सोमवार, कार्तिक १०, २०७७
  • होमपेज
  • बाजुरा बिशेष
  • खाध्य सुरक्षा, दिगो कृषि र आत्मनिर्भताको सवाल

खाध्य सुरक्षा, दिगो कृषि र आत्मनिर्भताको सवाल

  • बिहिबार, अशोज १५, २०७७
खाध्य सुरक्षा, दिगो कृषि र आत्मनिर्भताको सवाल

ब्यक्ति आत्मनिर्भर र स्वावलम्वी त्यतिखेर मात्र हुन्छ, जव उसले कर्मप्रति विश्वास गर्दछ । परनिर्भरताले मानिसको स्वतन्त्रता हनन गर्दछ । हिजो आज खाध्य सुरक्षा, दिगो कृषि र आत्मनिर्भता जस्ता विषयले हामी सवैलाई पिरोली राखेको अवस्था छ । नेपालको भन्सार विभागका अनुसार आ.व.०७४।०७५ को प्रथम चौमासिकको तीन महिना ( श्रावण देखि असोज ) सम्म मात्र नेपालमा म्यानमार, भियतनाम, थाईल्याण्ड, सिंगापुर, मलेसिया र कोरियाबाट गरी १६ लाख ७२ हजार किलो माछा नेपाल भित्रिएको छ । अर्जेन्टिनाबाट २ अर्ब ८३ करोड पाराग्वेबाट एक अर्ब १५ करोड स्पेनबाट २ हजार ८१ किलो जैतुनको तेल गरी करिव साढे ४ अर्बको कच्चा सोयाबिन तेल मात्र तीन महिनामा नेपालमा आएको रहेछ । स्पेन,थाईल्याण्ड र बंगलादेशबाट हजारौ किलो मसाला, बेसार र जिरा पनि भित्रिएको छ । भने, यस अवधिमा आव.०६९।७० मा १४ अर्ब ३३ करोड, ०७०।०७१ मा १७ अर्ब, ०७१।०७२ मा २५ अर्व ०७२।०७३ मा २० अर्ब, ०७३।०७४ मा २४ अर्बको चामल र ४० अर्बको गेडागुडी, ५ अर्ब ४६ करोडको कच्चा पामोलिन र १४ अर्ब रुपैयाँको कच्चा सोयाबिन तेल नेपाल आएको रहेछ ।
जीडीपीमा कृषिको योगदान कुनै बेला ४० प्रतिशत भन्दा माथि भए पनि हाल भने २९ प्रतिशत मात्र छ । सन् १९६० को दशकमा नेपालले भारत लगाएत दक्षिण कोरिया सम्म चामल निर्यात गरिरहेको थियो । तर, आज बार्षिक ३० अर्ब ४० करोड बजेट कृषिमा नै खर्च गरिन्छ, तर पनि वर्षेनी आयात उकालो लागिराखेको छ । दैनिक ६ करोडको चामलको भात खाने मेरो देशका करिव ५० लाख नेपालीहरु विश्वका विभिन्न देशहरुमा सस्तो श्रम बेचिराखेका छन् ।
नेपालमा ४१ लाख हेक्टर खेति योग्य जमिन छ , जसमा १० लाख हेक्टर बाँझो छ । १ लाख १६ हजार ब्यक्तिसंग खेती गर्ने जमिन नै छैन् । गरिव झन झन गरिव हुदैछ । सररकार भन्दा व्यक्तिहरु धनी हुदैछन् । गरिव र धनी विचको खाडल नजानीदो गरी बढिरहेको छ । बेथिति र भ्रष्टाचारले बढोत्तरीमो गति लिरहेको आभास हुदैछ । संघीय शासन व्यवस्थाप्रतिको जनताको उत्साह र अपेक्षा पनि स्थानीय तहका सरकार, कुरुप मानसिकतायूक्त कर्मचारी तन्त्रको नियती भनौ, वा स्थानीय तहका जनप्रतिनिधिहरुको असक्षमताले जनमनमा निराशा र पिडाको बादल मडारी रहेको छ । नेपालमा बर्षेनी खाने पानी मात्र ३ करोडको आयात हुन्छ । जलश्रोतको धनी देश नोपालमा पनि पानी आयात हुने कुरा लज्जास्पद विषय हो । बास्तवीकता के हो भने, बैदेशिक मूलुकहरु आफ्नो उत्पादनलाई बढवा दिन्छन र विभिन्न वाहनामा अन्र्तराष्टिय बजार विस्तारमा ध्यान दिन्छन । हामीलाई स्थानीय बस्तु र उत्पादनप्रति विश्वास नै छैन त्यैसैले आज भारतले गेटभल्फ बन्द गर्दा पानीविनाको धारामा लाईन लागेर प्यासले नेपालीहरुको ओठमा कलेटी परीराखेका छन ।
विकसीत देशमा जव जुन बस्तु तथा उत्पादनको मूल्य बृद्धि हुन्छ उपभोक्ताहरुले उक्त बस्तुको प्रयोगमा प्रतिवन्ध लगाउँछन र केहि दिनमा उत्पादीत बस्तु संकटमा परी स्वत उत्पादकहरुले मूल्य बृद्धि फिर्ता लिने प्रचलन हुन्छ । तर हाम्रो संस्कार ठिक विपरित छ । जव बस्तुको भाउँ बढ्दछ बजारमा खपत पनि बढ्छ किनकी उनीहरुले एक वर्षका लागि जगेडा राख्नका लागि सामान्य अवस्थाको भन्दा कयौ गुना बढी बस्तु खरिद गर्दछन् । जसले विचौलियाहरु, दलालहरु र कालोबजारी गर्नेहरुले प्रोत्साहन पाउँने अवस्था हुन्छ । धेरै कुरामा त कतिपय हाम्रा कुसंकार र गलत व्यववहारहरुले नै हामीले दू ःखं को परिस्थति सृजना गरेका छौ । यस्ता प्रबृतिहरुमा सुधार गर्न सकेमा नेपालीका आधा समस्याहरु स्वतः हल भएर जाने देखिन्छन् । हामीले आयातित बस्तुप्रतिको मोह कम गर्न जरुरी छ । स्थानीय बस्तुको महत्व बुझि त्यसको प्रयोगमा प्राथमिकता दिने र उत्पादनका क्षेत्रमा पनि जोड दिन सकेमा जीवन धान्नका लागि आवश्यक पर्ने सम्पूणर् बस्तुका लागि अर्काको मुख ताक्नु पर्ने स्थिति अन्त्ये हुने निश्चित छ ।
आज गाउँघरमा श्रम गर्ने जनशक्ति विस्थापित हुनेक्रम बढेको अवस्था छ । खेतिपातीमा काम गर्ने प्राय ग्रामीण क्षेत्रमा बुढा आमा बुवाहरु मात्र छन् र सत्र्रिmय जनशक्ति बिदेश केन्द्रीत र शहर केन्द्रीत हुदैछ । मानीसका आवश्यकताहरु प्रविधिको विकासले दिनप्रतिदिन बढाएको अवस्थामा जीवन धान्न कठीन अवस्था आउँदैछ । यदी हामीले विद्यमान अवस्थाको मूल्याँकन नगरी अर्काको पछाडी लागेमा अवको केहि वर्षमा गा्रमीण स्तरदेखि शहरी क्षेत्रमा चोरी,डकैति, हत्या हिंसाको श्रृंखलाहरु बृद्धि हुने देखिन्छ । किन भने बुढा आमा बुवाको श्रमले हालको छोरा छोरीहरुको विलासी जीवनको आवश्यकता पुरा गर्न सक्ने अवस्था रहदैन र जव आश्यकता बढ्दछ त्यसको पूतिका लागि घरबाट खर्च नजुटे पछि उनीहरु अपराधिक क्रियाकलाप गर्न बाध्य हुनेछन् ।
आजको भौतिकबादी र अवैज्ञानक शिक्षाले नैतिकता, संस्कार र आध्यात्मिक शिक्षा जुन जीवन जीउँन जरुरी हुन्छ, त्यो दिनुको साटो विरोजगारीका लागि संस्कार विनाको प्रमाण पत्र दिएको छ । शिक्षाको अर्थ जीवन जीउँने कला सिक्नु हो । श्रम,कर्म,आदर,आमा,बुवा र जीवन जगतलाई बुझि सोहि बमोजिम व्यवहार देखाउँनु हो । तर आज कर्म गर्दा सानो भईने सोचाईको विकास भयो, ज्ञान विनाको प्रमाण पत्रका अधारमा सम्मान र आदरको अपेक्षा गर्न थालियो । विचरा बृद्ध आमा बुवाहरुले पसिना चुहाएको श्रमबाट प्राप्त रकमले विलासीताको आश्यकता पुरा नहुदाँ मदीरा खाएर आमालाई कुट्न पनि पछी नपर्ने सन्तानहरुको संख्या बढ्न थाल्यो । जीवन केही गर्नका लागि हो भनी बुझ्नुको साटो अनैतिक र अराजकताका लागि जीवन पाएको महशुस गर्नेहरुको बाहुल्यता बढ्दैछ ।
देशको शिक्षा नीतिमा आमूल परिवर्तन भई देशलाई चाहिने व्यवहारीक,चरित्रवान,स्वालम्बी र दक्ष प्राविधिक जनशक्तिमा जोड दिन जरुरीछ । बैदेशिक श्रमबजारका लागि जनशक्ति उत्पादनमा राज्यको खर्च भएको विषयलाई समिक्षा गर्ने बेला आएकोछ । नेपालको शिक्षा क्षेत्रका विद्यमान तहगत उद्येश्यहरुमा पनि केहि परिमार्जन हुन जरुरी छ । त्यसलाई आत्मनिर्भरता र स्वालम्वी क्षेत्रका विषयलाई पनि तहगत मापनको सूचँाँङ्कमा समेटीनु पर्ने देखिन्छ । विकसीत देशहरुमा अनुत्पादक र प्रयोहिन स्थानहरुमा आवासीय योजनाहरुको व्यवस्थापन गरिएको हुन्छ भने, नेपालमा उत्पादनमूलक जमीनमा पलटिङ्ग हुदैछन् । यि सवै परिघटनाहरुले के संकेत गर्दछ भने भविष्यमा हामी जीवन धान्नका लागि सवै हिसावले हाम्रो अस्तित्वहिन र रिमोट कन्ट्रोल शैलीमा परिणत हुदैछौ ।
हालको बस्तु आयातको अवस्थालाई सुधार गर्नका लागि राजनितिक, कुटनीतिक क्षेत्रबाट छलफल,बहसको माध्यामबाट निकास जति सक्दो चाँडो खोज्नु पर्ने हुन्छ । यसबाट हामीले कुनै पाठ सिकेनौ र विधमान परिस्थितिको कारणको जरो खोजी दिर्घकालीन व्यवस्थापनको नीतिगत सुधार र विकल्पका विषयमा समय खर्चेनौ भने भवियमा आत्मनिर्भरताको हिसावले उठनै नसक्ने गरी हामी थला पर्ने निश्चित छौ ।
पछिल्लो चरणमा नयाँ संविधान,संघियता,समाबेशिता र लोकतान्त्रिक गणतन्त्रको स्थापना जस्ता महत्पूणर् र ऐतिहाँसीक राजनीतिक उपलब्धि भए पनि अझै राष्ट्रिय स्वाधिनता र अखण्डतालाई जोगाई राख्नका लागि दूरदर्शि राजनीतिक नेतृत्वको अभाव खड्किराखेको छ । नैतिकताको राजनीतिक संकार अल्पमतमा परेको छ । देशको नीति नीयमहरुलाई समय र परिस्थिति बमोजिम सुधार र परिमार्जन गर्न विषगत विज्ञता कमी महशुस हुदैँछ । राजनीतिक स्थायीत्व भए पनि संस्थागत भ्रष्टाचार र मनपरीतन्त्रले प्रोत्साहन पाईराखेको छ ।
व्यक्ति सृजनशिल हुनकालागि अभावरहित जीवनको जरुरत पर्दछ । जव न्यूनतम आधारभूत आवश्यकताको सहजै उपलब्धता हुन्छ तव मात्र मान्छेमा नयाँ सोच विचारको प्रष्फुटन हुने बातावरणको सृजना हुन्छ । अर्के कुरा स्वच्छ शारिरिक र मानसिक विकासको लागि उसको शिक्षा,आहार, सामाजिक र आर्थिक बातावरणीय पक्ष पनि जिम्वेवार मानिन्छ । चुरो कुरा के हो भने राज्यलाई चाहिने दक्ष र दूरदर्शि जनशक्तिको खाँचो टार्न नागरिकको आधारभूत आवश्यकताको ग्यारेन्टी गर्नु सरकारको दायित्व भित्र पर्ने कुरा हो । राज्यलाई आफ्नो कामप्रति जवाफदेहि र वफादार बनाउनु र नागरिकले पनि अधिकार मात्र नभनी कर्तव्यको बोध गर्नु पर्ने आजको आवश्यकता हो ।
नेपालमा खाद्य संकटलाई कम गर्न के विकल्प बर्षेनी तराइ र भारतको चामल मात्र नै हो ? या कुनै अरु विकल्प पनि छन खोजी गर्न जरुरी छ । के खाद्य बस्तु भनेको चामल मात्र हो त ? स्थानीय रुपमा उत्पादीत अत्य जौ, मकै, कोदो , आलु लगाएतका खाद्य बस्तुको फरक परिकारहरु बनाइ खाने बानीको विकास गर्नाले केहि हतसम्म खाद्य संकटमा कमी आउछ की ? पेट भर्ने भन्दा भनी स्वस्थ हुन दिनमा एउटा व्यक्तिलाई २२ सय क्यालोरीको जरुरत पर्दछ , अत यो कुरा पनि बुझ्न जरुरी छ । मैले देखेको र सुनेको कुरा आलु बेचेर चामल किन्ने प्रवृतिले पनि चामलको माग बढेको छ । स्वास्थलाई चाहिने कार्वोहाइडे्रडको हिसावले चामलको बदला आलुपनि खाने बानी बसाल्नु पर्ने होइन र ? जसले गर्दा रु १५ मा १ किलो आलु बेची रु ५० प्रति केजी चामल किन्ने प्रवृतिले पनि त्यस ठाउका मानीसलाई गरिवी र खाद्य अभावको सिकार बनाएको तितो सत्य नभूलौ । खाद्य सुरक्षाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी निकायले स्थानीय उत्पादनको महत्वकोप्रति चेतना फैलाई पुरानो रुढिबादी ग्रथ सोचमा परिवर्तन गरी खाने बानीमा समेत परिवर्त गरेको खण्डमा २० प्रतिशत बाजुरामा खाद्य सुरक्षा हुने देखिन्छ । यो विषयमा सरोकारवालहरुको ध्यान जाओस् अनुरोध गर्दछु । कतिपय पुराना चलनहरु उदाहरणका लागि समाचारमा प्रकाशित मलामीलाई भतेर खुवाउने वाध्यताले किरीयापुत्री बसेको गोपाल चँदारले सदरमूकाम जानुपरेको सुन्दा मलाई झन दुःखिःत तुल्यायो । के भतेर नदिएमा अन्ये कर्ममा असर पर्ने त होईन नि ? मर्दा मलामी र जिउँदा जन्ती भन्ने उखान त सवै समाजका लागि आवश्यक कुरा भएकाले यस्ता कुरीतिलाई समय सापेक्षरुपमा परिमार्जन गरिनु पर्दछ । आफूले भतेर नदिए समाजमा कमजोर व्यक्ति ठानीने मानसिकताबाट मूक्तहुन जरुरी छ । यो कुरा विवाह गर्ने संस्कारमा पनि लागु भएको खण्डमा चामलको आवश्यकता केहिहद घट्ने देखिन्छ । यति मात्र खाद्य सुरक्षाको उपाय नहुन सक्छ । त्यसको अलवा राज्यले त्यसठाउँका लागि दिगो कृषि विकाससंग सम्बन्धित विकल्पहरुको खोजि गर्नु पर्दछ । भूगोल सुवाउदो बालीहरु विकासको सम्भावनाहरुको खोजी गरी कृषकको आयस्रोतमा बृद्धि गर्न राज्यले यथाशक्य रुपमा सोच्न जरुरी देखिन्छ । बाजुरामा जैतुन,डिजेल प्लान्ट,यलोभेरा, बहुमूल्य जडीबुटी र फलफूलहरुको प्रचुर सम्भावना भएकाले बाजुरा लगायतका अन्ये भोकमरी गस््रथ जिल्लामा भएका अनगिन्ती सम्भावनाहरु लाई थातिराखी अभावले परिचित यस्ता ठाउँहरुका एकिकृत कृषि विकासको निम्ति राज्यले कृषि नीतिमा कृषकलाई अनुदान, बीमा र उत्पादित बस्तुको बजारको सुनिश्चितता जस्ता विषयलाई नीतिमा समावेस गरी कृषि क्षेत्र लाई यूवाको संलग्नतामा व्यावसायिकरण र आधुनीकिकरण गर्न ठोस कार्यक्रम र नीति लिन ठिला भईसकेको छ ।
उत्पादन बढाउनका लागि धेरै कुराहरुले प्रभाव पार्ने भएता पनि ती मध्ये सिंचाई, विउँ, मलखाद, रोग किरा व्यवस्थापन र गोडमेल मूख्य हुन । यी उपर्यूक्त विषयहरुको उचित व्यवस्थापनको अभावमा दुर्गम जिल्लाका कृषकहरुले कृषिजन्य बस्तुबाट प्रयाप्त लाभ लिन सकिराखेको अवस्था छैन । फलफूल तथा अन्नबालीका लागि सिचाँईको जरुरीहुने केहि विशेष अवस्थाहरु हुन्छन जस्तै ः विरुवा रोप्दा वा बाली लगाउँदा, फूल फूल्दा र फल पाक्दा सिचँाँईको अति जरुरत पर्दछ । यस वर्षमा अषाढमा पानी ढिलो परेको तथा भाद्र महिनामा अन्न बालीको फूल फूल्ने समयमा महिना भरी नै पानी नपरी असोज २८ गते मात्र वर्षा भएकाले सिचाँई सुविधा नभएका बाजुरा जिल्ला लगाएतका पहाडी जिल्लाहरुका धेरै गाविसहरुमा मंसीरबाट नै खाद्य अभाव हुने सम्भावना बढेको हो । विगतका वर्षहरुमा नेपालका राष्ट्रिय समाचारहरुमा यस्ता ठाउँहरुका सवै भन्दा बढी चामल अभावका समाचारले प्राथमिकता पाउँने गरेको भए पनि यस वर्ष सरोकारवालाहरुले समयमा नै ध्यान नपुर्याएको अवस्थामा भोकमरीका कारण ज्यान नै गएको समाचार सुन्न नसकिएला भन्न सकिदैन् ।
जिल्लामा हुने उत्पादन र अभावहुन सक्ने वार्षिक खाद्य बस्तुको वैज्ञानिक आँकलन गर्ने जिम्वेवार सरकारी निकाय जिल्लाका कृषि विकास कार्यालयहरुसंग पनि जिल्लाको कुन गाविसको कुन वार्ड अनी वार्ड भित्रको पनि कुन बस्तीक्षेत्र के उत्पादनको लागि पोटेनसियल छ ? र जिल्लामा चालु आ.व.मा आवश्यक पर्ने खाद्यबस्तुको व्यवस्थित तथ्याङ्कको अभावमै कार्य सम्पादन गरिरहेको अवस्था छ । जलवायू परिवर्तनले कृषि उत्पादनमा पारिरहेको र पार्न सक्ने प्रभावको पूर्व मूल्याङ्कन गरी कृषि क्षेत्रका कार्यक्रमलाई परिमार्जन गर्नु आजको आवश्यकता हो । विश्वमा वायूमण्डलमा तापको मान दिनप्रति दिन बढ्दै गइरहेकोले नेपालमा पनि स्याउँ फल्ने ठाउँमा कागति फल्न थाले भने कागती फल्ने ठाउँमा मेवा वा यस्तै तल्लो क्षेत्रका फलफूल फल्न थालेको अवस्थामा कृषि नीति तथा कार्यक्रमलाई समय सापेक्ष बनाउँनुका साथै कृषि तथ्याङ्कलाई पनि अध्यावधिक गर्न जरुरी मात्र नभई यस विषयमा जनचेतना फैलाउँन ढिला भइसकेको छ । समय अनुसार बाली पात्रो तथा खेति प्रणर्ालीलाई पनि परिमार्जन गर्न आवश्यक छ ।
खानेकुराले मानवं स्वास्थ्यमा आवश्यक पर्ने पोषण तत्वको पूर्ति गरी मानिस स्वस्थ र बलियो हुने हेतुले कुनै पनि खाने कुरा खाने गरिन्छ भने, सामान्यत एउटा बयस्कलाई दैनिक २२०० क्यालोरी जरुरी हुन्छ । यदि कडा परिश्रम गर्ने व्यक्तिको लागि दैनिक २७०० क्यालोरीको आवश्यकता पर्दछ । हामीले खाने दैनिक खानाबाट कति र कस्तो पोषण तत्व प्रात्त हुन्छ ? कुन किसीमको खाद्य बस्तुबाट कुन कसिमको पोषण तत्व पाईन्छ ? यी न्यूनतम कुराहरु सवै नागरिकलाई जानकारी हुन जरुरी छ । मानवं स्वास्थ्यको लागि कार्वोहाइडे्रट,प्रोटिन,क्याल्सियम,खनिज,पोटासियम र विभिन्न भिटामिनहरु ए, वि. सी र ई जस्ता तत्वहरुको आपूर्ति गरी हाम्रो स्वास्थ्यलाई सन्तुलित बनाउँन सकिन्छ । माथिका तत्वहरु दाल, भात,आलु, सिस्नो , हरिया सागपात, पहेला फलफूल , दूध, दहि र माछाबाट प्राप्त हुन्छन । मैले यसो भनीरहँदा एक छाक टार्न कठिन हुने गरिव परिवारका लागि पोषक तत्वहरुको तन्तुलन मिलाउँन असम्भव पनि होला तर, हामीले घरमा उपलब्ध चिजहरुका विषयमा खाने तालिका र खाने बानीमा मात्र ध्यान दिन सकेको खण्डमा सहज रुपमा पोषण तत्वको व्यवस्थापन गरी स्वास्थ्य लाभ गर्न सक्छौ र केहि हदसम्म भए पनि खाद्य अभावमा टेवा पुग्ने निश्चित छ ।
देशका दुर्गम पहाडी क्षेत्रमा आलुलाई तरकारीको रुपमा मात्र प्रयोग गरिन्छ । आलु तरकारी वस्तु नभई यो खाद्य बस्तु हो । चामल (भात) बाट पाउँने पोष्ण तत्व सवै आलुमा पाईन्छ । गाउँघरमा आलुलाई तरकारी ( तिउन ) को रुपमा र कहिले काँही उसीनेर मात्र नगन्य रुपमा खाने गरिन्छ । आलु नै खानाको रुपमा खाएमा छिमेकीले त्यसको घरमा खाने कुरा केहि पनि नभएर आलु खाएर छाक टार्ने भनी गरिवीको संज्ञा दिने दरिद्र परम्परावादी सोचका कारणले पनि चामलको माग बढेको हो । स्वास्थ्यलाई पोषण तत्वको आपूर्तिका हिसावले आलुका विभिन्न परिकारहरु आलु चिप्स, हलुवा र आलु पकौडा बनााएर खानाको रुपमा खाने बानीको विकास गर्न जरुरी छ । गाउँमा मैले के देखेको छु भने साँझ परिवारलाई खाना भात भकाएको हुन्छ, अनी तरकारी ( तिउँन ) आलुको र चटनी पनि आलुको नै हुन्छ । यसले त खानु उहि, बटुका दुई भयो नि होईन र ? हामीलाई दैनिक आवश्यक पर्ने विविध पोषक तत्वको बदला मात्र कार्वोहाईडे्रट शरिरलाई दिदा हाम्रो स्वास्थय, बुद्धि विवेक कमजोर हुनु अस्वाभावीक होईन । आमाले खाने आहार र सोच्ने तरिकाबाट गर्भमा रहेको शिशुको शारीरिक तथा मानसिक विकासलाई प्रभावीत गरेको हुन्छ भनी मनोवैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् । त्यसैले तपाईले स्वस्थ र बुद्धिमानी सन्तानको चाहना राख्नु भएकोछ भने गर्भवति आमाको आहार र विहारमा सचेत हुनु पर्दछ ।
आलुको थप पौष्टिकताका विषयमा भन्नु पर्दा यसमा चालको जस्तै माड हुन्छ । साथै प्रोटिन र खनिज यसमा प्रयाप्त पाईन्छन् । उसिनेको १०० ग्राम आलुमा कार्वोहाईडे्रट २०.१३ ग्राम, प्रोटिन १.८ ग्राम, क्याल्सियम ५ मि. ग्राम साथै ७७ ग्राम जति पानी र अन्य सुक्ष्म पोषक तत्व फस्फोरस, भिटामिन सी र लौहतत्व पनि पाईन्छ । आलुमा चिल्लोपना कम हुने भएकाले शरिरको तौललाई सन्तुलित बनाउँन पनि मद्यत गर्दछ । बालबालिकालाई उसिनेको आलु राम्रोसंग मिचेर दिनको ३—४ पटक खुवाउँनाले कुपोषणबाट बच्न सहयोग गर्दछ । प्रति किलो रु १५ मा आलु बेचेर प्रति किलो रु ६० तिरेर चामल किन्ने बानीले नेपालका धेरै जिल्लाहरुमा चामल अभाव देखिएको अवस्था छ । सरकारको यस तर्फ ध्यानाकर्षण भएमा सडेको र उसिनेको चामलको पर्खाइमा बस्नु पर्ने बाध्यताको अन्त हुने देखिन्छ ।
त्यस्तै गाउँघरमा अपहेलित सिस्नो लाई रु १२० अमेरिकी डलरमा बिक्रि गरिन्छ । पहाडको सिस्नो भने भैसीलाई खुवाईन्छ । हरियो सिस्नो काटेर एक दिन घाममा ओइलाएर हल्का लौरोले काँडालाई मारी पिडोसंगै पकाएर वा घाँसको रुपमा पशुवस्तु लाई खुवाउँदा दूध धेरै दिन्छ भन्ने भनाई रहेको पाईन्छ । अर्को उपयोगिता भनेको दण्डको रुपमा सिस्नो पानी लगाएर गल्ती गर्ने लाई पिटिन्छ । पहाडमा सिस्नो खानेलाई गरिव भनेर हेला गरिन्छ । यसरी हेपिएर बसेको सिस्नोको धुलो बनाएर दालमा मिसाएर खान सकिन्छ । सिस्नोको राप्लो ( फाँणो ) वा दालको रुपमा पनि खाने चलन कतिपय गाउँघरमा अहिले देख्न सकिन्छ । १०० ग्राम सिस्नोमा ३३ ग्राम प्रोटिन ३७ ग्राम कार्बोहाइडे्रटका साथै भिटामिन ए,पोटासियम र क्याल्सियम पनि पाइन्छ । यसमा पनि सुक्ष्म पोषक तत्वहरु प्रयाप्त रुपमा पाइन्छन् । सिस्नोलाई बुझ्नेहरुका लागि शहरमा जाँदा कोसेली स्वरुप पनि सिस्नोलाई प्रयोग गरिन्छ ।

अन्तमा ः गाउँघरमा उत्पादन हुने कोदो र मकैको रोटी खाने चलनको सट्टा ढिडो खाने बानीको विकास गर्न जरुरी छ । जसले स्वास्थ्यमा पानीको मात्रा आपूर्तिमा सहयोग पुगि अनुहारमा चमक देखाउँछ । साथै १ किलो कोदोको पिठोबाट हुने रोटि २ जनालाई खान पुग्दछ भने, एक किलो कोदाको पिठोबाट तयार गरिएको ढिडोले ४ जना सम्मलाई पेट भरी खान हुन्छ । यसरी हेर्दा गाउँघरमा उत्पादित बस्तुहरुको खाने परिकार, खाने बानी र खाने तालिकामा सुधार गर्न यस क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी सम्पूणर् निकायहरु लाग्नु पर्दछ । गुणस्तरहिन आयातित बस्तुहरुमा खर्चने रकम बच्नुका साथै अर्गानिक र ताजा खाद्य बस्तुको प्रयोगले स्वास्थ्य लाभ हुनका साथै गरिवी घटाउँन सहयोग पुग्ने निश्चित छ । बाह्े बस्तुको आयात र परनिर्भता बृद्धि भईराखेको विद्यमान अवस्थामा आलु,सिस्नो र अन्य अपहेलित भइरहेका स्थानीय उत्पादनहरु खाद्य सुरक्षाको विकल्प हुन सक्दछन् । यस विषयमा शोध, खोज र अध्ययन हुनुपर्दछ ।
आयातित चिज बस्तु नहुँदा पनि चुलो बाल्न र जिवन धान्नका लागि आवश्यक पर्ने चिज बस्तुका विषयमा बैकल्पीक उपाएका बारेमा आवश्य जोहो गर्न ढिला नगरौ । घरमा राईस कुकर मात्र राखेमा विद्युत नआएको दिनमा भोको बस्नु पर्ने कुरालाई ख्याल गरी दाउरा बाल्ने चुलोको जोहो गरिनु पर्दछ । पिठो पिस्ने र चामल कुटने मिल विग्रयमा विकल्पको रुपमा घरमा ठीकी , जाँतो, ओल्खो हुन जरुरी छ । गाउँमा बन्द भएका चर्खाले ठिटुवा बुन्न सुरु गर्नु पर्दछ । अनी कपास खेतिलाई प्रोत्साहन गर्न जरुरी छ । सवै घरमा एक दुधालु गाई पाल्ने निति लिनु पर्छ । गोवरमल हालेर करेशाबारीको ताजा तरकारी र दूधले परिवारको पोषणमा सुधार पुग्ने निश्चत हुन्छ । बढी भएको गोवरले गोवरग्याँस निकाली विद्युत्तसंग सम्बन्धीत काम गर्न सकिन्छ । मानिसका इच्छाहरु कटौति गरी विलासीतापूणर् जीवनशैलीको अन्त्य गरी साधा जीवन र उच्चविचारको थालनी गरिनु पर्दछ । खाना पेट भर्न होईन पोषणको आपूतिलाई ध्यान दिएर खाने बानी बसाउँनु पर्दछ । पेट्रोलको बदलामा सम्भावना रहेको जाट्रोपा ( डीजेल प्लान्ट ) को सम्भाव्यता अध्ययन गरी व्यापक खेति विस्तार गर्न आव्श्यक छ । स्थानीय अन्न हरुको उत्पादनमा यूवा शक्तिलाई आक्र्रषण गराउँने कार्यक्रमहको विकास गरिनु पर्दछ । र यिनीहरुको महत्व बुझाई खाने बानीमा पनि परिवर्तन हुनु पर्ने हुन्छ । नेपालमा सम्भावना नै नरहेको बस्तुका लागि २ भन्दा बढी मूलुकहरुसंग भरपर्दो आयातको लागि कुटनैतिकपूणर् तवरले विकल्पको खोजिमा लाग्नु पर्दछ । अनी नेपालको उत्पादीत वस्तुलाई प्रोत्साहन दिन नेपालमा उत्पादन हुन सक्ने कुनै पनि बस्तु आयात हुन पूणर्रोक लगाउँनु जरुरी छ । दिगो कृषिको अवलम्बन गरी आयात प्रतिस्थापन र निर्यात पर्वद्धन गर्ने नीति तथा कार्यक्रमहरु तिनी तहको सरकारले कार्यक्रम अख्तीयार गरी लागु गर्नु पर्ने विषय यथाशिर्घ अगाडी बढाउँनु पर्दछ ।

[email protected]

चर्चामा

सम्बन्धित समाचार

स्टोक्सको शतकमा राजस्थानले मुम्बईलाई हरायो
स्टोक्सको शतकमा राजस्थानले मुम्बईलाई हरायो
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको दसैं शुभकामना
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको दसैं शुभकामना
उदाउदै गरेका दिपेश समर्पण
उदाउदै गरेका दिपेश समर्पण
‘परदेशी आयो कोशेली ल्यायो’ गितको म्युजिक भिडियो सार्वजनिक
‘परदेशी आयो कोशेली ल्यायो’ गितको म्युजिक भिडियो सार्वजनिक
कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ
कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ
आज बडादशैँ, बिहान १० बजेर १९ मिनेटमा टीकाको उत्तम साइतधनगढीः दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।  आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र  जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा रहेको जनाएको छ ।    टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १० बजेर १९ मिनेटमा उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले  जानकारी दिए । विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले बताए ।  “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ” धर्मशास्त्रविद् प्रा डा गौतमले भने ।   लगाइमाग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने  आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले सुनाए ।  आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।  कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले  जमराको रस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकको भनाइ छ ।    घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो ।  असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशँैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।  आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् ।  गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।    विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ  आयुद्रोणसुते श्रियं  दशरथे शत्रुक्षयं राघवे ।   ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।  शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।  विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।   यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गादेवीको स्वरुप मानेर  आशीर्वाद दिइन्छः   जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी  ।  दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।  आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सुरक्षित हुनुपर्नेछ । मान्यजनसँग आशीर्वाद लिन जाँदा तिनैलाई जोखिममा नपार्ने गरी सचेतता अपनाउन समितिले आह्वान गरेको छ ।   तुलजा भवानी यात्रा   महानवमीका अवसरमा आइतबार हनुमानढोकास्थित तलेजु भवानी मन्दिर कोरोनाको त्रासका कारण नखुले पनि भौतिक दूरी कायम गरी सोमबार तुलजा भवानी यात्रा भने गरिने जनाइएको छ । तलेजु भवानीको मन्दिर वर्षमा एक दिन मात्र महानवमीका दिन खोल्ने प्रचलन थियो ।   समितिले दिएको साइतमा बिहान ८ ः ४७ बजे भवानी यात्रा शुरु गरिनेछ । भवानीलाई स्थिरासन भने बिहान ९ः४९ बजे नै गरिनेछ । यसैगरी खड्गयात्रा पनि सोमबार नै गरिने जनाइएको छ ।