शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • मार्तडी बजारको जग्गा प्रतिवर्ग मिटर ६ हजार, बिच्छँयामा ७३ रुपैया मुल्यांकन

मार्तडी बजारको जग्गा प्रतिवर्ग मिटर ६ हजार, बिच्छँयामा ७३ रुपैया मुल्यांकन

  • बुधबार, असार ३१, २०७७
मार्तडी बजारको जग्गा प्रतिवर्ग मिटर ६ हजार, बिच्छँयामा ७३ रुपैया मुल्यांकन

बाजुराको सदरमुकाम मार्तडी बजार क्षेत्र जग्गाको मुल्याकंन सबै भन्दा बढि रहेको छ । बजार क्षेत्रमा प्रतिवर्गमिटर ६ हजार मुल्य निर्धारण गरिएको छ । मार्तडीको यो मुल्य जिल्लामा सबै भन्दा बढि मुल्याकंन रकम रहेको जिल्ला मालपोत कार्यलय बाजुराका प्रमुख लक्ष्मण देब पाण्डेले वताएका छन् ।
जग्गाको न्युनतम मुल्य निर्धारण समितिले आर्थिक बर्ष ०७७।०८८ का लागि बाजुरामा जग्गाको सरकारी मुल्याकंन गरेको छ । जसमा सबै भन्दा बढि सदरमुकाम मार्तडीको बिच बजारमा ६ हजार प्रतिवर्गमिटर रहेको छ भने, साविकको बिच्छया गाबिस तथा हिमाली गाँउपालिका १, २ र ३ मा सबै भन्दा कम प्रतिवर्गमिटर ७३ रुपैया निर्धारण गरेको छ ।
स्थानिय तह सँगको सहकार्यमा ४ वटा नगरपालिका र ५ वटा गाँउपालिकाहरुको जग्गाहरुको वर्तमान चलन चल्तीलाई आधारमानि सडक, बिधुक्त, खानेपानी, टेलिफोन, आदिको भौतिक सुबिधा समेतका आधारमा साउन १ गते लागु हुने गरि मुल्यांकन कायम गरिएको मालपोत कार्यलय बाजुराले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको अध्यक्षतामा सरोकारवालाको सहभागितामा निर्णय भएको हो ।
मार्तडीको मुख्य बजार सँग जोडिएका त्रिवेणी लघु जलबिधुतको नहर, जिल्ला प्रशासन कार्यलय, कैलाश इटा उद्योग, बिपि स्मृति भवन, मालिका मन्दिर, क्यापस, बिधुतको नहर माथि भने प्रतिवर्गमिटर ५ हजार कायम गरिएको छ । त्यस्तै कोल्टि बजारको मुल सडक जोडिएको सडक बिन्दुको १ सय मिटर दाया बाया प्रतिवर्गमिटर २२ सय कायम गरिएको छ । साँफे मार्तडी सडक खण्डको डाब बजार देखी बल्दे सडकको दायाँ बाया क्षेत्रको ५ सय मिटरको दुरीमा प्रति वर्ग मिटर १७ सय २५ कायम गरेको छ ।
साविकको बिच्छँयामा चाहार जग्गाको मात्र मुल्यांकन गरिएको छ । सडक सञ्जालले नछुएको बिच्छँयामा प्रतिवर्गमिटर ७३ मात्र मुल्यांकन भएको छ । सरकारी जग्गाको मुल्यांकनका आधारले बैक बित्तिय संस्थाले धितो राखेर ऋण पाँउने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार