शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • जेलबाट भाग्यो लागु औषध अपराधी बिरालो

जेलबाट भाग्यो लागु औषध अपराधी बिरालो

  • बुधबार, साउन २१, २०७७
जेलबाट भाग्यो लागु औषध अपराधी बिरालो

काठमाडौं —  लागु औषध ओसारपसारमा संलग्न रहेको आरोपमा जेलमा रहेको एउटा बिरालोले जेलब्रेक गरेर भागेको छ । श्रीलंकाको एक मुख्य जेलमा थुनिएको उक्त बिरालो सोमबार भागेको हो ।

सो बिरालो लागु औषध र मोबाइल फोनका सिमकार्ड तस्करीको प्रयास गर्दागर्दै पक्राउ परेको थियो । सुरक्षा अधिकारीहरुले श्रीलंकाको वेलिकाडा जेलमा गत शनिवार सो बिरालोलाई सिमकार्ड, लागु औषध र मेमोरी कार्डसहित पक्राउ गरेका थिए । उक्त बिरालोको घाँटीमा दुई ग्राम हेरोइन, दुईवटा सिमकार्ड तथा मेमोरी एउटा प्लास्टिकको झोलामा बेरिएको अवस्थामा फेला परेको थियो ।

अवैधानिक काममा संलग्न गराइएको सो बिरालोलाई प्रहरीले समाएर जेलकै एउटा कोठामा हिरासतमा राखेका थिए । तर सोमबार आफूलाई राखिएको कोठाबाट सो बिरालो भाग्न सफल भएको छ ।
–एजेन्सी

चर्चामा

सम्बन्धित समाचार