• होमपेज
  • कला /साहित्य
  • छुवा छुत मा कहिलै मेरो सात हुँदैन

छुवा छुत मा कहिलै मेरो सात हुँदैन

  • मङ्लबार, जेष्ठ २७, २०७७
छुवा छुत मा कहिलै मेरो सात हुँदैन

गजल!
उँच निच भन्नै पर्ने त कुनै जात हुँदैन,
छुवा छुत मा कहिलै मेरो सात हुँदैन।

हो बर्गिया मायाँ रहि रहनेछ आफ्नो,
एकता भन्दा दरिलो कुनै हात हुँदैन।

देख्छौँ भ्रष्ट चारले दिउसोमै अँध्यारो,
तर सदै भरी यस्तै कालो रात रहँदैन।

झुल्किन्छ घाम उदाउँछ शुर्य सदैभरी,
उज्यालो दिनको संसारमा मात हुँदैन।

उठ्छन जुट्छन जनताहरु एक दिन,
परि आएकै घटना नबुझ्ने बात हुँदैन।

उँदाउँछ नौलो बिहानी हट्छ अंधकार,
तब हाम्रो बिच मा दुखःको खात हुँदैन।

सबैको पालो आउँनेछ घुमेर दुनियामा,
अमर रहने सत्य बाहेक औकात हुँदैन।
सुरेशकुमार पान्डे।९-६-२०२०

चर्चामा

सम्बन्धित समाचार