शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • मुक्तिको बाटो(कथा)

मुक्तिको बाटो(कथा)

  • आइतवार, साउन ४, २०७७
मुक्तिको बाटो(कथा)

सुरेशकुमार पान्डे। तँलाई कति पल्ट भन्नुपर्छ मुर्दार अलि पछि गएर बस माथि पुजाको समानछ त्यो छोईयो भने पाप लाग्छ! साहुँनिले कालुलाई मारे झपार्छिन।बिचारो कालु नबोली अलि आगनको ढिक तिर गएर उभिन्छ।साहुँनी लगाएतका कतिपय महिँलाहरुले त्यो आगनको माथि केराका थाम गाडेको तिर टपरिहरुमा केहि राख्छन।

कालुले त्यहि हेरेर थकाई मेट्दै थियो।उस्ले भर्खर खेत बाट एक भारी पराल लिएर आएको अँझै पसिनापनि ओबाएको छैन। सानै देखि साहुको घरमा कमैयाँ बसेको हो,भनौ बस्न बाध्य भयो।उस्को बाउ थापाले पनि यँहि हलिको जिवन बिताए आँमाले घाँस काटेर बिताईन।कालु जन्मिएको बर्ष दुई पछि आमाँ बितेको उस्लाई थाहानै छैन बाउ पनि केहि बर्ष पहिले बिते,यसरी आफुले चाल पाउँदा देखिनै यँहि घरको कमारो जस्तै भयर बसेको आफुलाई पायो।आँमा र बाबा मरेपछि कालुको रेख देख यहि घरकी साहुँनी ले गरेको भयर होला कालुले आमाँ र साहु लाई बाबा भन्दै अनि दाई भाउजु दिदी भनेर घरका सबैलाई साईनो लगाएर बोल्थ्यो। तर उनिहरुले भने उस्लाई सदै कमारो,गासे, भतुवा,आदी भनेर हप्काउँथे।उस्ले सक्या सम्म काम गर्नेगर्थ्यो।

यति काम गर्दापनि घरी साहुँनीले कालुलाई पालेकोमा ऐसान देखाउँथीँन।आफुले कालुमाथी दया गरेको उपकार गरेको भन्दै सुनाउँथिन।आफुले ठुलो पुन्य कमाएको भन्दै आफुलाई आफैले ठुलो धर्मात्मा ठान्थिन। कालु बिहानै भालेको डाँकामा उठेर पँधेरा बाट पानी ओसारेर डिँया बाच्छालाई ख्वाउँने अनि पुजाको लागि ठुला ठुला गाग्रि र खडकरामा पानी भरेर खेत गयको थियो। भोकले पेट पिरो भयको कालुलाई खाना दिन्छन की भनेर एकैछिन पेटीमा बसेकोथियो।ए अल्छि आज गाई फुकाउँने होईन?भन्दै बुहारी आई।

मलाई भोक लाग्याछ भाउँजु!भन्दै कालुले खानेकुरा माग्छ।अहिले खालास हामिलेपनि केहि खाछैनम अँझै भोको!भन्दै भित्र पसेर बेलुकाको एउटा रोटी ल्याएर हातमा दिन्छे,जा अब गाई फुकाएर अनि आउँने बेला एक भारी दाउरापनि ल्यायस रित्तै नआउनु भन्छे।कालुले त्यो रोटीलाई भोक सित चपाउँदै गाई फुकाउँछ।कमरमा नाम्लो बान्छ अनि खुर्पा भिरेर हिँड्छ। बिहान देखि राति हम्म काम गर्दापनि पेटभरी खान दिँदैनन।त्यसैमा पनि सदै हामि नभा तेरो केहाल हुँथ्यो।तँता मनुश होश जन्मिदै आँमा खाईश अनि अलि पछि आफ्नो बा लाई पनि खाईस भनेर सराप्थे।

आज साँजमा यँहा ठुलो पुजा को कार्याक्रमछ,त्यसैको त्यैयारी गर्दैछन,पाहुँनाहरु आउँने क्रम जारीछ।बिस्तारै घामले नेटो काट्न थाल्यो कालुलेपनि एक भारी दाउरा ल्याएर भर्खर भारी बिसाएको थियो।एकछिन आएर त्यही पेटीमा बसेको हुँन्छ।अँझै गाई आएका छैन त्यो कालु काम चोर काँ गयो?आज भन्दै साहुनी भित्रबाट निश्किन्छिन।काले जुर्कै उठ्दै आमा म भर्खर दाउरा लिएर आएको गाई पछि आउँदैछन।कालुले भन्छ उ बिहानै देखिको भोकै प्यासै भयपनि लगातार काम गरिराखेको हुँन्छ।गाई कस्ले ल्याउँने हो?साहुँनी कराउँदै भन्छिन।म ल्याउँछु आमा!भन्दै कालु गाई खेर्न निस्किन्छ।

उस्ले आमा बा दाई दीदी जे सुकै साईनो लगाएपनि परिवारको नजरमा उ त्यो घरको कमारो एक प्रकारको बँधुवा मज्दुर नै थियो जस्लाई बिना तलब मनपरी कजाउँन पाएका थिए।साहुँको भनाई थियो कालुकी आमाको उपचार गर्दा थापाले एक हजार रुपियाँ ब्याजे लिएका थिए जो बढेर अहिले पाँच हजार भै सकेको थियो। कालु लाई यँहा बाट निस्किन असम्भव थियो किनकी यँहा बाट जाँदा दिन त्यो पाँच हजार तिर्नु पर्ने हुँन्छ।आखिर कँहा बाट ल्याउँछ कालुले त्यो रकम?बिस्तारै दिन बित्दै गयो।कालुले घरको सबै काम घाँस दाउरा जोत्ने परिआएका तमाम काम गर्थ्यो। कालुले अब यो धर्मात्माको घर छाड्ने योजना बनाउँन थाल्यो।

कालुको लागि सबै भन्दा ठुलो मुक्तिको मार्ग भनेको पहिलो यो घर छाड्ने नै हो,जँहा उ बँदुवा मज्दुर थियो। आमा अब म यँहा काम गर्दैन है!कालुले बुढी साहुँनीको खुट्टा दबाउँदै भन्छ।काँ जान्छस तँ काम नगरेर?प्वँख लागेकी क्याहो तेरा?बुढी ले रिसाएर भन्छिन।तेरो बाले लिएको रकम पाँच गुना भयो बढेर थाहा छ तँलाई?मुर्दार।बुढीले डर देखाउँछिन।उनि रातो परो भएर आफ्ना खुट्टा बाट उस्का हात हटाउँछिन।आमा मँ यँहा बसि रँहेपछि बाबाको रिन कस्ले तिर्छ त?कालुको यो कुराको उत्तर बुढिले भेटाउँदिनन्।मलाई थाहाछैन कोले तिर्छ तैँले न तिरेर कोले तिर्छ?बुढी फेरी रिसले कराउँछिन।बाताबर्ण सुन्य हुँन्छ उस्ले फेरी लाटो कोसेरो जस्तै बुढिका खुट्टा दबाई थाल्छ।

एकछिन कतैबाटपनि बोली फुट्टदैन।एक छिन पछि आँमा मेरो आमा कसरी मरेकी कालु ले मलिनो अनुहार देखाउँदै प्रश्न गर्छ।मलाई केथा तेरो बा हुँनी गयर सोध! बुढीले फेरी आफ्ना खुट्टा तान्छिन।आमाँ हाम्रो बारी कत्ति थिएनर?कालुले आर्को प्रश्न राख्छ।बुढी अलि कता कति सोँचे झैँ गर्दै खै मलाई केथा!भन्छिन।तँलाई कस्ले सिकाएकोछ यस्ता कुरा भनेर उल्टै हप्काउँछिन। आँमा हजूरले पुजा किन लगाउँदै हुँन्छ?कालुले फेरी सोध्छ।धर्म गर्न!बुढीले फटाक सँग भन्छिन।

पहिले पाप गर्नु भयको थियोर आँमा?कालुको यो कुराले बुढी लाई गहिरो सोँचमा पारेको थियो।उनी अनउत्तर भयिन। कालु जुरुक्कै उठेर भाईर तिर जान्छ।आखिर यँहा बाट निस्किन त्यती सजिलो छैन!कालुले मन मनै सोँचेको हुँन्छ।अब भागेर लाहुर जाने निर्णयमा पुग्छ तर त्यसका लागी पनि त किराया चाहिन्छ।

कालुले बिस्तारै आफ्नो बाबा र आमाको जिवनी पत्ता लगाउँन थाल्छ अनि साहुलाई त्यो कुराले पिरलि रहन्छ। एक दिन बिहानै घाँस काट्न गएको कालु फेरी फर्केर तँहा गईन। १९-०७-२०२०,(कथा काल्पनिक हो यसको पात्रका नाम वा कसैको जिवन सँग मिल्न गयमा मात्र सँयोग हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार