शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • भोक मिठो की भोजन? (लघुकथा)

भोक मिठो की भोजन? (लघुकथा)

  • शुक्रबार, साउन १६, २०७७
भोक मिठो की भोजन? (लघुकथा)
       सुरेशकुमार पान्डे

बर्षाको बेला सिम-सिमे पानी परेकै थियो।गाँउ घर तिर कतै अन्न गहुँ मकै पाईदैन अनिकाल परेको छ।भोकले केटा केटीहरुको चिल्लि बिल्लि थियो।बारीमा भर्खर मकैले खिसा च्याँपेको छ भनौँ अँझै एक डेड मैना बारीको मकै खाने लाएक हुँदैन।
मतीले अन्न बेसाउँन ओरिपरीका गाउँ सबै चारेर आइन तर कतै अन्न मिलेन अब ज्यान के गरेर पाल्ने।आफुले ता भोकै पनि बस्न सकिएला एक दुई दिन तर ति स-साना बाबु नानीलाई कसरी पाल्ने?मतीको समझ मा आउँदैन आफुले सेउँ ओडेर गयको फेरीपनि पानीको बाईस्टोले चुत्रुक्कै भिजाएकोछ।फेर्ने आर्को जोडी कपडा पनि छैन।पानी पनि लगातार आएको आएई छ बिस्सिनेको नामै छैन।
मति को लोग्नेको केहि दिन देखि अत्तो बत्तो छैन,उनि जुवा खेल्नका माहिर मान्नेका जुवाडे पनि हुँन।उनि जुवा खेल्न थालेपछि हप्ता दिन सम्म गाउँमै भयपनि पत्ता लाग्दैन थ्यो।अब उन्लाई खोज्नपनि त कता जाने?हिँ ती जान्छु भनेपो जान पनि सकिन्छ।अनिकालको बारेमा थाहानै नभयको ता होईन।घरमा एकदाना अन्न छैन भन्ने ता थाहानै थियो।
झमक्कै साँझ पर्छ मती ले आगो बाल्छिन बाहिर पानी परी रहेको ले आगो बाल्नपनि अलि बेर लाग्यो।आगो बालेपछि केटा केटीले अगेनालाई घेरेर बसेकाछन।जस्तो कि अब आमाले केही खानेकुरा दिन्छिन।बच्चाहरुको निन्नौरो सुरतले मतीलाई भावुक बनाउँछ।उनि नबोली-नबोली तालमा जान्छिन त्यँहा तोरी पेलेको खलि एउटा डालामा भेट्टछिन र त्यो लिएर आउँछिन।
अनि आगाको ओर पर लगाउँछिन त्यो खलिलाई पोलेर केटा केटीलाई दिन्छिन।उनिहरुले त्यो खलि जो प्राय गाइ भैँसी लाई दाना बनाएर दिने गरिन्थ्यो त्यो खली लाई पोलेर दिएपछि ति ससाना बच्चाहरुले कति मिठो मुखले खाएको देख्दा मती का आँखाबाट आँसु का ठुला ठुला ढिक्का खस्छन।
यति स्याना बच्चाहरुलाई कसरी पाल्न सक्किन्छ ?यो हालातले।उन्ले मनैमन मा सोँच्छिन,बच्चाहरुले खलि खाएपछि निन्द्राले यस्तै गुन्द्रिमा पल्टिन्छन र निदाउँछन।
मती लाई भने केको निन्द्रा लाग्थ्यो।
आफुलाई त भोक लागेको पनि पत्ता लागेन छोरा छोरीको लागि कति धेरै चिन्तित थिइन।
रात त जन तन बित्यो अब बिहान कस्को घरमा जाने कसैले एकमाना पैँचोपनि दिँदैन यदी दिएपनि त कसरी फिर्ता गर्ने?आखिर कसैले ता तब दिन्थ्यो जब कि पल्लामा केही हुँन्थ्यो।
खलि ता डालामा अँझै धेरै दिन खाने थियो,त्यो खलिपोलेको पनि कति मिठो भयो भन्नै गारोछ।भोजन भन्दापनि मान्छेको भोक मिठो हुँनेरैच्छ भन्नेकुरा यसै बाटपनि अनुभती हुँन्छ।
त्यो बेला अनिकाल धेरै सम्म पय्रो गाउँमा कसैका घरमापनि अन्नको दानो नभयको ईतिहाश पनि भोगियो।
तर जस्ले वास्ता गर्दैन उस्कालाई के छोरा के छोरी जुवा तासमा ब्यबस्थ हुँन्छन।
दुई तिन दिन जती उनिहरुले त्यो डालामाको खलि सिद्धाई दिन्छन। मतिको लोग्ने केहि दिन पछि फर्केर आउँछन।
एकातिर गरीबी भोक मरी आर्को तिर लोग्नेको यस्तो हालतले मति अत्यान्तै दुखि भैसेकेकी हो।मतिको लोग्ने आई पुगेको केहि बेरपछि एकजाना अर्ध बैँसे ब्याक्ति आएर भैँसी फुकाई देओ भन्दै आउँछ।
मतिको लैग्नेले आज केही दिनको भुँमिगत भयर यति ठुलो काम गरेको थियो।भर्खर ब्याएको भैँसी लाई जुवामा फालेर आएका रैछन।
कम्तिमा ति बच्चाहरुले त्यहि भैँसिको दुधलेपनि कयौँपल्ट गुजारा गर्न सकिन्थ्यो।मतिले खबरदार!भैँसीलाई हात लगायौ भनी!भन्दै तिनिहरुलाई खेद्न थाल्छिन तर उस्ले भैँसि लिएरै जानथालेक छन।अब त्यो भैँसीले खाने खली पोलेर बच्चालाई दिन्छन अनि कहि दिन बित्छ।भोक लागेपछि जे मिठो हुँन्छ भन्दै मनैमन कुराको बिट मार्छ।

चर्चामा

सम्बन्धित समाचार