बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • देश
  • थपिएका ११४ कोरोना संक्रमित : कुन जिल्लाका कति?

थपिएका ११४ कोरोना संक्रमित : कुन जिल्लाका कति?

  • बिहिबार, जेष्ठ १५, २०७७
थपिएका ११४ कोरोना संक्रमित : कुन जिल्लाका कति?

काठमाडौं- बुधबार थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।

पछिल्लो पटक झापामा १७ जना कोरोना संक्रमित थपिएका छन्। यसैगरी मकवानपुरमा एक जना थपिएका छन्। बाग्लुङ ६ जना थपिएका छन् भने रुकुम पूर्वमा ३ जना संक्रमित थपिएका छन्।

दाङमा १५ जना कोरोना संक्रमित थपिएका हुन् भने १६ जना बाँकेमा थपिएका छन्। बुधबारै सिराहामा २ जना, बारामा ७ जना कोरोना संक्रमित थपिएका छन्। रौतहटका ३६ जना संक्रमित पछिल्लो पटक थपिएका हुन्।

उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण भएको थियो। धरानस्थित प्रयोगशालामा ११ जना, कोशी अञ्चल अस्पतालको प्रयोगशालामा १७ जना, हेटौडास्थित प्रयोगशालामा ८ जना, पोखरास्थित प्रयोगशालमा  ४ जनाको संक्रमण देखिएको थियो। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रयोशालामा १८ जना, भेरी अस्पतालको प्रयोगशालाबाट १६ जनामा कोरोना पुष्टि भएको हो भने राष्ट्रिय प्रयोगशाला टेकुमा भएको परीक्षणबाट ३८ जनामा संक्रमण देखिएको हो।

योसहित नेपालमा संक्रमित हुनेको ८८६ संख्या पुगेको समेत प्रवक्ता डा देवकोटाले जानकारी दिएका हुन्। नेपालमा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भइसकेको छ भने १ सय ८३ जना संक्रमण मुक्त भएर घर फर्किएका छन्। हाल नेपालका विभिन्न स्थानमा क्वारेन्टाइनमा गरी ७० हजार भन्दा बढी मानिस छन्।

नारायणी अस्पतालबाट २१ जना डिस्चार्ज भएका छन् भने कोशी अस्तपालका ४ जना डिस्चार्ज भएका छन्। बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन्। यो सहित नेपालमा निको हुनेको संख्या १ सय ८३ पुगेको हो। #स्वास्थ्य खबर

चर्चामा

सम्बन्धित समाचार