बिहिबार, जेष्ठ १०, २०८१

वारीश कथा

  • शनिबार, साउन ३, २०७७
वारीश कथा

सुरेशकुमार पान्डे। आश्चार्य लाग्छ,दुखःलाग्छ,लाजपनि लाग्छ तर के गरौँ?मान्छेहरु मानवता बाट यति तल खस्न पनि सक्दा रैछन!भन्दै मणिले गुनासो गर्छ।हुँनता प्रवाशीहरुको लागि स्वयम समाजले सहयोग नगर्दा सम्म एउटा कात्रोपनि कसैले दिँदैन।तर एकजना मरेपछि उस्लाई मिल्ने एकलाख रुपियाको लागि यसरी आफन्ति बनेर लाम लाग्छन!नारायणले मणिकै बिषयमा जोडदार समर्थन गर्छन।यो धेरै बर्षपहिले भारतमा घटेको एउटा घटना को समर्ण नै हो।जो भारतस्थित नेपाली युवा मारिएका थिए। हामिले छिट्टै उन्का आफन्तीहरुलाई खोज्नै पर्छ!आज दिउस तसिलमा त्यो ला-वारीश युवाको कथित आफ्नति पर्ने ले आफ्नो नाम दर्ता गराएको देखेर फर्केका मणि लगाएतले आफ्नो रिपोर्टीङमा भन्छन।रातिको मिटिङ्म चल्दैछ।अंस्ति सम्म कुनै वारीश थिएन हिँजो सरकारले उक्त घटनामा परेका हरुलाई मुवाब्जा दिने भनेर घोषणा गरेपछि आज कता बाट उक्त मरेको युवाको कथित फुपु र फुपाजु ले आँमा भनेर एउटी महिँला लाई प्रस्तुत गराउँन सफल भए।अध्यक्ष मोहदयले बिस्तार पूर्वक बताउँछन।उनिहरुले तसिलमा मुवाब्जको लागि नाम दर्ता गराई सकेका थिए।यता अहिलेपनि उस्को आफन्ती को हुँन भन्नेबारे अँझै ठोश प्रमाण थिएन।अँस्तिको दिन त्यो युवाको कुनै आफन्ती फेला नपरेपछि समाजका जिम्मेवार साथिहरुले उक्त लावारीश भनेर घोषित गर्न खोजेको लाशलाई नेपालीको भयपछि समाजले आफु वारीश बनेर पोष्टमार्टम गराएपछि दाँसँस्कार गरेका थिए। आज त्यो युवाको आफन्तीको खोजबिन का लागि कस्लाई नेपाल पठाउँने भन्ने बारे छलफल गर्नका लागि बैठक राखिएको थियो।यो बैठकमा आफ्नो रिपोर्टीङ्ग प्रस्तुत गर्ने क्रममा मणिले गहिरो दुखः ब्याक्त गर्दै छिट्टै तसिलमा आफ्ना प्रतिनिधी पठाएर त्यो ब्याक्ति फर्जी भयको र अस्ली वारीसलाई समाजले खोजेर ल्याउँने बिष्वासदिलाउँने र आफुहरु मध्य एकजना नेपाल गयर उक्त युवाको साख्खै आफन्ति लाई खोजेर ल्याउँनु पर्छ भन्दै मणिले आफ्नो बिचार भने। उक्त बिषयमा ब्यापक रुपमा धेरै बेर सम्म सबैले गहन छल फल गरे पछि एघार दिन भित्रमा त्यो युवाको बाउ आमा कसैलाईपनि ल्याउँने निर्णय सर्वसम्मती बाट पारीत भयो। जस्को जिम्म मणिलाई दिईयो।संगठनको एउटा मक्सद के थियो भने उक्त युवक त मरेर गयो तर उसका आफन्तिको हक कुनै गलत मान्छेले लग्न नपाओश भन्नेनैहो। मिटिङ शान्तिपुर्वक सम्पन्न भयो।भोली पल्ट मणिलाई स्वोदेश पठाउँने ठेकान भयो।यता तसिलमा गएर उक्त ब्याक्तिको नाम लाई रातो कलमले गोलधारमा गराएर नारायण हरु फर्किएका थिए।आखिर त्यो मान्छे जस्ले वारीश बनेर मुवाब्जा हडप्न खोजेको थियो त्यसको छानबिन गर्न अध्यक्ष मोहदय लाई जिम्मा लगाईयो।तर उक्त ब्याक्तिलाई समाजको धारणा लाई बुझेपछि उनिहरु लाई डर लागेर होला कतै कसैको सम्प्रकमा आएनन्। केहिदीन भित्रैमा मणिले अस्लि बाबा लाई स्वोदेशबाट ल्याईयो।र उक्त नक्लीहरु फरार भए। हुँनता परदेशमा यस्ता घटनाहरु तमाम भेट्टिन्छन तर समाजको डरले उनिहरु लुसुक्कै कतै लाग्छन।आज फेरी मणिहरुको लागी आर्को जिम्मा काँधमा आएकोछ।सबै मिलेर त्यो मुवाब्जा राशि उक्त युवाको बुबालाई दिलाउँने। आखिर एकता समाज नभयको भए परदेशीहरुको अबस्था कस्तो हुँदोहोला?मणिले आफ्नो मन सँग यहि प्रश्न गर्छ!कोई मर्थ्यो अरु कसैले फाईदा उठाउँथ्यो भन्दै आफै आफ्नो मनलाई संम्झाउँछ।आज बेलुका फेरी मिटिङछ,यँहाको सरकारले परदेशीहरुलाई मुआवजा न दिने भन्ने सुचना आएपछि त्यहि बारे फेरी छलफल हुँन्छ अनि भोली पल्ट डिसीको कार्यालयमा धर्ना दिएर बस्छन।मणिहरुको एक मैना म्मको ठोलो संघर्षको परिणाम त्यो घोषित रकम साख्खै बाउलाई दिलाउँन सफल हुँन्छन।१७-०७-२०२०,(कथा मा नाम परिवर्तीत छन सत्य घटनामा आधारीत कथाको एउटा लामु भाग बिगत केहि बर्ष पहिले एउटा पत्रिका मा प्रकासित भै सकेको थियो। तर यो कथा उसैको अंश भयपनि अप्रकाशित हो)

चर्चामा

सम्बन्धित समाचार