शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अभिमान!लघुकथा।

अभिमान!लघुकथा।

  • शुक्रबार, भदौ १९, २०७७
अभिमान!लघुकथा।

सुरेशकुमार पान्डे– सोशण दमनले कुण्ठित भएका प्रतिभा आँकुरा हाल्न नपाउँदै मुर्झाएको त्यो बस्ती गरिबी र दरिद्रताले सल्किएको उकुस-मुकुस थियो।यो बस्तिलाई नजिकै बाट नियाल्दै आएको मदनले सदै एउटा सपना देखथ्यो।एकदिन यो बस्तीलाई अन्याय र अत्याचार बाट मुक्त गर्न यँहिबाट धारीलो हथियार बनेर निस्कनेछन।यो स्वाम मदनको बिचारधारा थियो।
मदन एउटा कलाकार थियो तर उ राजनीतिज्ञ भने थिएन।उ एउटा सम्पन्नशाली परिवारको ब्याक्ति भयकोले मदनलाई त्यो बस्तीमा बिस्तारै जरागाड्न त्यती अपठ्यारो भैन।
उ त्यो गरिब बस्तीमा गएर त्यँहा भयका कोमल हृदयहरु टटोल्न थाल्यो।उस्ले बिहान शाँझ आफ्नो मधुर साज संगितले सप्रसगर्दा असंख्या प्रतिभाहरुको मन छुनथाल्यो।सुस्त-सुस्त त्यँहा कयौँ गुण भएका प्रतिभाहरु भेटिए।उस्ले सोँचेको जस्तै होनहार फुलको बगैचा थियो त्यो गरीब बस्ती।
अबस्याकता थियो त मात्र त्यो काँचो मेटिरिएल लाई तिखार्ने,र त्यसलाई धारीलो बनाउँने।त्यो कलापनि मदन भित्र थियो।उस्ले त्यँहा भयका प्रतिभालाई छुट्टाएर बेग्ला बेग्लै सँगठित गर्न थाल्यो। उस्को उदेश्य यो बस्तीलाई मुक्त गर्ने र यँहाका प्रतिभाहरुलाई संसारलाई चिनाउँने सोँच लिएर आएको मदन बिस्तारै कामियाब हुँनथाल्छ।त्यो बस्तीको प्रतेक परिवारले उस्लाई रुचाउँन थालेका छन।प्रतेक ब्याक्तिलाई संगठित गर्दै जाँदा एउटा गोपाल नाम गरेको बधुँवा मज्दुर लाई भेटाउँछ।
उस्को लगनसिलता र शंघर्ष गर्न सक्ने क्षामात हुँदा हुँदैपनि त्यो युवा एउटा जमिदारको बँधुवा मज्दुरको रुपमा कार्यारत थियो।यो देखेर मदनले गोपाल जस्ता कयौँ मज्दुरहरु लाई मुक्तगर्ने योजना बनाउँन थाल्यो।गोपाल तिमि आजाद हुँन चाहान्छौ?मदनले बिन्रमता पूर्वक सोध्छ।किन नचाहाँने त्यो पंक्षी सँग सोध्नुभयो सर जो पिँजरामा कैद छ।उस्को त्यो रहर होईन बाध्यता हो।गोपाले आफ्नो भाव पोख्छ।तर यो मुस्किल छ!मदन को उत्तर सुनेबिनानै उस्ले अर्को बिचार राख्छ।मुस्किल?कस्तो मुस्किल मदनले सोध्छ।यो जमिदार मात्र होईन यो फटाह सोशक हो यस्का हात माथिसम्म छन धेरै नेताहरु यसैका खास छन!गोपालले भन्छ।यो सुनेपछि मदनले यो सोशक बाट बन्धक कमैयालाई आजाद गर्ने योजना र आन्दोलन का रुपरेखाहरु तैयार पार्छ।र शंघर्ष सुरुहुँन्छ।यसमा मदनको आन्दोलनलाई पुरै बस्तिले साथ दिए पछि मदनको आन्दोलनले बिजया हासिलगर्छ।बँधुवा मज्दुरहरुको रिहाईले उनिहरुको हौशला बढाउँछ।
बिस्तारै गोपाल मदनको धेरै नजिक पुग्छ र कुराहरु सिक्छ।गोपालले दिनरात गरेको मिहेनतले उस्लाई नयाँ उँचाईमा पुराउँछ।
बिस्तारै दिन बित्दैजान्छन गोपालले बस्तीका युवाहरुको दिलोज्यानमा घरबनाई सकेको हुँन्छ।सुस्त-सुस्त मदनको भन्दा गोपालको बिचार लाई महत्व दिनथाले।गोपालको लोक पृयता देख्दा मदनमा निरासा छाउँन थाल्छ।एकदिन एउटा ठुलो सभामा मदनले सम्बोधन गर्दा खासै युवाहरु ले ध्यायन दिँदैन तर गोपाल हौलमा प्रबेश हुँदा बित्तिकै बाट तालि तररर बज्नथाल्छन उ मञ्चमा पुगेर जब सम्म भयो भन्दैन तालि बजिनै रहन्छन।यो देखेर मदन भित्र भित्रै आगो भयो।उस्लाई यस्तो महेशुर्ष भयकोथियो उस्को साराजिवनको मिहेनत तुसारापात भयकोछ।उस्लाई यो मञ्चले तिखा तिखा काँडाले घोँचेको जस्तो महेशुर्ष गर्छ।यद्यापि मञ्चबाट गोपालले बारम बार मदनकै प्रसन्शा गर्दै थियो तर उस्लाई गोपालको त्यो प्रशन्सा झन अपठ्यारो महेशुर्ष भयो।उ चुपचाप बिचैमा उठेर त्यँहा बाट भाईर निस्किन्छ।
गोपालको भाषण सकिन्छ र उ पछाडि फर्किन्छ मञ्चमा मदनलाई न देख्दा गोपाल निरास हुँन्छ।
मदन त्यो मञ्च बाट उठेर आखिरमा त्यही जमिदार शोसकको पास गयको थियो जस्को बिरुद्धमा कयौँबर्ष बाट शंघर्ष गर्दै लडाई जितदै आएको थियो तर आज त्यो अभिमानले उस्लाई आफ्नै लक्षका बिरुद्ध खडागरेको थियो।उस्ले दुश्मन सँग मिलेर आफैले जन्मायको त्यो प्रतिभाका जरा काट्ने योजना बनाउँन थाल्यो जो एउटा दुश सहाश मात्र थियो।आफ्नै महान बिचारका जरा काट्ने औजार खुद आफै बन्नथाल्यो,अभिमानले गर्दा।मदन मदबुद्धि र अन्धो बनेको छ।

(कथाका पात्र नाम सबै काल्पनिक हुँन कसैको नीजि जिवन नाम सँग मेल खायो भने मात्र सयोग हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार