शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • लागूऔषध गाँजासहित दुई पक्राउ

लागूऔषध गाँजासहित दुई पक्राउ

  • शनिबार, भदौ ६, २०७७
लागूऔषध गाँजासहित दुई पक्राउ

प्रहरीले लागूऔषध गाँजासहित पोखराबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–२७ अर्घौचोकका २३ वर्षीय सन्दीप विक र २९ वर्षीय किशोर तिमिल्सना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

दुबै जनालाई गएराति पोखरा–२७ ज्यामिरेकुनाबाट लागूऔषधसहित पक्राउ गरिएको उनले बताए । इलाका प्रहरी कार्यालय हंशपुरबाट खटिएको प्रहरी गस्ती टोलीले जाँचका क्रममा आरोपित विकले चलाई ल्याएको ग५प ५८७९नंको मोटरसाइकलमा सवार उनीहरुको साथबाट २० ग्राम र सोधपुछको क्रममा विकको कोठाबाट एक किलो ४४० ग्रामसहित एक हजार ४६० ग्राम गाँजा, मोबाईल थान दुई र मोटरसाइकल नियन्त्रणमा लिएको प्रनाउ हमालले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट १७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पोखराको विभिन्न स्थानमा लागूऔषध गाँजा बिक्रीवितरण, ओसारपसार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार