बुधबार, साउन १३, २०७८
  • होमपेज
  • कला /साहित्य
  • क्रान्तिको सपना ः लघु कथा।

क्रान्तिको सपना ः लघु कथा।

  • बुधबार, साउन २८, २०७७
क्रान्तिको सपना ः लघु कथा।
सुरेशकुमार पान्डे।

शंघर्ष भन तैँले कति जना युवाहरु लाई प्रतिक्षाण दिएको छस? छिट्टै भन प्रहरीको आवाजमा आक्रोश थियो उस्ले ग्रजिदै लाठिले स्वर्दै उस्को तिग्रामा शंघर्ष सँग सोध्छ।उस्लाई आँखामा कालो पट्टि लगाई दिएको थियो,पिट्दै पिट्दै एउटा पानीको ठुलो ड्रममा हाल्छ।शंघर्ष को घाँटि सम्म पानी थियो।जाडोको मौशम अनि चिसो पानीमा घन्टौ सम्म राख्छ मानौ यो निर्जिव तत्वहो।यस्तै दिनौ बिहान बेलुका शंघर्ष लाई यातना दिन्छन।
उस्लाई केहि दिन पहिले माओवादी लाई प्रतिक्षाण दियो भन्ने आरोपमा गिरफ्तार गरेर ल्याएका थिए।शंघर्ष एउटा बेकसुर युवा हो जस्ले क्रान्तिको सपना देखेको थियो।उ सानै देखि प्रवाशमा मज्दुरी गर्दै आफ्नो जिवन यापन गर्दै आएको थियो।देशमा तानासाही पञ्चायती ब्यबस्था को अनत्य गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उस्को ठुलो धोको थियो।लाहुरे बनेपछि त्यो सामाजीक सँगगठनमा प्रवेश गय्रो।जातिय बिभेदको अन्तै र गरिबहरुको मुक्ती केवल नौलो जनवादी क्रान्तिले मात्र पुरागर्नलाई ढोका खोल्छ भन्दै न्युनतम क्रार्याक्रम नौलो जनवाद र समाजवाद अधिकतम साम्यवाद सम्म पुग्ने उस्का सपना थिए,रहर थियो देशको मुहार फेर्ने।तर पनि भारतमा उ एकता समाजको सक्रिय कार्याक्रता थियो।केहि बर्ष पहिले भिम सिहँ,शंघर्ष लगायत थोप्रै युवाहरु स्वाँय सेबक बनेर स्वदेश गएका थिए।

काठमाण्डौ को सहरमा राता राता झण्डा बोकेर सेतो कमिज कालो पैन्ट र रातो टाई घाँटिमा बानेर सहरमा मार्च पास गर्दाको त्यो दिश्य अहिलेपनि आँखाको ओरी परी घुम्दै छ।संसार भरीका मज्दुर एक हौँ!एक हौँ,ईन्कलाब जिन्दावाद!जिन्दावाद,हो यस्तै यस्तै नाराले राजधानी गुँञ्जीएको थियो।”लैफ्राईट कदम बडाउ!लैफराईट लैफ!यो युगको पुकार हो क्रान्तिको लागि लडन आज संसारका सारा नौ जवान हो!,गो याँकी गो हौम डर्टी याँकी गो हौम!हाम्रो रातो झण्डा पेरुमा फरफराउँदैछ!.यस्ता यस्ता गितहरुले युवाहरुको मन मष्तिकमा नयाँ प्रकारले उर्जा थप्दै थियो।अत्यान्तै अनुसाशित मिलिटैन्सी,याङ्गमैनहरुको त्यो जमात देख्दा भर्खरै क्रान्ती सम्पन्न होला जस्तो लाग्थ्यो।
बहुदल आएपछि भिम सिहँ त भारतमा फर्कियो तर शंघर्ष त्यहि गाउँमा बसेर क्रान्ती कारी कार्यालाई अगाडि बढाउँने निर्णय गय्रो।उ जनजाति थियो त्यो गाउँ पनि लगभग पुरै जनजातिको थियो।आखारी गर्भै देखि खाएको जाँड रक्सि उस्ले बिस्तारै कसैले न देख्ने गरी खान थाल्यो।उनिहरुको ईष्ट मित्रहरु आउँदा जाँदा प्राय मदिराको सेवन गर्ने चलन भयकोले लामु समयपछि उ आफैले पनि प्रयोग गर्न थालेको रैछ।माओवादीको कथित जनयुद्ध सुरु भयपछि गाँउ घरमा छापा मार्ने खान तलासि गर्ने जस्ता कृयाकलाप त समान्या कुरा थियो।माओ वादीले धेरै प्रयास गरेपनि शंघर्ष उता लागेको थिएन।तर कसैको शडयान्त्रको अहिले उ सिकार भयको थियो।पुलिसहरुले उस्लाई उसैको घरबाट गिरफ्तार गरेर ल्याए पछि शंघर्ष
अहिले पुलिसको हिरासतमा थियो। दिनौ उस्का आँखामा पट्टि बानेर उस्लाई खुब धुलाई गर्थे तर उस्लाई केहि थाहा नभयपछि उस्ले के भन्ने।आखिरमा मैनौ उस्माथी कुट पिट अत्याचार गरेर थाकेपछि उस्लाई छाडे। पछि उ घोषित रुपमै माओवादी आन्दोलनमा लाग्यो तर त्यसपछि उस्लाई कसैले केहि गरेनन्।
उस्ले देखेको क्रान्ती को सपना यसरी तहस नहस भयो।अनि पछि माओवादी कै सरकार आएपछि उस्लाई फेरी गिरफ्तार गरे। भिम सिहँले एकदिन उस्लाई भेट्न गयो!शंघर्ष तिम्रो र मेरो सपना त पुरा भयन हामिले राजाको सत्ता खोसेर कस्ला-कस्लाई फाईदा पुरायौँ?यस्को ठिक उत्तर खोज्न देश भित्रको अर्थ ब्यबस्था लाई नियाल्नै पर्छ।भन्दै भिम सिहँले शंघर्ष लाई सम्झाउँने प्रयात्न गर्छ।त्यो त्यति बेला माओवादीको कटर कार्याक्रता भै सकेको थियो।उस्ले भिम सिहँको कुराको घोर गरेन।किन की अब क्रान्ती का बाटा पनि बेग्ला-बेग्लै भए।उस्को देश भित्र सरकारनै थियो भिम सिहँले तिमिहरु लाई धोका भयो भन्दै फेरी आग्राह गर्दै थियो।आखिर वास्तबमा शंघर्ष जस्तालाई बेला-बेलामा मौका प्रस्तहरुले उपयो गरे।
आज उस्लाई बुढेशकाल लागेकोछ।उस्मा पहिलेको जस्तो लडाकु पन,त्यो जोस छैन,हिँजोको बैँस पनि अर्कैलाई दियौँ आजको यो बुढेशकाल लाई कसरी काट्ने हो जो चिउरीको रस निचोरीएको खोस्टा बनेर डस्टबिनमा थन्किएकोछ। क्रान्ती को सपनापनि आँखामा सिम्टिएर बसेकाछन।

(कथा सत्य घटनामा आधारीत भयपनि पात्रहरुका नाम बदलिएकोछ। यि नाम कसैको नामसँग मिल्न गयो भने सञ्जोग मात्र हुँनेछ)

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार