मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कस्लाई दोश दिने? कथा!

कस्लाई दोश दिने? कथा!

  • मङ्लबार, असार २, २०७७
कस्लाई दोश दिने? कथा!

 सुरेशकुमार पान्डे–  कस्लाई दोश दिने? चर्को घामले पसिना पसिना भएर शुभम घरभित्र पस्छ,आज अलि शुस्त देखेर-के भयो बिसन्च ता छैन केही,भाईर घाम यस्तोछ-भन्दै सिमाले शुभम तिर हेर्छिन।

खासै केही भाको हैन भन्दै भित्ताको अडेश लागेर भुँईमै थचक्क बस्छ,मानौ जस्तो प्रणानै छैन। आज गर्मि पनि धेरै थियो बतास कत्ति चलेको थिएन भाईर मानिशको दम घुट्ला जोस्तै थियो। सिमाले एक गिलास तताएको पानी चिसो गराएर ल्याई दिन्छिन।शुभम भर्खरै काम बाट आएको थियो,यँहा लकडाउँन छ पनि छैनपनि जस्तो देखिन्छ।

बाटोमा भिड उस्तैछ तर होटेल कम्पनिहरु सबैजसो बन्दछन मजदुरलाई भने कामछैन।उनिहरुको अनिकाल बरकरारछ। छिमेकी सरकारले पनि दुरदर्शीयता अप्नाउँन नसकेरै हो अहिले ता झन कोरोना रोग ब्यापक बडेकोछ हिँजोकै तथ्याङ्गनुसार-३३३००८थियो मृत्युपनि ९५२०थियो। छिमेको हालत पनि धेरै नराम्रोछ। होटेल ब्यबसाय बन्द हुँदा मज्दुरहरुको अबस्था दयानियछ। शुभम बिहान डिप्टिमा गयको बेला घर बाट फोन आएको थियो,छोरा रामेलाई कोरोना पोजेटिभ देखिएछ।

त्यो खबरले मन आत्तिएको उस्ले गिलासको पानी पिएर रित्तो गिलाश सिमा लाई दिदै भन्छ। त्यो रामेलाई पनि किन आत्तिएर आगामा हाम्फाल्न पर्थ्योर?सिमाले प्रश्न हावामा छोड्दै किचन तिर जान्छिन। मेरो मनता पहिले देखुन घबराई राखेको थियो!भन्दै शुभमले कुरा थप्छ। रामेले आर्को सहरमा एउटा होटेलमा काम गर्थ्यो,लाक डाउँन लाग्ने बेला उस्लाई बोलाउँदा हाम्रो काम चलेकोछ आमा म आउँदैन भन्यो।तर पछि एक्कासी जब सबै याता यात बन्द भयो उस्ले आफ्ना सँग साथि सँग मिलेर स्वदेश जाने पलान बनाएछ। अलि दिन बौडरमा धुलो खायो स्वदेश पुगेपछि उस्लाई साथिहरु सँगै कोरेनटाईनमा राखेको थियो।

हामि बसेको ठाउँमा आएको भयपनि हुँनेथ्यो त्यो बौला किन दुखःपाउँन गएको होला भन्दै सिमा निराश हुँन्छिन। शुभमले एउटा कम्पनिमा काम गर्थे उन्लाई बस्ने क्वटर मिलेको थियो। रामे तिनी केटाहरु सँग स्वादेश पुगेको पनि एकमैन बढि भयो।सरकारले गाउँकै एउटा स्कूलमा सत्तर अट्ठार जानालाई राखेको थियो।एउटा कोठामा भेडा र बाख्रा जस्तै खोरमा थुनेर राख्दा झन खतरा बढ्यो। सरकार पनि कत्ति जिम्मेवार बहन गर्दैन,भन्दै शुभम गन-गन गर्दैथ्यो।हो नी पहिलेई आफ्ना नागरीकहरुलाई देश भित्राएको भए हाम्रो देश शुरक्षित थियो।जब कोरोना सल्क्यो अनि तब भित्रायो-सिमाले थप्छिन।हेर त रामे हरुलाई २८दिन सम्म कोरेन्टाईनमा थुनेर राखे,पहिलो रीपोर्ट नेगेटिब थियो भन्थ्यो पछि जचाउँदा पोजेटिभ भयो।किन होला आखिर सरकारकै निरक्षाणमा समरक्षाण भित्र कोरोना रोग लाग्यो।

यस्मा कसलाई दोश दिने?शुभम ले सरकारतिर रिस पोख्छ। आफ्ना नागरीकहरुलाई सरकारले जानेर मार्न थाल्यो-सिमाले भन्छिन र उनि जुरुक्कै उठेर तरकारीवाला सिम तरकारी लिन जान्छिन।शुभमले नजिकै चार्जरमा लगाएको मोवैल खोल्छ र रामे ओनलाईन थियो मौका छोपेर शुभमले घन्टि हान्छ।एकछिन रामे सँग कुरा हुँन्छ रामेको उज्यालो मुहार देखेर शुभम पनि अलि घाउमा मलम लागेको झैँ सित्तल अनुभव गर्छ।त्यँहा सए जाना भन्दा माथि थिए।उस्लाई नडराउँन होशला दिन्छ अनि फोन काट्छ। फोन काटेपछि फेरी भाबुक हुँन्छ आखिर छोरा लाई बिमार देख्दा मनमा चिन्ता त हुँन्छनै। मोवैल मा फेश बुक हेर्दै जादा आज नेपालमा पनि १९जनाको ज्यान गयको र कोरोनाका रोगिहरु एकाउँन्न सए जति भै सकेको देख्छ।

यसरी रोगिहरु ह्वौत्तै बढेको देख्दा शुभम लाई सरकारको अदुरदर्शियतामा आक्रोश आउँछ।बुद्धि पुराएको भए यस्तो नौवत आउँनेनै थिएन।भन्दै आफ्ना बाटै गन-गन गर्छ। अहिले बिस्वमा७९८१४९८संक्रमित भैसकेको हिँजोको तथ्याङ्ग थियो।उस्तै मृत्युको संख्यापनि बडेर ४३५१५५नागि सकेको तथ्याङ्गछ।यो त्यहि मुहार पुष्तिकामा साथिहरुले राखेको अप्डेट हो।अहिले शुभमले त्यहि खँगाल्दै थियो।सिमाले कागती र हरियो खुर्सानी लिएर आउँछिन।

अहिले पनि शुभम गन-गन गरेको शुन्दा” अब भयो चिन्ता नलिनुश कसलाई दोश दिने?भन्दै सिमाले सम्झाउँने प्रयात्न गर्छिन।देश भित्र कोरोन्टाईनमा बसेका महिला माथी बलत्कार समेत हुँनु कत्तिको निन्दनीय र घृणित घटना हो।यदि यस्तै हुँन्छ भने त्यो कोरोन्टाईनाको के आबस्याकछ।भन्दै शुभम गन-गन गर्दै थियो।सिमा उठेर भान्शा पकाउँन तिर लाग्छिन।१६-०६-२०२०,

चर्चामा

सम्बन्धित समाचार