शुक्रबार, बैशाख १४, २०८१

लिश्नो

  • बुधबार, असार १७, २०७७
लिश्नो

लिश्नो!(कथा) सुरेशकुमार पाण्डे! नयाँ जनवादी क्रान्ति जिन्दावाद!जिन्दावाद!तमाम असमान सन्धि खारेज गर!खारेज गर!जातिय बिभेद बन्द गर!बन्द गर!यस्तै गगन भेदि नाराहरुले सहर गुँञ्जिदै थियो।सिमसिमे पानी परेको बेलापनि सहरमा कोण सभाको कार्याक्रम भब्य रुपमा सफल हुँदै थियो।सेते पनि भारत बाट स्वदेश गयको बेला उक्त कार्यक्रम मा सहभागि भयो।यो कोण शभा केही राजनीतिक दलहरुको शयुँक्तरुपमा भयकोले जनमानस पानीको झरिमापनि ब्यापक जुटेका थिए।त्यहि भिडमा पूर्व पञ्चे हरुको मुहारपनि कता कति देखिन्थ्यो।यो जुलुस जब नयाँ बजारतिर पुग्यो त्यँहाका केहि चामलका थोक ब्यापारीहरुले कार्य क्रममा ओईरो लागेको जनमानस देखेपछि यो मज्दुरहरुको पाल्टि भयपनि हामि ब्यापारी पनि यसैमा सामिल हुँनु पर्छ भन्दै आपसमा कुरागरेको सेतेको कानमा पय्रो।मौसम अत्यान्तै चिसो थियो निरन्तर पानी परिराखेको र त्यो पानीमा भिजेकोले होला अली बिसञ्च जस्तो सेते ले महेशुर्ष गर्दै थियो।त्यसैले सेते एउटा ब्यपारीको दोकानमा पानी बाट बच्न एकछिन उभिएको बेला यो कुरा उस्को कानमा पर्यो।हो नी हजूर हामि सबैलाई नौलो ब्यबस्थाको खाँचोछ भन्दै सेते ले आफु सँग झोलामा शुरक्षित रहेको एउटा अपिल निकालेर उनिहरु लाई दिन्छ।उनिहरु मध्य एउटाले नबोली त्यो अपिल लिएर राख्छ।उनिहरुको ब्यबहार देख्दा सेतेलाई के लाग्छ भने साहिद यो आन्दोलनलाई भर्याङ बनाएर आफु शिखरमा पुग्ने धेरैले जमर्को गरेकाछन।अहिले ति पछि पछि लागेका पञ्चेहरु बिस्तारै अँघि आउँनेछन अनि आफ्नो स्वार्थि भावनाको पुर्तिका लागि आन्दोलन भित्र भित्रै एउटा तेस्तो गुट बन्नेछ त्यसको मक्सद यो जमातलाई सिडि बनाउँने मात्र हुँनेछ।किन भने यो भित्र जुन दिन अवसरबादको बहुमत हुँन्छ त्यो दिन आन्दोलनको दिशामा तबदिल हुँनेछ।भन्दै मनमनै सेतेले यो कोण शभा बाट अड्कल काट्छ। होईन के सोँच्दै हुँनुहुन्छ?लालुले प्रश्न राग्छन उनि यो आन्दोलनका आयोजक मध्यका हुँन।केहि होईन हाम्रो आन्दोलन कता जाँदैछ?अब!सेते ले सोद्छ।अब पर चौराहमा गयर समापन गर्ने कुरा भयकोछ!उन्ले जवाफ दिन्छन।तर सेतेको यो प्रश्न भने पक्कैपनि होईन।उस्को ईसारा समग्रहमा आन्दोलनको अन्तिम गनतब्य कँहा हो?भन्नुनै थियो।तर त्यो कुराको उत्तर उन्ले अबस्यपनि दिने थिएनन। आखिर यस्को रिजल्ट पछि आउँनेनै छ।सेतेले मनमनै भन्छ। केहि दिन पछि देशभित्र चुँनाउँको घषणा हुँन्छ ति ब्यापारीहरु मध्यकै जो त्यो बेला लुसु लुसु पछि लागेका थिए आन्दोलनको पछि आज उनै अगुवा भयकारैछन। आखिर ढिलो चाँडो त्यो सेतेको कल्पना ले सहि गनतब्य पाएको थियो। जनता लाई वास्तबमै उनिहरुले भेडा र बाख्रा नै बुझेका छन।उनिहरुको मक्सद जनताको चाहानाँ रातो झणडालाई सिडि बनाएर सिखरमा पुग्ने अनि त्यो रातो झणडाको बिस्तारै जरो काट्ने नै हो।आफुले लिश्नो बनाएर राज गर्ने मनसायले उनिहरुले त्यो दिन भने झैँ “ब्याँग्या गर्दै” यो मज्दुरको जुलुस हो र आफुहरु यसै लाई उपयोग गरेर बैतर्णी तर्न सक्नेछन। यहि होडमा गुट उपगुट बन्दै बर्गिय आन्दोलनलाई जातिय जामा भिराएर भयपनि सत्ताको स्वाद लिँदैछन।आज कोई सिखरमाछन कसैले उन्का खुट्टा तान्मा ब्यब्थछन।उदेश्य एउटै हो त्यो सत्ता।१-०७-२०२०,

चर्चामा

सम्बन्धित समाचार