शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • इन्सपेक्टरलाई कार्यकक्षमै एक लाख ५० हजार घुस दिन खोजेपछि. . .

इन्सपेक्टरलाई कार्यकक्षमै एक लाख ५० हजार घुस दिन खोजेपछि. . .

  • सोमवार, असार २९, २०७७
इन्सपेक्टरलाई कार्यकक्षमै एक लाख ५० हजार घुस दिन खोजेपछि. . .

प्रहरी निरीक्षक इन्सपेक्टरलाई कार्यकक्षमै पुगेर एक लाख ५० हजार घुस दिन खोजेको आरोपमा दुई जना पक्राउ परेका छन्। दाङको घोराही उपमहानगर वडा नम्बर १८ सुपैला कुटीका २७ वर्षीय गोविन्द शाह र प्यूठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ भिङ्ग्रीका घर भइ हाल दाङको लमही नगरपालिका वडा नम्बर ५ लमही बस्दै आएका ३० वर्षीय समीर भण्डारी पक्राउ परेका हुन्।

उनीहरु दुबै जनाले शनिबार अपरान्ह ५ बजेतिर वडा प्रहरी कार्यालय घोराहीमा पुगेर कार्यालय प्रमुख, प्रहरी निरीक्षक दिनेश रिमाललाई कार्यकक्षमै एक लाख ५० हजार घुस दिन खोजेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

प्रतिवन्धित आगुऔषध ब्राउन सुगर मु्द्दामा पक्राउ परेका सागर केसी भनिने दुर्गाराम खत्री समेतको मुद्दा मिलाई दिन भन्दै प्रहरी निरीक्षक रिमाललाई डेढ लाख दिन खोजेपछि तत्काल उनीहरुलाई पक्राउ गरिएको उनले बताए।

‘कुराकानीकै क्रममा जवरजस्ती डेढ लाख घुस रकम दिन लागेपछि उनीहरुलाई पक्राउ गरिएको हो,’ डिएसपी खड्काले भने। पक्राउ परेका दुबै जनालाई आइतबार नै आवश्यक कानुनी कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल रुपेन्देहीमा पठाइएको खड्काले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार