शुक्रबार, अशोज १६, २०७७
  • होमपेज
  • शिक्षा
  • १ सय वर्षअघिको त्यो महामारी, न्युुर्योकमा यसकारण खुलेका थिए विद्यालय

१ सय वर्षअघिको त्यो महामारी, न्युुर्योकमा यसकारण खुलेका थिए विद्यालय

  • शुक्रबार, भदौ ५, २०७७
१ सय वर्षअघिको त्यो महामारी, न्युुर्योकमा यसकारण खुलेका थिए विद्यालय

महामारीमा स्कुल खोल्ने निर्णय लिन संघर्ष गर्नुपरेको यो पहिलोपटक होइन । १९१८ मा इन्फ्लुएन्जाको महामारी फैलँदा संसार अहिलेभन्दा फरक पक्कै थियो, तर यो बहस त्यतिबेला पनि तातो थियो ।
त्यस महामारीले विश्वभर ५ करोडको ज्यान लियो, जसमध्ये ६ लाख ७५ हजार अमेरिकी थिए । इतिहासविद्हरुका अनुसार अमेरिकाका धेरैजसो शहरमा विद्यालय बन्द भएपनि तीन शहरमा खुला थिए – न्युुर्योक, सिकागो र न्यु हेभेनमा ।
विद्यार्थीहरु विद्यालयमा सुरक्षित हुन्छन् भन्ने जनस्वास्थविद्हरुको पूर्वानूमानकै भरमा यी शहरका अधिकारीहरुले यस्तो निर्णय लिएका थिए । खासमा यो प्रगतिशिल युुगको उचाई थियो, जतिबेला स्कुलमा सफाईमा जोड दिइन्थ्यो, र त्यतिबेला विद्यालयमा विद्यार्थीको हेरचाहका लागि पर्याप्त परिचारिका हुन्थे, जो अहिले मननीय छ ।

न्युुर्योकमा झन्डै १० लाख स्कुले विद्यार्थी थिए र त्यसमध्ये ७५ प्रतिशत विद्यार्थी टेनमेन्ट्समा (ठूलो घर वा क्षेत्रफल जहाँ अलग कोठामा अलग परिवार बस्छन्) बस्थे ।
युुएस सर्जन जर्नल र युुएस पब्लिक हेल्थ सर्भिसको आधिकारीक जर्नल ‘पब्लिक हेल्थ रिर्पोटस्’ मा २०१० मा प्रकाशित लेखअनुसार यस्ता भिडभाडयुक्त क्षेत्रमा सरसफाईको कमी थियो ।
‘टेनमेन्ट्समा बस्ने विद्यार्थीहरुका लागि विद्यालयले सफाई वातानुकुल वातावरण उपलब्ध गराउथ्यो, जहाँ नर्स र डाक्टरहरुले मेडिकल चेकजाँच समेत गर्थे,’ लेखमा उल्लेख छ ।

मिचिगन विश्वविद्यालयस्थित सेन्टर फर हिस्ट्री अफ मेडिसिनका निर्देशक तथा इतिहास विद् डाक्टर होवार्ड मर्केल पब्लिक हेल्थमा प्रकाशित लेखका सहलेखक हुन् । मर्केलका अनुसार फ्लुुबाट अति प्रभावित शहरमध्ये न्युुर्योक एक थियो ।

‘विद्यार्थीहरु फोहोर घर छाडेर खुला, सफा र हावा राम्ररी चल्ने स्कुल भवनमा आउँछन्, जहाँ स्वास्थ चेकजाँचको व्यवस्था छ ,’ महामारीले उच्च रुप धारणा गरेको त्यस समय न्युुर्योकका हेल्थ कमिस्नर रहेका डाक्टर रोयल एस कोपल्यान्डले द न्युुर्योक टाइम्ससँग भनेका छन् ।

कोपल्यान्डका अनुसार विद्यार्थीहरुलाई बाहिर भेला हुने अनुमति थिएन र उनीहरुले तत्काल शिक्षकलाई जानकारी दिनुपर्ने थियो ।
शिक्षकहरुले फ्लुुका कुनै पनि लक्षणबारे विद्यार्थीको चेकजाँच गर्थे अनि लक्षण देखिएका विद्यार्थीलाई आइसोलेशनमा राखिन्यो । विद्यार्थीमा ज्वरो देखियो भने स्वास्थ विभागका कोही व्यक्तिले उनीहरुलाई घर लैजान्थे, अनि स्वास्थ अधिकारीले त्यस अवस्थामा ‘आइशोलेसन वा हेरचाह’ उपयुक्त छ वा छैन भनेर निर्णय गर्थें । उपयुक्त नभए उनीहरुलाई अस्पताल पठाइन्थ्यो ।

‘घरमा निको हुँदै गएका बालबालिकाका परिवारले पारिवारिक चिकित्सकलाई देखाउने वा निःशुल्क रुपमा जनस्वास्थ डाक्टरको सेवा प्रयोग गर्नुुपर्ने व्यवस्था स्वास्थ विभागले गरेको थियो,’ पब्लिक हेल्थ रिपोर्टमा उल्लेख छ ।
सिकागोमा पनि ५ लाख विद्यार्थीहरुका लागि विद्यालय खुला गरिएको थियो, यी र यस्तै कुरालाई आधार मानेर । विद्यालय खुल्दा बालबालिकाहरु सडक र संक्रमित वयस्कबाट टाढा रहन्छन् भन्ने तर्क जनस्वास्थविद्हरुको थियो ।

यद्यपी, विद्यालयमा महामारीका दौरान अनुपस्थित हुनेको संख्या ठूलो थियो, यदि सामाजिक दूरी त्यतिबेला सहयोगी थियो भने पनि यसले पक्कै सहज बनाएको हुनुपर्छ । सायद, सिकागोका एक जनस्वास्थ अधिकारीले यसैकारण अभिभावकहरुमा ‘फ्लुुफोबिया छ’ भनेका थिए ।

‘अनुुपस्थित हुुनेको संख्या निकै ठूलो थियो, यसले खासै फरक पारेको थिएन, विद्यालयहरु खुुला थिए,’ मर्केलले भने ।
ताजा हावा फैलिएको छ भनेर सुनिश्चित गर्नुु सिकागोको रणनीतिको हिस्सा थियो । १९१८ मा सिकागो स्वास्थ विभागले जारी गरेको प्रतिवेदनअनुसार जाडोमा स्कुलका कोठाहरु अति तातो बनाइएकाले झ्याल सधैं खोल्न सकिने थियो ।

‘पछिल्लो इन्फ्लुएन्जा महामारीमा शहरका विद्यालयहरु खुला राख्ने निर्णय तर्कसंगत थियो,’ तथ्याङ्कको विश्लेषणले देखाएरअनुुसार प्रतिवेदनले निष्कर्ष निकालेको थियो ।
न्युुर्योक शहरबारे तत्कालीन हेल्थ कमिस्नर कोपल्यान्डले द न्युुर्योक टाम्इससँग भनेका थिए,‘विद्यालय बन्द गर्नुुभन्दा योग्य व्यक्तिको निगरानीमा निरन्तर बालबालिकालाई राख्नु कति धेरै राम्रो भएको छ ।’
तर, १९१८ को महामारी र यसमा अमेरिकाका ४३ शहरले देखाएको प्रतिक्रियाबारे अन्य अनुसन्धानकर्तासँगै मिलेर तथ्य तथा ऐतिहासिक प्रमाण अध्ययन गरेकी मर्केल विश्वस्त छैनन् । ‘न्युुर्योक सबैभन्दा खराब पक्कै थिएन, तर यसले उत्कृष्ट पनि गरेको थिएन,’ मर्केलले भने । उनका अनुसार सिकागोले देखाएको प्रतिक्रिया केही राम्रो थियो ।

‘अनुसन्धानअनुसार क्वारेन्टाइन र आइशोलेसन गर्ने, स्कुल बन्द र सार्वजनिक भेलामा रोक लगाउने निर्णय मुुल्यवान् देखिएको छ,’ उनले भने,‘जुन शहरले यसमध्ये एकभन्दा बढी मापदण्ड लागु गरे, त्यहाँ राम्रो देखियो । स्कुल बन्द गर्ने निर्णय पनि यसैको हिस्सा थियो ।’

मर्केलसहितका जनस्वास्थविद्हरु यो औल्याउँदैछन् कि इन्फ्लुुएन्जा १९१८ सम्म परिचित रोग थियो, कोभिड–१९ त्यस्तो होइन । नोबेल कोरोना भाइरस र यसले निम्त्याउने कोभिड १९ रोगकाविषयमा अझै धेरै बुुझ्न बाँकी नै छ ।

‘आजका लागि सही निर्णय स्कुल बन्द नै हो,’ मर्केल भन्छन्,‘ माफी माग्नुुभन्दा सुरक्षित हुुनका लागि यो राम्रो छ ।’

-सीएनएन

चर्चामा

सम्बन्धित समाचार