बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आपसमा खुट्टा ताना तान हुँनुमा दोशी कोछ

आपसमा खुट्टा ताना तान हुँनुमा दोशी कोछ

  • बिहिबार, असार १८, २०७७
आपसमा खुट्टा ताना तान हुँनुमा दोशी कोछ

आपसमा खुट्टा ताना तान हुँनुमा दोशी कोछ,
एक आर्कालाई बाना बान हुँनुमा दोशी कोछ।

देशलाई खाँचोछ एकताको आज भोली पनि,
साथि लाई दुष्ट ठाना ठान हुँनुमा दोशी कोछ।

कहिले संसद कहिले सडक ससाना कुरापनि,
अपच भए पछि हाना हान हुँनुमा दोशी कोछ।

सत्ताकै स्वाद लिँन एकता भयो तिमिहरु बिच,
अहिले नै दोशी छाना छान हुँनुमा दोशी कोछ।

छाड लडाई देशको हितमा अघि बढेर देखाए,
डालर मा प्राण धाना धान हुँनुमा दोशी कोछ।

देशको अबस्था नाजुक छ र एकता को खाचो,
देखेर यो लडाई जाना जानमा हुँनु दोशी कोछ।
सुरेशकुमार पान्डे।०२-०६-२०२०,

चर्चामा

सम्बन्धित समाचार