शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • अर्ध पागल (कथा)

अर्ध पागल (कथा)

  • मङ्लबार, जेष्ठ १३, २०७७
अर्ध पागल (कथा)

सुरेशकुमार पान्डे। माईली आमा केछ सञ्चै हुँनु हुँन्छ?ढोग्दिन्छु है म’भन्दै सेते ले आर्ने माईलीको हात छोप्छ।उन्लेपनि हात अगाडि सार्दै टाउँकोमा राख्छिन।सेते मुस्किलले १५-१६बर्षको थियो होला।अनि यिनिहरुले के खाँदैछन त?भाईर बसेर बटुकामा खाँदै गरेका स-साना भाई बैनि तिर ईसारा गर्दै भन्छ। शिस्नो र आटो खाँदैछन बाबु हजूरले खानु हुँन्छर भनेर ब्याँग्या कसिन।छर ?ल्याउँनुस मलाईपनि सेते ले मागि हाल्छ।उन्ले आना कानि गर्दै थिईन ल्याउँन,केभयो छैन होला नी ?सेते ले आर्को प्रश्न गर्छ।

उन्ले के साँच्चै खानु हुँन्छर बाबुले हामिले छोएको?भन्दै फेरी सोध्छिन।दिएपो खाने!सेते को कुरा सुनेर उनि आश्चार्य महेशुर्ष गर्दै भित्र पस्छिन अनि थोरै खटो र शिस्नो ठुलो बटुकामा ल्याई दिन्छिन।उस्ले अति मिठो भयो भन्दै खान्छ अनि त्यँहा बाट बिदा-बारी भयर जान्छ। करिब दश बजे बिहान तिरको कुरा हो,आर्ने माईली ले मनमनै यो केटाको हावा खुस्किएको रैच्छ।मलाई चिनेरपनि नचिने जस्तै गरेर मेरा घरमा शिस्नो आटो खायो।केहिन कहि त अबस्यछ भन्दै ओत्तिर पत्तिर का महिलाको बिच कुराहरु भय।उनको मनले कत्ति मानेनछ उनि सेतेका घर गएर खास कुरा के हो बुझ्ने मन जाग्यो। सेते ले म तल गाउँ तिर जाने कामछ भन्दै निस्किएको ले यति बेला मौकाछ घरमा सेते कि आमा मात्रै भयको बेला सोध्नु ठिक होला भन्ने मनमा कुरा खेलाईन। नमस्ते दिदी भन्दै माईली सेतेको आमा सँग केहि कुरा थियो एकछिन माथि आउँनुस त!भन्छिन आमाले तल मुलाबारीमा केहि काम गर्दै हुँनुहुन्थ्यो।

भन माईली कसरी आयौँ केकाम छ?आमले प्रश्न गर्नु भयो।हजूरको छोरा क्या माईला चाहिनी लाहूर बाट आउँनु भाको रैछ-माईलीले भन्छिन।हो अँस्ति त आएको हो सेतेको आमाले भन्दै के भयोर?अहिले काँ जानु भाकोछ त बाबु?उन्ले सोँच्छिन।कुन्नि कता गयो कतै गाउँ तिर गयको होला।आमाले भन्नु हुँन्छ।हो “मनले सोँच्छ मुडा बञ्चराले सोँच्च घुँडा” भनेको जस्तै हो केटा-केटिहरु त,भन्दै माईलिले होईन बाबुलाई अलि बिसञ्चो रैछ कि?किन हो ठिकैछ देख्दा त।आमाले कुरा नबुझेरै उत्तर दिनु भयछ। देखःदा त कति राम्रा ज्यु डाल बनेको अँसिला तर ब्यबहारमा आर्कै आर्कै लागँयो।म सिम गएर पहिले ता ढोग्दिन्छु माईली आमाँ भने मैले हात दिई र ढोग गरे अनि के पकाछौ भने मैले मकैको आटो र शिस्नुको साग पकाएकी छुँ खानु हुँन्छ भनेको के थिएँ नखाएर मान्दै मानेन् बाबुले त्यसैले बाबुलाई बिसन्चो छ कि भनेर पत्ता गर्न आएकि हुँ म ता !माईली ले भनिन्। सेते की आमाले हो त्यो उहिलैई देखि त्यस्तै हो,भनेर उन्लाई सम्झाउँनु भयो।

उनि त्यँहा बाट बिदा भयर आफ्नो घर तर्फ लाग्छिन ठ्याक्कै सेते घर आई पुघ्छ।हो त्यस्तै गरे छोरा दुनियाँले नगरेको काम तैँले गर भन्दै आमा कराउँनु हुँन्छ।के भयो आमा के नगर्ने काम गरे तँ मैले?आर्नेका घर गयर शिस्नो आटो खाँदा तलाई लाज लागेन?आमा रिसाएर कराउँनु हुँन्छ।ओ त्यहिपो आमा हजूरलाई कसरि थाहा भयो छोराले के-के गर्छ आमालाई सबै जानकारी हुँनेरैछ!भन्दै खिसिक्क हाँश्छ।माईली भर्खररै गईन तेरो हावा कैले देखुन खुस्केको रैछ भनेर उनि त्यहि पत्ता गर्न आएकि रैछिन।मैलेपनि उहिलैई देखि हो हावा खुस्केको भनिदिएँ।अब हेर कँहा सम्म तेरो प्रचार हुँन्छ।तँ ता भोलि पर्शि लाहुर गैहाल्छश दुनियाँको कुरा मलाई सुन्नु पर्छ बुझिस।

आमा मलिनो अनुहार गराएर सम्झाउँदै अब यस्तो गलति नगर्न अह्राउँनु हुँन्छ।आमा कसैले केभन्छ त्यो गोण बिषय हो हामिले के गर्नुपर्छ यो प्रमुख बिषय हो।उनिहरुपनि हामि जस्तै मान्छे ता हुँन मैले गरेको ब्यबहार उनलाई अहिले पचेन होला तर छिट्टै बुझ्छिन-सेते ले आमालाई सम्झाउँने प्रयात्न गर्छ। नभन्दै पुरै गाउँमा प्रचार भै सकेको रैच्छ।सेते आर्को गाउँमा जाँदा बासुले बाटामा कराएर होईन डराई-डराई कतै ढुङ्गाले हान्छ कि भनेर टाडै बाट ए बाबु भन्दै बोलाए।सेते उन्लाई पछि बाट आएको देखेर ठिङ्ग उभियो दिउसो पख घाम बिस्तारै अस्ताउँने तरखरमा थिए।उनि पनि सेतेलाई उभिएको देखेर उभिए।होईन किन तेति टाडै उभिनु भयो त?सेतेले भनेपछि बासु बिस्तारै डराई डराई सेतेको नजिकै आए।होईन बाबु तलाई यो बिमारी कैले देखि भयको हो?उन्ले आश्चार्य हुँदै सोधे”हजूर मलाई के भयोर?सेते पनि आश्चार्य प्रकट गर्छ।गाउँभरी हल्ला छ तेरो हावा खुस्कियो भनेर-उन्ले भन्छन।हिँजो पल्ला घरे साईँलो ले हाम्रा घर आएर भनेपछि मलाई त ठुलो पिर लाग्यो।तेरो आमाले कति दुखःगरेर तिमिहरुलाई हुर्काईन आखिरीमा तेरो हावा खुस्किएपछि उन्को केहाल भयको होला भनेर साँझ तिर फर्किँदा तेरा घर पसुला भनेको थिएँ।

धन्न तँ लाई यँहि भेटाएँ बाबु दलितका घरमा गयर आटो खाएछस अब त्यसो नगरेस भन्दै बासुले सेतेलाई सम्झाउँछन। मेरो हावा खुस्किएर होईन वास्तबमा हामि सबै मानिसहौँ दलितहरुपनि मानिसनै ता हुँन अनि मैले उनिहरुको घरमा गएर उनिहरुले छोएको खाएँभन्दैमा मेरो हावा बिग्रिएको अनुमान लगाउँनेहरुको हावा खुस्केको हुँनसक्छ।भनेर भन्छ!हो बाबु तेरा कुरा तैँले जान समाजमा बाँच्नको लागि समाज सँग सँगै हिड्नु पर्छ बाबु आमालाई दुखः नदिएस अरु ता मैले केभनौँ भन्दै उनि तल्लो बाटो जान्छन सेते ले पहिलेई माथिको बाटो छोपेको थियो।गाउँमा मात्रै होईन ओर-परका सबैजसो गाउँहरुमा बनमा आगो लाग्या जस्तै फैलिएको थियो। कस्तो समाज हो मैले कुनै जातिए आधारमा अपमान गर्नु हुँदैन भेधभाव गर्नु हुँदैन भनेर दलितहरु लाई जि हजूर भन्दा उल्टै उनैहरुले नै हावा खुस्कियो भनेर प्रचार गर्दैछन।

उस्ले मनमनै गन्थन गन्थन गर्छ।समाज सँग हिँड्ने कि थोरै थोरै समाजलाई मिच्ने?आजको एक्काईसौ शताब्दिमा पनि हाम्रो समाजमा यस्तो हालछ।नियम कानून् बनाएर मात्रै केहि हुँदैन समाजको नजरियामा परिवर्तन गर्नु पर्छ भन्दै एक्लै गन-गन गरेकै थियो अचानक आर्का छिमेकि बाटामा भेटिन्छन।उन्ले सेते लाई केहि बोलेको गुनगुनाएको सुन्दै आएका थिए।नमस्कार हजूर -सेतेले उन्लाई नमस्कार गर्छ तर उनि खासै केहि नबोली नचिनेको झैँ गरेर अँघि निस्किन्छन।सेते ले उन्को ब्यबहार देख्दा कुरा बुझिहाल् होईन किन डराएको हजूर?सेते ले सोध्छ।होईन डराएको मलाई अलि छिट्टै जानु छ बाबु तिमि आउँददै गर है !भन्दै उक्त ब्याक्ति अगाडि निक्लिन्छन।

भोलि पल्ट बिहानै सेते ले पधेँरामा नुहाउँने गर्दा केहि महिँलाहरु पानी भर्न आएका थिए उनि मध्य कि एउटि अलि उमेर ढल्किए कि बृद्धा महिलाले घरि घरी सेते तिर हेर्दै आर्कि महिलालाई केहो के भन्दै खास-खास खुस-खुस-खुस गर्दै ईसारा गरेको र आर्किले कोखे आँखाले सेते को छाति तिर हेर्दै गर्दै थिए।साहिद उनिहरुले सेते सँग नभयको जनैई को बारेमा भन्दै थिईन।अनि आर्किले नभयको जनाई अबलोकन गर्दैथिईन।जेहौश सेते ले कुरा बुझि सकेको थियो। उनिहरु जान थालेपछि सेते कुवाको नजिकै आएर नुँहाउँन थाल्छ।बाबुले ता जनाई पनि फालेछन बृद्ध महिलाले जाँदा जाँदै सेतेलाई तिर फर्केर भन्दै हिँड्छिन। सेते लाई फेरी उहि कुराले झसिङ्ग गरायो। आखिर हाम्रो समाज कता जाँदैछ।समाजको यहि ब्यबहारले युवाहरु कुसँकार फाल्न सक्दैन निरन्तर कुँरितिहरुको बिरुद्धमा लड्न त्यति सझिलो छैन।त्यसैले ता नचाहेरपनि यो गले हडेको गनाउँने कुरिती लाई बोकेर हिँड्न बाध्य हुँन्छन।सेतेले मन-मनै गनगन गर्छ।

चर्चामा

सम्बन्धित समाचार