शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  •  कथा लाहुरेको 

 कथा लाहुरेको 

  • मङ्लबार, अशोज ६, २०७७
 कथा लाहुरेको 

सुरेशकुमार पान्डे।
एक बर्ष पछि लाहुर बाट खुईते दँशै तिहार मान्न स्वदेश फर्किन्छ।एउटा टिनको राम्रो बाकस,एउटा सिरक र डसनाको गुन्टो बनाएर बलिएरी बान्छ,एउटा राम्रो झोला किनेर बाँकि आफ्ना समान राख्छ।धन पैसा खासै नभय पनि समान हेर्दा कमाएरै आएको लाहुरे जस्तै देखिन्छ।दिल्लि बाट रेल गाडिमा एउटा कुल्लिको मद्तले सिट पाउँछ,रेलमा धेरै भिड भएपनि।
गोण्डा सम्म राम्रै सजिलरीनै पुग्यो गोण्डामा झरेपछि नेपाल गञ्ज तिर जाने पसिञ्जर रेलगाडीमा बस्छ।त्यो रेल खालिनै थियो खुईते बस्दा,एकछिन पछि दुईटा बन्दूक भिरेका प्रहरी आउँछन र सिटलाई लाठीले ढ्याम हान्छन खुईते खक्रिङ्गै गर्छ।यो समान कस्को हो?खुईते तिर राता राता आँखा देखाउँदै जुँवा तिखार्दै एउटा प्रहरीले सोध्छ।देखदा झण्डै चम्बल घाटीका डाँकू जस्ता देखिने ति वास्तबमै प्रहरीनै हुँन।मेरो हो!खुईतेले सरल स्वाभाबमा उत्तर दिन्छ।खोलेर देखा के के छ यिनमा!प्रहारीले लाठीले बाक्सामा ट्याक ट्याक पर्दै भन्छ।खुईतेले बाकसको सामान देखाउँछ!त्यसमा सबै भाई बैनालाई एक एक जोर लुगा थिए जीरा मरीज,अनि चिया पत्ति, चीनी र साबुन थियो।ओहो यतिका समान झोला खोल भन्दै झोला मा लाठी ले घोँच्छ।खुईते नबोली नबोली त्यो झोलापनि खोल्छ,आमालाई एकजोरा चप्पल र केहि अरुले पठाएको नासो थियो दुई चारौटा थाल बटुका थिए।अँरे यो लड्काले त पुरै बजार उठाएर ल्याएको छ।कँहा जाईबो?नेपाल!भन्दै समानको टेक्स तिर्नु पर्छ भन्छ।अनि गुन्टा तिर लाठीले सिकाउँदै यसमा क्याछ?सर सिरक र गद्दाछ,निकाल पठा-फट नाही तो मामाघर चला हो! भन्दै खुईतेलाई डाराउँन दिन्छ।सर यो खोलेपछि बाँद्न गारो हुँन्छ तर बिस्वास गर्नुश एसमा मात्रै सिरक र गद्दाछ।खुईतेले आफ्नो दुखेसो पोख्छ।प्रहारीले यता उता हेर्छ र अब केहि सवारी रेलमा चड्न थालेका थिए।हम कब कहेँथ कि बबुवा गुन्टा खोलो हाम का त चियापानी दैदो हाम चलिजाईबो नै ठाना नजिकै हौवाल!भन्दै पुलिसले खुईतेलाई पैसा दीन भन्छ।कति दिउँ त म सँग ता मात्रै किराया भाडाछ।पैसाको यो समान लिई हाँले भन्दै एक सौ रुपिया निकालेर दिन्छ!उनिहरु हिँड्छन।यसरी बोडर सम्म पुग्छ।
बोडरमा पुगेपछि फेरी तलासी सुरु हुन्छ केछ यसमा खोल भन्दै त्यँहापनि सबै खुलाउँछ यतिका समान भन्दै अलि बेर गनगन गर्छ अनि पचास रुपिया निकालेर दिन्छ त्यँहा बाट पनि निस्किन्छ।अब नेपाली हरुलेपनि खोल भाई केछ यस्मा भन्दै खुलाउँछन त्ँहापनि चिया पानि भन्दै सौ रुपाया दिन्छ।अलि ओर आएपछि केछ भाई भन्दै बन्शारका क्रमचारीहरु पछि पर्छन केहिछैन दाई भन्छ!खुईतेले।केहि छैन भनी भाई सबै खोलेर देखाउ भन्छ।त्यँहापनि सौरुपिया तिर्छ।
अनि बस लागेको ठाउँमा पुग्छ गुन्टाको र बाक्साको पैसा लाग्छ भन्दै उस्लेपनि पैसा काट्छ।बाटै भरी पैसा बाँट्दा खुईते धेरै परिसान भयको थियो,उस्को दशै बाटैमा मनेको थियो।जन तन घोराही सम्म पुग्छ त्यँहा हर्नक सम्म लाई प्यूठान जाने बस फेला पार्छ।
भित्र सवारी माथि सवारी खुट्टा राख्ने ठाउँ हुँदैन समान माथि फाल्दिन्छ भाई गुन्टाको र बाकसको पैसा लाग्छनी भन्छ कन्डेक्टरले हजूर दिउँला भन्दै भित्र पस्छ।
उभियर होर्नक पुग्छ माथि बाट बाक्सा खसाल्छ बाक्सा काचाक कुचुक भोयो जेहौश कस्लाई के भन्ने?गलति आफ्नो हो।
बस बाट झर्दा बित्तिकै एकजाना चिनेका ब्याक्ति भेट्टिन्छन।ओहो खुईते भर्खर आउँदै हो ईण्डिया बाट ?भन्दै होटेल तिर बोलाउँछन।मलाई बेर भयकोछ घर पुग्न भन्दै खुईते बिदा हुँन खोज्छ।हुँदैन तैँती पनि नजिकैछ चिया पियर जालास!भन्दै होटले तिर तान्छन चिया पिउँदा एकछिन समय बित्छ।बिदा भयर हिँड्छ जब पुरुङ गाउँमा पुग्छ उस्ले केबिर्से केबिर्शे लाग्छ।ओहो छाता त होटेलमा बिर्सेछुँ भन्दै बाट मुनि एउटा स्यानो घर थियो त्यँहा पेटीमा एउटी केटी उभ्भेको देख्छ ए बैनी मेरो एकैछिन यो समान राख्छु है!भन्छ।किन राख्ने यँहा?उस्ले रिस्सेको झैँ भन्छे।खुईतेले दुखः देखाउँदै मेरो छाता होटेलमा छुट्यो बैनी म गर्केर ल्याईहाल्छु एक्छिनमै म लेखाली हुँ !भन्छ।छिट्टै आउँँनुस है मलाई आमाले गालि गर्छिन नत्र भन्दै ईजाजत दिन्छे।खुईते दौडेर होर्नक पुग्छ र छाता पनि शुरक्षित भेट्टिन्छ।तर फर्किदा फर्किँदै रात पर्छ।अन्धारो हुन्छ पुरुङ पुग्दा सम्म छाम-छाम छिम-छिम गर्दै जाने अबस्था हुँन्छ।अन्ध्यारोमा डाँडो होकी गहिरो हो,भिरहोकी सम्मो केहि थाहा पाईन्न खुईतेले अब सामान राखेको घर भेट्टदैन मार्चिस कोर्दै हेर्छ उस्ले मार्चिस कोर्दै खोजेको माथि बारीमा केहि महिँला पुरुषले चालपाए पछि खित खित हाँस्दै ए भाई त्यहि घर हो झर तैति बाटोछ भने।नजिकै तल झर्ने बाटो थियो।खुईते त्यो घरमा पुग्छ समान पेटिमै थियो।बैनी आमा आउँनु भैन हजूरको भन्दै खोईतेले बास माग्छ।माथि छन बारीमा मकै ओसार्दै सोध्नुस मलाई थाहा छैन!भन्दै उ भित्र पस्छे।
खोईते अलि बेर त्यँहि बस्छ,जानु त जानु कता रात पनि अन्धेरी रैछ,अनि यँहा बाट अँझै डेढ दुई घन्टा हिँड्नु पर्छ तर दमारको बाटो भयकोले बाग भालु र चोरको पनि डर हुँन्छ।एकछिन पछि त्यो घरकि मालकिन आउँछिन जो माथि बारीमा थिईन भाँचेका मकैको डोको बोकेर, केही पुरुषहरुपनि आउँछन।खोईतेले सोच्यो त्यहि घरका हुँनन।कस्लाई सोधेर बसेका छौ लाहुरे यँहा ?लोग्ने मान्छे छैनन् भनेर खुईतेलाई भन्छे।मलाई एउटा गुन्द्रि दिए म यँही भाईर बस्छु हजूर!खुईतेले बिन्ति गर्छ।
उस्ले सिक्वा जँहा पाडा बाच्चा बान्छन त्यँहा एउटा मान्द्रो बिछाउँन भन्छे त्यो छोरीलाई रातिमा आएका पाउँना लाई भाईर बसाल्न हुँन्न भन्छे।खुईतेलाई थकै लाग्याछ आजको यो रात जसरी तसरी काट्नुछ।भोक प्यास भने छैन।
सिक्वामा समान लगेर बस्छ।एकछिन पछि त्यँहा धेरै पुरुष आउँछन।ए भाई आउ तास खेलम भन्दै खुईतेलाई बोलाउँछन होईन हजूर मलाई तास खेल्न आउँदैन!भन्दै बिन्ति गर्छ।हिँड रक्सी ल्याउँन हामि सँग भन्छन।मैले रक्सि पनि खाँदैन भन्छ।होईन हामिले खान्छौ नी हामिलाई ख्वाउँदैनौ? जानै पर्छ भन्दै उनिहरुले जिद गर्छन।
खोईते लाई झनक्कै रीस उठ्छ!हजूर मलाई बास दिने मन छैन भने भनिहाल्नुश म भर्खरै निस्किन्छु तर यसरी मलाई चलाउँनु भने भैन।मेरो घरपनि नजिकै हो एउटा समस्याले मैले बास मागि हाले!भन्दै खुईते चर्किन्छ।मैले केहि भनेकी छुँ र भाई लाई ?घरकि त्यो महिलाले भन्छिन!मकै उसुनेको खान्छौ भाईले दिम?भन्दै सोध्छिन।

प्रदैन दिदि मलाई यो रात काट्न दिए पुग्छ भन्दै बिन्ति गर्छ।अहि बेर त्यँहा मेला लाग्छ।नाच्ने गित गाउँने झ्याउरे,रक्सीको मात मादल अनि अश्लिल शब्द त्यो घरको गोसा पनि लाहूरे रैछन।त्यो केटीको आमा पनि सौतेनी रैछ रातै भरी दोरी गीत चल्छ।त्यँहा भयका पुरुसहरुले कसैले भाउजु भन्थे,कसैले सोल्टिनी भन्थे।

नजिकै त्यो सिक्वाको घारमा बसेकि त्यो केटीले बिहान पख भनी पछि अश्लि कुरा खुईतेले बल्ल बुभ्यो।रातै भरी जागै बसेको खोईते बिहानै त्यँहाबाट बाटो लाग्छ हिँजो बाटको भोको बिस्तारै हिँड्दा भाता बेला सम्म बल्ल घर पुग्छ सहि सलामत। (यो कथाका पात्र र यसमा प्रयोग गरिएको नाउँ ठाउँ सबै काल्पनिक हो कसैको निजि जिवन सँग नाम सँग मेल खान गयो भने त्यो सञ्जोगनै हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार