बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • साँफे-मार्तडी सडककाे अम्काेट खण्ड पुर्ण रुपमा अबरुद्ध

साँफे-मार्तडी सडककाे अम्काेट खण्ड पुर्ण रुपमा अबरुद्ध

  • आइतवार, असार २८, २०७७
साँफे-मार्तडी सडककाे अम्काेट खण्ड पुर्ण रुपमा अबरुद्ध

लगातारको बर्षाले साँफे मार्तडी सडक खण्ड पुर्ण रुपमा अबरोध भएको छ । ठाउ ठाउमा पहिरो आएपछि गत आइतबार देखी बाट सडक अबरोध भएको छ । सडक अबरोध हुँदा पैदल यात्रा गर्न पनि निकै समस्या भएको छ ।
साँफे मार्तडी सडक खण्ड अन्तर्गत बाजुराको बुढिगंगा नगरपालिका १ अम्कोटमा ठुलो पहिरो खस्दा सडक खोल्न सक्ने सम्भाबना कम रहेको छ । सडकको तल र माथि तिर बाट पहिरो गइसकेको छ, त्यहि ठाँउ बाट सडक खोल्न समस्या भएको प्रमुख जिल्ला अधिरकारी कृष्ण गैरेले वताएका छन् । बैकल्पिक बाटो खोल्नका लागि पहल भइरहेको छ, तर चाडो खोल्न सक्ने सम्भाबना कम रहेको गैरेले वताए ।
अम्कोटमा त पुर्ण रुपमा गइसकेको छ, अन्य ठाँउमा पनि सडकको ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध बनेसंगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ । पहिराले बडिमालिका नगरपालिकाको पानिनाउला, बल्दे, अम्कोट, तिपाडा, लगायतका ठाउँमा सडकको माथि र तलबाट पहिरो सडक भासिएपछि यातायात सडक अवरुद्ध बनेको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले वताएका छन् ।
साँफे मार्तडी सडक खण्डको ठाँउ ठाँउमा पहिरो गएको छ, आवतजावतमा समेत निकै समस्या भएको शुशिल थापाले बताएका छन् । दुई बर्ष देखी साँफे मार्तडी सड्क अबरुद्ध हुदै आएको थियो । सड्क जोखिम रहेको सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता नगरेको नागरिक समाजका अगुवा शेर बहादुर शाहिले वताएका छन् । गएको बर्ष मात्र ३ महिना सडक अबरुद्ध भएको थियो । बाजुराका खण्डको बल्धे र पानि नाँउलामा सबै भन्दा जोखिम भएको छ । बल्धेमा त नयाँ ठाँउ बाट सडक लिनु भन्दा अर्को बिकल्प नभएको साँफेबगर डिभिजन कार्यलय बाजुराले जनाएको छ ।
बिगत बर्ष बर्षातको समयमा त्यहि ठाँउमा पटक पटक सडक अबरोध हुदै आएको थियो । हिउँदमा त सडक भासिएको छ, बर्षात यो सडक बन्द नै हुने अबस्थामा पुगेको छ । सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या हुने भएको छ । गत बर्षातमा सडक अबरोध यी क्षेत्रमा दैनिक उपभोग्य सामान औषधिको चरम अभाब भएको थियो ।
सडक अबरोध हुँदा जिल्ला बाहिर उपचारका लागि लिनुपर्ने बिरामी पनि लिन समस्या भएको छ । साथै सदरमुकाम मार्तडीमा उत्तरी क्षेत्रका चारवटा स्थानिय तहमा खाद्यन्न ढुवानीमा समस्या भएको छ । दैनिक उपभोग्य सामानको मुल्य आकासिएको छ ।

चर्चामा

सम्बन्धित समाचार