सँगै प्रेम पनि गाढा बन्दै जान्छ।दुबैले डाक्ट्रको डिग्रि प्राप्त गर्छन अनि बिबहानी हुँन्छ।सालिके र अञ्जलीको बिबहा भएपछि उनिहरु स्वादेश फर्किन्छन।अञ्जलीले उस्लाई आफ्नो घरमा लग्छे किनकी सालिकेको त कुनै घरपनि थिएन।उनिहरुले छिट्टै सहरमा एउटा दोकान खोल्ने निर्णय गरेका थिए।अञ्जली धनी बाउकी छोरी हो।जस्को घरमा आमा बा मात्रै थिए त्यो सबै सम्पत्तिको मालिक त्यो अञ्जली नै हो।
उनिहरु दुबै अञ्जलीका घरमा पुग्छन अञ्जलीका घरपुगेपछी सालिके झसिङ्ग हुँन्छ त्यँहा घरको साफ सफाई गर्न थालेको एउटा बृद्धालाई देखेर।के भयो किन त्यँहा उभ्भेको आउँनु भित्र!अञ्जलीले बैडरुममा बोलाउँछे।हँ हँ आउँदैछुँ!अलि घबराएको जस्तो गर्दै सालिके कोठामा प्रबेश हुँन्छ।तिनी बुढा मान्छे सँग यस्तो झसिङ्गीयौ जस्तोकी पहिलो जनममा तिम्रै बाबा थिए!अञ्जलीले ठट्टा गर्छे।हँ हँ केभन्यौ?हँ ठिक भन्यौ!तिमिले एकछिन त मलाई पनि उस्तै लाग्यो!दुबै हाँस्छन।
बुढामान्छे ले अहिले सम्म सालिकेलाई देखेको थिएन।
तर सालिकेले आफ्नो बाबा लाई चिनेर पनि बुच पचाएको थियो नचिनेको जस्तो गरेर।उनि बुढालाई जमिदारले यँहा कामगर्न पठाएको थियो यो जमिदारको आफन्तिकै घरहो।उस्ले किनेको दास जता पठाएपनि जानै पय्रो।सालिके ले आफ्नो त्यो बाबालाई नचिनेको जस्तै गर्दा मनमा आफ्नो बाउको कत्ति दया पनि आएन।बुढालाई आफ्नो छोराको कति धेरै चिन्ताथियो समय मिलाएर अञ्जली सँग सोध्नपाए केहि जानकारी हुँन्थ्यो कि भन्ने मनमा जब खुल्दुली लाग्यो उस्को बाउले आफ्नो छोरी अमेरीका पढ्न गएकीछ र छिट्टै आउँने हो भनेर भनेका थिए।त्यो बेला देखि कहिले आउली त्यो केटी भन्दै बुढा बाटो हेरेका थिए।
बिहानै चिया दिने निहुँमा धनीराम अञ्जलीको कोठामा जान्छन,छोरी चिया ल्याएकोछुँ !ओहो बाबा म आफै ल्याउँथे नी चियात हजूरले किन दुखः गर्नु भाको?अञ्जलीले चिया छोप्दै भन्छे।छोरी नोकर मान्छे हुँदा हुँदैपनि हजूरलाई किन दुखः गर्नु पर्छ र नानु! धनीरामले भन्छन।छोरी एउटा कुरा भनुँ ? हजूर भन्नुसन बाबा!अञ्जलीले बडो सिस्टचार देखाउँछे।हजूर ले के पढाई गरेको?डाकटरी गरेको मैले!अञ्जलीले भन्छे।मेरो छोरापनि उतै अमेरीका थियो उस्ले पनि डाक्टरी गर्छु भनेर गएकोहो हुँनता!तर,उ निरास हुँन्छ।के तर आएनन?हजूरका छोरा।अञ्जलीले म अब गयँ भने अबस्य खोज्छु। मलाई एउटा फोटा दिनु होला भन्छे।हौश भन्दै बुढा कोठा बाट भाईर निस्किन्छन।सालिके भित्र बाथरुम बाट यो सबै कुरा सुनेको थियो।बुढा गएपछि सालिके बल्ल निक्लिन्छ।
ओहो हजूर त चिया चिसो भयो म तताएर ल्याउँछुँ।बिचरा बाबाको कुरामा मैलेपनि चिया पिउँनै बिर्सिएँ।यँहा एउटा बाबा छन उनका छोरापनि डाक्टरी पढ्नलाई अमेरीका गयकारैछन तर उनि ला-पत्ता छन बिचरा बृद्धा बा को छोरालाई अब गयर खोज्नु पर्छ मैले फोटा मगाएकीछुँ।होर?किन चाहिन्छ फोटा त्यँहा कलेजमा पत्तालागि हाल्छ त्यतिकै भयको भय!भन्दै कुरा अन्तै घुमाउँछ।सालिकेलाई कति खेर यँहा बाट निस्किम भन्ने भयकोछ।नता आफ्नो बा लाई बा भनेर बोलाउँन सक्छ।बरु उस्ले देख्छ भनेर लुक्दै हिँड्छ।
हेर्नुसन कति बद्मास रैछ तिनि बाबाको छोरा बाउले यसरी मज्दुरी गरेर अमेरीका डाक्टरी पढाउँन पठाएका तर छोरा लापत्ता हुँदा बिचरा बुढालाई के बित्याहोला!उस्ले भन्छे।उस्को मुहार मलिन थियो अञ्जलीका यस्तै मार्मिक कुराहरु सुनेर र उसको अनूहारलाई नियाली रहँदा
सालिके को पनि आँखा रसाउँछन उ भाबुक हुँन्छ।हजूर!किन यस्तो भाबुक हुँनु भयो त के बाबा?हो !अञ्जली बाबा मेरो बा हुँनुहुँन्छ म कस्तो मत्लबी छोरा हुँ।आफ्नो बालाई बा भनेर बोलाउँन सकेको छैन।तिम्रो र मेरो सम्बन्ध टुट्छ तिम्रो मनमा चोट पुग्छ कि भनेर!भन्दै उस्ले बररर आँसु खसाल्छ।तपाई ले यस्तो कसरि सोँच्नु भयो?म ता हैरान भए।
अञ्जलीलाई यो उसैदिन सक भयको थियो जुन दिन बुढालाई देखेर नदेख्याजस्तै गर्दै सालिके लुक्यो भर्खर पनि उ बाथरुम बाट भाईर निस्किन बुढा नजाँदै।अहिले चिया तताएर ल्याउँदा उस्ले बुढालाई सँगै लिएर पर्दाको पछाडी लुकाएकि थिई।बाबा आउँनुस अब फोटा चाहिँदैन!भन्दै धनीराम लाई बोलाएर दुबैले आसिर्वाद लिन्छन।सालिकेले माफि माग्छ,धनीरामले उस्लाई अंगालोमा बेर्छ जस्तो कि उस्लाई जिवन भरीको खुसि मिलेकोछ।०४-१०-२०२०(कथा काल्पनिक हो यसका पात्र र उनका नामपनि काल्पनिक हुँन।कसैको नाम र निजि जिबन सँग मिल्न गयो भने सञ्जोगमात्र हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार