बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • बाजुराको आइसोलेसनमा राखिएको बच्चाको मृत्यु, पिसिआर रिपोट आउन बाँकी

बाजुराको आइसोलेसनमा राखिएको बच्चाको मृत्यु, पिसिआर रिपोट आउन बाँकी

  • आइतवार, जेष्ठ १८, २०७७
बाजुराको आइसोलेसनमा राखिएको बच्चाको मृत्यु, पिसिआर रिपोट आउन  बाँकी

 बाजुरा —  बाजुराको सदरमुकाम मार्तडीको आइसोलेसनमा राखिएको बच्चाको उपचारको क्रममा मृत्यु भएको छ । बुढिगंगा १ घर भएका २ बर्षिय बच्चाको आईतवार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुरा प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् ।
मृतक बच्चिको स्वाब संकलन गरेर पिसिआर रिपोटका लागि धनगढी प्रयोगशाला पठाइएको छ । पिसिआर रिपोट भने आउन बाकि रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । मृतक बच्चाको लास रिपोट पछि मात्र के गर्ने भन्ने रहेको अस्पतालले जनाएको छ ।
बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिको आइसोलेसनमा अबस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा आइसोलेसनमा रहेको जेठ १५ गते साझँ राखिएको थियो ।  २ बर्षका उक्क्त बच्चामा पखाला, ज्वरो, श्वासप्रश्वास समस्या बाट ग्रसित रहेका थिए । बच्चाको उपचार त गरिरहेका छौ, अबस्था निकै चिन्ताजनक रहेको थियो उनलाई बचाउन नसकिएको उपचार संलग्न चिकित्सकले बडिमालिका खबरलाइ बताएका छन् ।


८ दिन अगाडी उनको परिवार भारत बाट आएका थिए । भारत बाट आएर बुढिगंगा नगरपालिकाको क्वारेनटाइनमा राखिएको थियो, बच्चा बिरामी भएपछि, बिहिवार साझ सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा ल्याइएको थियो ।
बच्चा सँगै आइसोलेसनमा उनका आमा र बुवा समेत राखिएको छ । बच्चा भारत बाट आउदै बाटोमा बिरामी भएको आफन्तले जनाएका छन् । धुरालशैन क्वारेनटाइनमा उपचार गरयौ सञ्चो नभएपछि रिफर गरिएको एक स्वास्थ्यकर्मीले बडिमालिका खबरलाई बताएका थिए । स्वाब संकलन गरेर तिनै जनाको पिसिआरका लागि धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार