शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • भलाद्मी!(लघुकथा)

भलाद्मी!(लघुकथा)

  • आइतवार, असार २१, २०७७
भलाद्मी!(लघुकथा)

सुरेशकुमार पान्डे। कथा! सामन्तहरुले कसैका खोर भित्रका बोक छाडेनन,गरीब ज्यामिको रगत र पसिनामा पौडिखेले,उन्कै पौरखमा मताएकाछन। यो देश लाई सामन्तिहरुले नाङ्गेझार पारे,तपाई हाम्रो टाउकामा रिणको पगडी गुथाए।बचपोखराको चौरमा सेते ले आफ्नो मनतब्यको क्रममा भन्छ।आज यँहा आम सभाको कार्याक्रम थियो।जस्लाई बिथुल्न त्यो बेलाका पंञ्चहरुले ठुलो सडयन्त्र रचेका थिए।केहि दिन पहिले देखि प्रचार परसार गरेर यँहा आमा सभा राखिएको थियो।

आम सभामा आएका जनमानसलाई उता स्कूलको कोठा भाईर चौरमा बसालेर स्कूलकै मुद्दा मा छलफल गर्दा कसैले बिरोध गर्दैन अनि सेतेहरुको आम शभापनि फलाप हुँन्छ भनठानेर पञ्चेहरुले कार्यक्रम सञ्चालनको तैयारी गर्दै थिए।यता सेते लाई आजको कार्याक्रम फ्लाप भयो भने उनिहरुको हिम्मत बढ्छ भन्ने चिन्ता थियो।सेते ले हाम्रो कार्याक्रम लाई बिथुल्दिनु भैन हजूरहरुले पछि कार्याक्रम सञ्चालन गर्नु होला भन्दै रिक्वाईष्ट पनि गर्छ।उनिहरु अडियल हुँन्छन अनि मान्दैनन।तिमी यँहा सार्वजनीक मुद्दामा छलफल भयको बेल ठुलो भलाद्मी नबन सक्छौ भने आफ्नो आम सभा गरेर देखाउ कस्ले रोक्याछ?उनि मध्यकै एकजनाले भन्दै निहुँ खोज्छ।

उस्को योजना सेतेहरुलाई सार्वजनीक काम मा दखल दिने काम गर्न नदिने देखाएर जनता बाट नग्याउँने थियो।यो कुरा सेते ले बुझेपछि उपस्थित कतिपय जिम्मेवार साथिहरु सँग छलफल गर्दा उनिहरुले आज कार्याक्रम गर्न नमिल्ने कुरा गर्छन।तर यो कार्याक्रम बिफल हुँनुनै पञ्चेहरुको जीत हो भन्ने बुझेको सेते ले अब केहि गर्नै पर्छ। उस्ले आफ्नो कमरमा मादल बाँदेर ताव-ताओँ पार्दै पञ्चाएत घरको अगाडी जँहा केहि दिन पहिले बहुदलिए ब्यबस्था घोषणा हुँदाबित्तिकै कम्मुनिष्टको झण्डा गाडेका थिए।जब सेते ले मादल नजानि नजानि भयपनि बजाउँदै नाच्न थाल्छ त्यँहा बसेका भलाद्मीहरु सबै उठेर त्यँही आईपुग्छन।

अब यँहा आम सभाको रुप रेखा तैयार पारेर शभा सञ्चालन गर्छन।त्यो कथित सार्वजनिक भनेर उठाईएको मुद्धा आफै फ्लाप हुँन्छ।यँहा आमशभाको क्रार्या क्रम भब्य रुपमा सफल हुँन्छ।अब थोरै बाँकि रहेका पञ्चहरुपनि त्यँहि आएर पछि उभिएर आपसमै खास खास खुस खुस गर्छन। यो त्यो बेलाको एउटा ठुलो जित थियो त्याँहाका सबै जसो गाउँहरु मा रातो झण्डा फरफराउँन त्यो बेला सफलपनि भयका थिए।हेर कति ठुलो भलाद्मी भयकोछ!घरमा खाने खर्च छैन,आमाले आर्काको काम गरेर पालेकि तर लाहुर गयर पैसा कमाउँनूको सट्टा यस्तो भलाद्मि बनेछ!तिनै मध्याका कानमा सुस्त सुस्तो बोल्नेहरुले भन्छन।

उनिहरुको त्यो कुरा ठ्याक्कै सेतेको कानमा पर्छ।के साँचै देश र जनताको भला गर्ने मान्छे गरिब मज्दुरको घरबाट जन्मिदैन,गरिखाने बर्ग र किसानको घरबाट जन्मिदैन र?साँचै भन्नेहो भने देश र जनताको भलो सोँच्नेलाईनै भलाद्मि भन्नु पर्नेहो।तर यँहाता ठगेर खाने,डाणेर खाने,अर्काको बुद्धी भुटेर खाने पो भलाद्मि बनेकाछन।के साँच्चै तिनीहरु भलाद्मी हुँनत।सेते ले आफ्नो सञ्चालन मनतब्यमा भन्छ तालिहरु तररर बज्छन।सुनेर उनि पञ्चेका कथित भलाद्मीहरु लुसु लुसु एकातिर हिँड्छन।

चर्चामा

सम्बन्धित समाचार