शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री ओलीले मनाए १२ औँ गणतन्त्र दिवस, प्रचण्डले मनाए १३ औँ

प्रधानमन्त्री ओलीले मनाए १२ औँ गणतन्त्र दिवस, प्रचण्डले मनाए १३ औँ

  • बिहिबार, जेष्ठ १५, २०७७
प्रधानमन्त्री ओलीले मनाए १२ औँ गणतन्त्र दिवस, प्रचण्डले मनाए १३ औँ

काठमाडौँ —  गणतन्त्र ल्याउनका लागि योगदान र बलिदान दिने नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नै गणतन्त्र दिवसमा अन्योलमा देखिएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १३ औँ गणतन्त्र दिवस मनाएका छन् भने नेकपा नेतृत्व सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले १२ औँ गणतन्त्र दिवस मनाएका छन् ।

दुवै जनाले आज विहान दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले १२ औँ गणतन्त्र दिवस भनेका छन् भने अध्यक्ष प्रचण्डले १३ औँ गणतन्त्र दिवस भनेका छन् । वास्तवमा १२ वर्ष पुरा गरी १३ वर्ष मा प्रवेश गरेको कारण यो १३ औँ गणतन्त्र दिवस नै हो । यसले एक पटक पुनः प्रधानमन्त्री ओलीको सचिवालयमाथि प्रश्न खडा भएको छ । किनभने सचिवालयले नै प्रधानमन्त्रीको सम्बोधन तयार गर्दछ।

यसअघि जनताको नाममा गरेको सम्बोधनमा पनि उनले विभिन्न तथ्यगत त्रुटि गरेका थिए । उनले दिने विभिन्न तथ्याङ्कहरू त्रुटिपूर्ण रहेको कुराहरु पनि बेलाबेलामा आउने गरेको छ । तर, राष्ट्रिय महत्त्वको कुनै कुरामा विवाद भयो भने आफूलाई केही थाह नभएको भन्दै पन्छिने गरेकोले पनि आलोचना हुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार