बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • उधमशिल युवा : निशान्त बडुवाल

उधमशिल युवा : निशान्त बडुवाल

  • शुक्रबार, साउन १६, २०७७
उधमशिल युवा : निशान्त बडुवाल

गरे के हुदैन भन्ने उदहरण बाजुराका एक जना युवाले आफ्नै भुमीमा उदाहरण बनेका छन् । बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ९ साबिकको मार्तडी गाबिस वडा न ८ मा जन्मीएका निशान्त बडुवालको कथा हो । उनी पनी कुनै धनी र हुने खाने परिवारका मान्छे होइन । तर पनी मेहनेतका साथ कक्षा १० सम्म अध्यायन गरेर उनलाइ पढाई खर्च नहुदा भारत गएका थिए । २०७१ को एसएलसी परिक्षा उत्तिणर् गरि भारतको पन्जावमा पुगेका थिए ।
पन्जावमा उनले बिहान बेलुका होटलमा काम गरेर दिउसोँ कम्पुटर शिक्षा पढाई गरे । हामीले यो देशमा पुरातनवादी, बुर्जुवा शिक्षाकै कारण पछाडि परिरहेका छौ कम्पु्टरको पनी अध्यायन सुरु गुर्नपर्छ भन्ने उदेश्यका साथ उनले कम्पुटर अध्यान पश्चात आफ्नै गृह जिल्ला गाउँमा आए ं। हामी राजनीतिका अनुत्पादक र फाल्तु कुरा गरेर आफ्नो महत्त्वपूणर् समय खेर फालिरहेको आफैंले बुझेर सानो कम्पुटर कक्षा संचालन गरको उनले बताए । उमेरले कमै भए पनी उधमी बन्न र बनाउन बाजुराका मान्छेलाई कम्पुटर शिक्षा दिने मुल उदेस्य र पैशा कमाउने पनी हो ।
तर उनले पैशा कमाउनका लागि मात्र नभएर गरिव असायहरुका लागि कसैलाई निशुल्कमा पढाउने र कसैला आदा शुल्कमा पढाउने गरेका छन । सदरमुकाम मार्तडीमा उनले कम्पुटर शेन्टर खोलेको २ बर्ष पनी पुरा भएको छैन । तर उनको कम्पुटरमा सेन्टरमा १ हजार बढि बिद्यार्थीहरु अध्यायनको शिलशिलामा रहेका छन । बडुवाल संग धेरै कुरा गरियो आफ्नो व्यवसाय गर्ने र आफ्नै कमाइ गरेर खाने संस्कृतिको विकास नहुनुमा हामीले अहिलेसम्म पाउँदै आएको अनुत्पादक औपचारिक शिक्षाले हाम्रो समुदाय पछाडी परेका कारण उत्पादक शिक्षा दिनु मेरो उदेश्य रहेको बडुवालले बताए । हाम्रो अवस्थाको जिम्मेवार अहिलेको शिक्षा नै भएको मेरो बुझाइ रहेको उनको भनाई रहेको छ ।
प्राविधिक शिक्षा र उत्पादनमुखी शिक्षा नभएकै कारण हाम्रो समाज विकासमा पछाडि पनि परेकोले प्राविधिक ज्ञान भएकाहरू कोही पनि बेरोजगार बन्न हुदैन भन्ने उदेश्यका साथ उनी आफु संगै सिंगो समाजलाई उत्पादनमुलक बनाउने उदेश्य रहेको उनको सोचाई रहेको छ । त्यसैले, आजको प्रमुख आवश्यकता भनेको व्यावहारिक, व्यावसायिक र सीपमूलक शिक्षा दिनु नै मुल उदेस्यका साथ आफुले कम्पुटर कक्षा संचालन गरेको बताउछन ।
पछिल्लो समय विद्यार्थी व्यावहारिक तथा व्यावसायिक शिक्षा आर्जन गर्न उत्साहित देखिएका र धेरै भन्दा धेरै बिद्यार्थीहरु कम्पुटर पढ्न आएको उनको भनाई रहेको छ । गाउँ-गाउँमा प्राविधिक शिक्षालय भएको भए आफु पनी यो मेहनत गरे नेपालमै पर्याप्त कमाइ गर्न सकिने उदाहरण पनि यहीं हुदैन थियो । जब भारतमा गए तब मेरो मेमोरीमा प्राबिधक शिक्षा अध्यायन गरेर व्यवसायिक तारिकाले जुनसुकै काम गर्दा पनि सफल हुन सकिन्छ भन्ने उदाहरण नयाँ पुस्ताका युवाले दिन थालेको एक उदाहरण निशान्त बडुवाल पनी एक हुन । नेपाली युवा जनशक्ति खाडी मुलुकहरूमा तल्लो स्तरको कामका लागि चर्को मूल्य तिरेर न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य भएका छन् ।
भारतीय लगायतका नागरिकले यहाँको अर्थतन्त्र बाहिर लगिरहँदासमेत हामी नेपालीलाई यस्ता सीप सिकाउन सकिरहेका छैनौं। यो विषयमा ध्यान दिनु जरुरी देखिन्छ। हामी आफ्नो काम आफैं गर्न नसकेर परनिर्भर र गरिब हुँदै गइरहेका छौं। पछिल्लो समय प्राविधिक कलेज खुल्ने क्रमसँगै विद्यार्थी तथा अभिभावकको ध्यान प्राविधिक शिक्षातर्फ केन्द्रित हुन थालेको भए पनी महगीका कारण त्यो पनी सबैका लागि सार्थक नहुने उनको बुझाई छ । विद्यार्थीका लागि ‘आइरन गेट’ मानिने एसईई परीक्षा उत्तीणर्सँगै भविष्यमा के गर्ने भन्ने मार्गचित्र तयार गरी व्यावसायिक तथा प्राविधिक शिक्षा आर्जन गर्न सके कोही पनि बेरोजगार बनेर बस्न पर्दैन उनको भनाई रहेको छ ।
त्यसैले, हाम्रो शिक्षा उत्पादनमुखी बन्नुपर्छ। व्यावहारिक र आत्मनिर्भर उन्मुख जनशक्तिले मात्रै मुलुक रूपान्तरण हुने भएकाले प्राविधिक शिक्षा अति आवश्यक देखिएको छ। नेपाल सरकारले रोजगारीमूलक शिक्षा दिनु जरुरी छ । नीतिगत रूपमै शिक्षा सुधार हुन जरुरी देखिएको छ । निशान्तबाट धेरै कुरा सिकेर ब्यबासायीक बन्न सकिन्छ भन्ने उदाहरण बनेका छन ।

चर्चामा

सम्बन्धित समाचार