शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • कोरोना संक्रमण देखिएका थप १ जनाको मृत्यु, मृतकको संख्या ५ पुग्यो : स्वास्थ्य मन्त्रालय

कोरोना संक्रमण देखिएका थप १ जनाको मृत्यु, मृतकको संख्या ५ पुग्यो : स्वास्थ्य मन्त्रालय

  • बिहिबार, जेष्ठ १५, २०७७
कोरोना संक्रमण देखिएका थप १ जनाको मृत्यु, मृतकको संख्या ५ पुग्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ। ललितपुर बुङमतीका ५६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

कलेजो सम्बन्धी समस्याको उपचारका लागि किष्ट मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार जेठ १२ गते स्वास्थ्यमा समस्या आएपछि किष्ट मेडिकल कलेजमा उपाचरका लागि भर्ना भएका थिए। उनको जेठ १४ गते निधन भएको हो। १२ गते लिएको स्वाबको नमुना परीक्षणमा कोरोना पोजिटिभ आएको थियो।

यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म १०४२ जनामा कोरोना संक्रमण देखिएको छ।

चर्चामा

सम्बन्धित समाचार