बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराको स्याउँ जहाज चढ्यो

बाजुराको स्याउँ जहाज चढ्यो

बारीमा कुहिने र भैसीको कुडो बनेको स्याउँ ठुला सहरमा

  • बुधबार, भदौ ३१, २०७७
बाजुराको स्याउँ जहाज चढ्यो
स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटमा उत्पादन भएको स्याउँ काेल्टी बिमान स्थलबाट हवाइ जहाज मार्फत नेपालगन्ज पठाउदै तस्बीर : निमेन्द्र शाही

निमेन्द्र शाही — ‘हामी बगैचामा स्याउँ टिपीरहदा त्यही माथिको आकासमा उडीरहने जहाजले हाम्रो स्याउँ बोकेर गएको छ । २० बर्ष देखी स्याउँमा लगानी गरीयो यस अगाडी बाजुराको स्याउँ बारीमा कुहीन्थ्यो, गाई भैसीलाई काटेर खुवाउँथ्यौं यस बर्ष हाम्रो स्याउँले जहाज चढेर गएको सुन्दा खुशी लागेको छ । अब हाम्रा पनि शुखका दिन लागेछन्।’स्वामीकार्तिक खापर गाउँपालिका-३ पुरीन्द्र शाहीले बताए ।
स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटमा हरेक वर्ष उत्पादन भएको स्याउँले गाउँभरि स्याउकै छेलोखेलो हुन्छ । बिक्रीका लागि बजार नहुँदा बेच्न नपाएर स्याउका दाना बारीमै कुहिने र किसानहरू चौपायालाई आहारका रूपमा खुवाउँनुको बिकल्प थिएन तर अहिले समय फेरीयो बरु स्याउँ लगाउँनेले जहाज चढेका छैनन् उहिहरुले फलाएको स्याउँ जहाज चढेर गएको छ।


जुकोटमा अधिकांश परिवारका २/४ सय वटासम्म स्याउका बोट छन् । लटरम्म फलेका दानाले स्याउबारी राताम्मे देखिन्छन् । स्थानीय भूपेन्द्र शाहीको बारीमा ४ सय बोटमा लटरम्मै फल लागेको छ । यस अगकिा बर्षमा उनले मुस्कीलले एक दुई हजार आम्दानी गर्ने गरेका थिए तर उनले अहिले स्याउँको बोटमै केजीको चालिस रुपैया पाएका छन् ‘१२ बर्ष पछि कुकुरको गु पनि चाहीन्छ भन्थे हो रहेछ,स्याउँ बक्रि हुँदैन भनेर काटेको भए घाटा हुँने रहेछ,अहिले बारीमै स्याउँ बिक्री भएको छ।’ उनले भने । बिक्री नभएर कुहिने अवस्था आउने र स्याउका दाना काटेर गाईभैंसीलाई खुवाउने दिन गएछन् ।

भैसीलाइ स्याउ खुवादै तस्वीर निमेन्द्र शाही

‘गाउँमा ठुलो क्षेत्रफलमा स्याउँ लगाएकाहरुको बोटको स्याउँ खाने मान्छे नपाएर बारीमै झरेर कुहीथ्यो, गाई भैसीको कुडो बनाएर खुवाउँने गरेका थिए हामीलाई यस्तो देखेर अनौठो लाग्थ्यो। तर गत बर्ष थोरै रकममा स्याउँ बेचेका किसानले स्याउँले मुल्य पाउँछ भनेर यस बर्ष मेहनत गरे बोटमै चालिस रुपैया पाएका छन्।’ शुनन्दा माद्याबिक बिद्यालयका शिक्षक प्रताब बहादुर शाहीले बताए।
बाजुरा जिल्लाको पुर्बित्तर क्षेत्रका चार स्थानियतहका जनताले स्याउँ खेती गर्नेगरेका छन्। गत बर्ष बाट मात्र यस जिल्लाको स्याउँ जिल्ला बाहिर जाँन लागेको हो । जिल्लामा दुई सय ३० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ। हरेक बर्ष एक हजार ५० मेट्रिनटन स्याउ उत्पादन हुँने गरेको छ। यस वर्ष स्याउँको फुल फुल्ने समयमा असीना आएका कारण २५ प्रतिशत उत्पादन घटेको छ।

स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटमा उत्पादन भएको स्याउँ हवाइ जहाज बाट नेपालगन्ज बिमानस्थल झार्दै तस्बीर : निमेन्द्र शाही

सडक सञ्जालले नजोडिएको यस जिल्लाका स्याउँ फल्ने बस्तीहरु अझै पनि खच्चर बाट ढुवानी गरेर कोल्टीको बिमान स्थल सम्म पुगाएर जहाजमा चढाएर नेपालगन्ज झारीने गरीएको छ। जिल्ला जिल्लामा स्याउँ खेती गर्ने कृर्षकलाइ हैस्याएको छ।

हातमा पैसा पाएपछि किसान खुशी
‘हातमा पैसा आएको छ, बारीमा टिप्न पनि परेको छैन, बर्ष भरी हेर बिचार गर्‍यो सिजनमा समन्वय समितिका मान्छे आउँछन् स्याउँ टिपेर प्याक गरेर लिन्छन्। आनन्द छ। घरमै बसी बसी पैसा पाईएको छ।’ स्वामीकार्तिक-३ जुकटका कृर्षक बिरेन्द्र राकोकायाले बताए ।
सोही गाउँका गजुरु सिंहले भनेः ‘गएका बर्षहरुमा स्याउँ बिक्री नहुँदा हामीले स्याउँका पुराना बगैचा फाडेका थियौं ।लाखौं मूल्यको स्याउ खेर जाने गरेको थियो स्याउ कुहिएर गाई गोरुलाई खुवाउँनुको बिकल्प थिएन।’ गाउँपलिकाबाट भारी बोकेर कोल्टी बजारमा बेचुन्जेल दुई दिन दिन लाग्थ्यो अहिले आराम भयो ।
गाउँका अधिकांश किसानले स्याउ खेती गरेका छन्। प्रत्येक परिवारको बारीमा तीन सयभन्दा बढी स्याउका बोट छन्। स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोट, सोही गाउँपालिका १ र २ साप्पाटा हिमाली गाउँपालिका धिम, पाडी, जगन्नाथ गाउँपालिका साबिकको जगन्नाथ गाविस क्षेत्र र बुढीनन्दा नगरपालिकाकाको साबिकको पाण्डुसैन प्रशस्तै स्याउ फल्छ।

स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटमा उत्पादन भएको स्याउँ हवाइ जहाज बाट नेपालगन्ज बिमानस्थल झार्दै तस्बीर : निमेन्द्र शाही

स्याउ फलाउन सरकारी तथा गैरसरकारी संस्थाले गरेको खर्चको तथ्यांक छैन तर बिश्व खाद्य कार्यक्रम लगाएतका गैर सरकरी संस्था र जिल्ला कृर्षि विकास कार्यादलयले हरेक बर्ष स्याउँका बिरुवा उत्पादनमा लगानि गरेको कुरा स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जिबी शाहीले बताए ।

कसरी पुग्छ धनगढीमा स्याउँ
स्याउँ फल्ने स्थानियतहरुको साझा संगठन बनाईएको छ। नमुना कृर्षि गाउँ कृषक समन्वय समितिले किसानका बारीमा गएर स्याउँ किन्छ। प्याकिङ्ग गर्छ र ग्रेडीङ्ग गरेर कृषकहरुलाई स्याउँको मुल्य बुझाउँछ त्यस पछि स्याउँ बजारमा जाँने तयारी हुन्छ।
स्याउँ फल्ने स्थानिय तहका केन्द्रहरु समेत अहिले पनि सडक सञ्जालमा जोडीएका छैनन्। त्यस कारण बारीमा टीपेर कार्टुनमा प्याक गरीएको स्याउँ कोल्टीको एरपोट सम्म कच्चर र मान्छेले बोकेर ल्याउँने गरेका छन्। त्यहाँ बाट प्रति केजी रु १५ रुपैया तिरेर स्याउँ नेपालगन्जको बिमान स्थलमा झर्छ र त्यहाँ बाट ट्रकले बोकेर धगढीका डिलरहरुमा स्याउँ पुगाउँने गरीएकोे छ।
गत बर्ष बाजुरा जिल्ला बाट पहिलो पटक स्याउँको ब्रण्ड सहित बजारमा गएको थियो। त्यको स्वादले लोभ्याएका बजारका उपभोक्तालाई यर बर्ष पनि यहाँको स्याउँको प्रतिक्षा गरे संगै ब्यापारीले स्याउँ नेपालगन्ज पुगाउन थालेका छन्।
‘लामो समय सम्म कोल्टीमा आउँने जहाज संगको बार्गेनिङ्ग गर्दा सबै जहाजले प्रति केजी रु ५५ भने पछि उडाउन नसकीएको स्याउँ तार यएरलाईले रु १५मा प्रति केजी उडाए पछि अहिले नेपालगन्जको बजार बाजुराको स्याउँले भरीएको छ।’नमुना कृर्षि गाउँ कृषक समन्वय समितिका अध्यक्ष मनबहादुर रोकायाले बताए ।
समन्वय समितिका अध्यक्ष मनबहादुर रोकायाले थपेः‘तारायएर र जि.यस .ए यएर फास्ट कार्गो सिर्भिसका संचालक लक्ष्मि राज शाहीको पहलमा बाजुराको स्याउँ सस्तो मुल्यमा नेपालगन्ज पुगेको हो । अहिले बाजुरा आउँने सबै जहाजले रु १५रुपैया प्रति केजीमा स्याउँ बोकी रहेका छन्।’
यस बर्ष पनि किसानका बारीमा स्याउँ फलेर लटरम्म छन् तर बर्षादले सडक बिगाको बेला शाही यहाँका किसानकालागि भगवना साबीद भएका छन्। बाटोको समस्याका कारण स्याउँ बजारमा कसरी लिने चिन्ता कृर्षक र ब्यापारीमा थियो त्यो टरेको छ।

सरकारी सहायता
जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिका किसानका स्याउ बारिमै कुहिने अबस्थामा भएपछि यस बर्ष कृषि ज्ञान केन्द्र बाजुराले ६ सय कुन्टल ढुवानी अनुदान मार्फत बजार सम्म पुगाउँने उदेश्य राखेको कुरा ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले बताए।
जैशीकाले भनेः ‘बारि बाट बजार सम्म ढुवानी गराईदिने, बिक्रि ढुवानी गरेको स्याउँ ब्यापारीलाई समन्वय समितिले सम्बन्धित बजार सम्म पुगाई दिन्छ।’ जैशीका अनुसार ‘जगन्नाथदेखि पिलिचौर र जुकोटदेखि पिलिचौरसम्म प्रतिकिलो १८ रुपैयाँ ७५ पैसा, कोल्टीदेखि मार्तडीसम्म १८ रुपैयाँ ९० पैसा र पाण्डुसेनदेखि मार्तडीसम्म १३ रुपैयाँ ५० पैसा प्रतिकिलो ढुवानी अनुदान निर्धारण गरिएको छ।’
‘अहिले गाउँमा स्याउँ भण्डार गर्ने र ग्रेडीङ गर्ने काम धमाधम संचालनमा आएको छ। बोटमा एक रुपैयाको तिन दाना स्याउँ दिने गरेका थिर्यौ यस बर्ष बोटमै केजीको ४० रुपैयाका दरले बिक्रि गर्न पाएका छौं।’ स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटका महेन्द्र बहादुर शाहीले बताए। उनको बारीमा १२ सय बोट स्याउ छन्। उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो।
जिल्ला कृषि ज्ञान केन्द्रले स्याउको ग्रेड निर्धारण गरेको छ। बाजुरामा अहिले पाँच प्रजातिको स्याउँ प्रयाप्त मात्रामा पाईन्छ । रोएल डेलीसेस, रेड डेलिसेस, गोल्डेन डेलिसेस फुजी र गाला हाईडेन्सीटी स्याउँ र्पान्छ । किसानको बारीमा ए ग्रेडको स्याउको प्रति केजी ४० रुपैयाँ बि ग्रेडको स्याउको प्रति केजी रु ४० र सी ग्रेडको स्याउको प्रति केजी रु ३० तोकेको छ।
सुदुर पश्चिम प्रदेशको एक मात्र स्याउँ फल्ने जिल्ला बाजुरा भएका कारण मुख्य मन्त्री एकीकृत कृषि तथा पशुपन्छि बिकास कार्याक्रम अन्र्तग तगत बर्ष स्याउँमा ढुवानी अनुदान मात्र दिदा जिल्लाले ६० लाख बराबरको स्याउँ निर्यात गरेको थियो त्यही अनुसार यस बर्ष पनि कार्यक्रमलाई निरन्तरता दिईएको छ ।

स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटमा उत्पादन भएको स्याउँ हवाइ जहाज बाट नेपालगन्ज बिमानस्थल झार्दै तस्बीर : निमेन्द्र शाही

यस बर्ष थप ब्यवस्थापन गरी नमुना कृर्षि गाउँ कृर्षक समन्वय समिति गठन गरी छ । किसानहरु समेत राखेको हुँदा उसै समितिले मुल्य निर्धारण गरी किसानको बारीमा आफै पुगेर गर्ने गरेको छ ।
पहिलो पटक जिल्ला बाहिर जाँन लागेको स्याउँ १ सय कुन्टल काठमाण्डौं , ६० कुन्टल धनगढी र बाँकी बाजुराको सदरमुकाम मार्तडी र स्थानिय बजार पुर्‍याईने भएको छ । ढुवानी अनुदान पाएको सहकारी संस्थाले नै खरिद देखि बिक्रि गर्ने रहेको छ । पाण्डुसैन सदरमुका मार्तडी बाट करिब ३१ किलोमिटरको दुरीमा रहेको छ भने स्वामिकार्तिक खापर गाँउपालिकाको स्याउ उत्पादन हुने ठाँउ पुग्न मात्र अढाई दिन लाग्ने गरेको छ । सदरमुकाम मार्तडीमा भने प्रतिकेजी १ सय ५० भन्दा बढि रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार