शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • चाहिदैन नीति नियम साँच्चै हो,

चाहिदैन नीति नियम साँच्चै हो,

  • बिहिबार, असार २५, २०७७
चाहिदैन नीति नियम साँच्चै हो,

सबै मख्ख पर्छन जी हजूर भए,
राजनिति मा पनि कोहिनूर भए।

चाहिदैन नीति नियम साँच्चै हो,
खोल्टीमा सदै दाम भरपुर भए।

उ जता पनि ठिक्क हुँन्छ हजूर,
फालतु उनै पक्का बेकसूर भए।

चोर चोर चचेराभाई हुँन्छन पनि,
कस्को लाग्छ सम्बन्ध मधुर भए।

जब रातो जण्डा धनी ले बोक्यो,
उनकै दृष्टीमा गद्धार मज्दूर भए।

क्रान्ती कोईराको काग बन्न पुग्यो,
जब आधार भुत बर्ग मगरुर भए।

जताकतै अवसरबाद हैबी भएसी,
मज्दुरहरुकै सपना चक्नाचुर भए।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार