शुक्रबार, बैशाख १४, २०८१

लुम्बा! कथा!

  • शनिबार, जेष्ठ १०, २०७७
लुम्बा! कथा!

 रुढिवादी समाजभित्र जातिय आधारमा दम घुटेका उप्र बाट ताना साहि बँयबस्थाले उकुस मुकुश पारेको थियो। त्यहि समाज बाट नारकिय जिवन ब्यातित गरेका हजारौँ हजार गरिब बस्तिमा हुर्केका अपहेलित तिरसकृत झुग्गि बश्तिमा थुप्रै बिभिन्न पेसा गरेर जिवन यापन गर्दै थिए।कसैले मान्छेको गोबर सफा गर्ने,कसैले जुता सिलाउँने कसैले अरुको दुखः सुखःमा कमैयाँ को काम गर्ने आदि गर्थे।त्यहिँ अनेक परिवार कागज कबाड चुनेर आफ्नो गुजार गरेको थियो।

त्यहि मध्यको एउटा परिवारमा लुम्बा नामको बालक पनि आफ्ना सँग साथि सँगै पतिङ्गर चुन्दै हिँड्थ्यो। बोरीमा कवाड जम्मा गर्दै जाँदा त्यो एउटा स्कूलको नजिकै पुग्यो।त्यँहा उस्ले आफुजस्तै सयौँ बाल बालिकाहरुले राम्रा राम्रा पोसाक लगाएका र स्कुलमा खेल कुद गरेको देख्दा आश्चार्या भयो।प्राय दिनौँ त्यो त्याँहा जान थाल्यो भाईर बाट उस्ले ति बाल बालिकाले पडेको वा खेल कुद् गरेको अबलोकन गर्दै जाँदा एकदिन चौकिदारले उस्लाई देख्यो!ए केटा के गरेको यो ?चौकिदारले उस्लाई हप्काउँदै भन्छ।

उ केहि नबोली आफ्नो बोरि बोकेर निश्किन्छ।आज उस्ले घरमा आमालाई भन्छ-आमा मलाई पनि स्कुलमा पठाउँन म पड्न चाहान्छुँ’उस्को यो बिचार सुनेर आमा अक्क बक्क पर्छिन,के भनेको छोरा पढ्ने-लेख्ने भनेको ता ठुला बडाको कामहो हामि त गरिबहरु हौँ हामिले यस्तो सोँच्नै हुँदैन!भन्दै लुम्बालाई साम्झाउँछिन।किन आमा हामिहरु मान्छे होईनौँ र?लुम्बाले प्रश्न गर्छ।त्यो भर्खरको बच्चाको त्यस्ता गम्भिर कुराबाट आमा लाई मनमा कसैले तिरले गोभेको जस्तै महेशुर्ष हुँन्छ।

हौँ!तर..!तर के आमा?उस्ले प्रति प्रश्न गर्छ यस्को जवाफ उस्को आमा सँगपनि थिएन।भोलि पल्ट फेरी सँग साथिहरु सँगै कबाड बिन्न बोरी लिएर जान्छ,फटा फट कबाड बिनेर फेरी त्यो त्यहि स्कुलमा पुग्छ र पहिलेको जस्तै उ भित्तामा झुण्डिएर बच्चाहरुले पडेको हेर्न थालेको चौकिदारले दिखेपछि उस्लाई च्यापै छोप्छ र यातना दिन थालेको पिन्शिपलले देख्छन।चौकिदार!उन्ले आवाज लगाउँछन यो केटालाई यँहाल्याउ त!पिन्शिपलले चौकिदार लाई आदेश दिन्छन।हिँड भित्र साहेबले बोलाउँनु भाकोछ भन्दै तानेर उस्लाई भित्र ल्याउँछ।लुम्बा निडर भयर भित्र आउँछ,पिन्शिपल ले उस्लाई आफ्नो कोठामा लिएर जान्छन।हँ भन किन दिन दिनै यँहा भित्तामा टङ्गिन्छौ तिमि?पिन्शिपलले सोद्धछन।मैले पढाई गर्न चाहान्छु!उस्ले कुनै हिचकिच बिना धडाक सँग आफ्नो कुरा राख्छ।तिमिलाई थाहाछ पढाईको लागि रुपिया लाग्छ?तिम्रा बा आमाले के काम गर्छन?पिन्शिपलले अलि चर्को स्वरमा सोध्छन।

हामिले मानिसहरुले फालेका कबाडलाई चुनेर कवाडियालाई दिन्छौ उस्ले बद्लामा हामिलाई दाम दिन्छ’लुम्बाले भन्छ।यति स्यानो मुश्किलले पाँच बर्षको बालक का यि कुरा र उस्को ब्यबहार देख्दा मन मनै पिन्शिपलले यो केटले राम्रो शिक्षापाए भबिश्यमा केहि गर्छ भन्ने ठान्छन।उनि अलि उद्धार टाइपका पिन्शिपल थिए।हँ त तिमि स्कुलमा पढ्न चाहान्छौ?पिन्शिपलले कुटिल मुस्कुराहट फैलाईँदै भन्छन।हजूर उस्ले मिठो स्वरमा याचना गर्छ।त्यसो भय तिम्रो घरमा आमा बाबा लाई लिएर यँहा आए मैले भर्ति गराई दिन्छु तर स्कुलमा तिर्नुपर्ने रकम तिर्नै पर्छ भन्दै चौकिदारलाई गेट खोलिदिन आज्ञा गर्छन साथै यो बालख आयो भने भित्र डाक्न पनि आदेश दिन्छन।

उस्ले फटाफट कवाडको बोरि बोकेर घरमा पुग्छ आज उ अति खुसि देखिन्छ आमाले खुसि हुँनुको राज सोध्छिन।उस्को उत्तर सुनेर उनि भिर बाट खसेको झैँ सुन्ह हुन्छिन।कसैले नगरेको काम गर्दा तलाई लाज लाग्दैन?एकछिनको मोनतापछि उन्ले रिसाएर भन्छिन।हुँनपनि यो झुग्गि बस्तिमा कस्ले पढेहोला?यँहा त लेखपढ गर्नेहरुता ब्यबस्थाका बिद्रोहिनै हुँन।आज यो लुम्बाले पढ्ने आँटगर्दा उस्को आमालाई दुखःलागेको थियो।भोलि हजूर म सँगै स्कुलमा जानेहो माष्टर जिले भन्नु भयकोछ आमा!लुम्बाले आमालाई आग्रा गर्छ। आमा भाबुक भयर आँखा बाट आँशु आएका थिए।त्यो देखेर लुम्बाले आँसु पुच्दिन्छ।रात भरि निद्रा लाग्दैन आमाको मनमा कयौ प्रकारका खयालहरु आउँने जाने गर्छन।रात भरि सोचेर उनि आफ्नो छोराको लागि एक पटक स्कुलमा मास्टर हुँनि जाने निधो गर्छिन। बिहानै लुम्बा स्कुल जान तैयार हुँन्छ,आमा र छोरा भयर बोरी लाई एउटा झोलामा राखेर स्कुल पुग्छन।

आज उस्ले गेटमा गएर गेट खट-खटाएको थियो चौकिदारले पिन्शिपलको कोठामा जान आग्रा गर्छ।पिन्शिपल ले उस्को नाम लेख्ने पाँच रुपिया र मैनामा फिस तिन रुपिया लाग्ने कुरा भन्दै स्कुलको ड्रेश,कापि किताब आदि ल्याउँनु पर्छ।भन्दै स्कुल पठाउँन आग्रा गर्छन।यो बाबु धेरै चनाखो छ भबिष्यमा यो राम्रो मान्छे बन्न सक्छ भन्दै उस्को आमालाई सम्झाउँछन।किताब पनि अहिले उन्ले आफै पुराना कसैबाट सित्तैमा दिलाउँछन। यसरि आज पाँच रुपिया दिएर लुम्बा स्कुलमा भर्ति हुँन्छ। अब उन्को घर चलाउँनको लागि आजबाट डवल खर्च हुँने भयो। लुम्बाले कबाड चुनेर बिक्रि भएको पैसाले अखबार का रद्धि खरिद गर्छ र आमालाई त्यसको लिप्पाफा भनाउँन लगाउँछ।आमालेपनि लिप्फापा बनाई दिन्छिन त्यो लुम्बाले बजारमा बिक्रि गर्छ यसरी अब उनिहरुको नियमित कामपनि बढ्दै जान्छ।दिनौ दिन काममा आएको बृद्धिले झुग्गिवाशि हरुलाई पनि प्रेणा मिल्छ र कयौँले त्यस्तै काम गर्न थाल्छन।

यता लुम्बालाई स्कुलमा पहिले पहिले सबैले घृणा गर्ने गिजाउँने गर्थे तरपनि उ कहिले हतास भयन निरास भयन दिनौ मिहेनत गर्दै गयो र क्लास टाप भयो।अब लगभग सबै बच्चाहरुले पनि लुम्बालाई घृणा होईन बिस्तारै मायाँ गर्न थाल्छन।लगातार स्कुलमा टप हुँने गर्दा स्कुलमा सबैले लुम्बालाई सम्मान गर्छन र पहिले कक्षाको ईन्चार्ज पछि पुरै स्कुलको पनि ईन्जार्ज बन्छ।बिस्तारै उस्ले झुग्गिमा आफु जस्तै गरिब परिवारका बच्चाहरुलाई रातिमा प्रोढ शिक्षा पढाउँछ।उस्ले हाई स्कुल पास गरेपछि त्यो कुनै नोकरीको तलासमा हुँन्छ।तर उस्ले झुग्गि बस्ति का गरिबहरुको पक्षमा आवाज उठाउँदै आएकोले उ एकप्रकारको ब्यबस्थाको बिद्रोही बनेको हुँन्छ।

लुम्बाको बिवहा गराई दिन्छन त्यो बेला कलिलैमा बिहे बन्धनमा बाध्ने चलन थियो।उस्का दुईवटा छोराहरु जन्मिन्छन।पुरा जुग्गि बस्ति लुम्बाको साथ हुँन्छ।त्यो बेला त्यँहा काँसा बुबाको ताना साहि सरकार थियो।अन्याय र अत्याचारको बिरुद्ध लुम्बले आवाज उठाउँने भयकोले त्यो काँसा बुबालाई लाग्थ्यो यो मान्छेलाई आफ्नो मुट्ठिमा ल्याउन पाए आफ्नो राज पाठ बलियो हुँने थियो। राजा ले फेरि जनताको आँखामा छारो हाल्ने उदेश्यले चुनाउँ घोषणा गय्रो। यता सबै त्यहि राजाका भरौटेहरु चुनावमा नामाकर्ण भरे।तर झुग्गि बस्तिबाट लुम्बालाई चुनाउमा उतार्ने निर्णय भयो लुम्बाले पहिले ता मानेको थिएन तर जनताहरुको उप्रतिको बिस्वासले गर्दा चुनावमा भागलिने निर्णय गय्रो र नामाकर्ण भरियो।लुम्बा राज तन्त्र बिरुद्ध चुनाउमा भाग लिएको देखेपछि उस्लाई हराउँन काँसा बुबाले ठुलो जोड लगायो तरपनि भारि मतले लुम्बा बिजय भयो। लुम्बा जनताको हितमा काम गर्ने ईरादामा चुनाउँ लडेको थियो तर यँहा कासा बुबाले उस्लाई मोहोरा बनाएर जनताको घरबास खोस्ने योजना भनाउँदै थियो।उस्लाई पहिले ठोलो धनको प्रलोभन दिईयो केवल काँसा बुबालाई समर्थन दिनलाई तर उस्ले मानेन पछि त्यो हजारौँ झुग्गि बनाएर बसेको जमिन खोस्ने सडयन्त्र गर्छ तर काँसा बुबाको अडान देखेर राजा बोख्लाउँछ।र उस्लाई बंध्दक बनाउँछ।

राजाले उस्लाई किन्न नसकेपछि उस्का दुबैहात मा ठेडुका ठोकेर खुट्टामा बेडि लगाएर झेलभित्र थुन्छ।जनतालाई कुनै भनक दिदैन।एउटा कागजमा आत्म समपर्ण गर्न हस्तक्षर गर्न दवाब दिन्छ तर। लुम्बाले हश्तक्षर गर्न मान्दैनन्।”म जनताले बिष्वास गरेर पठाएको जनप्रति निधी हुँ,मेरो कुनै अधिकार छैन जनताको अहितमा पाईला सर्ने”भनेर उस्ले जवाफ दिन्छ।बिस्तारै उस्लाई हातमा काटि ठोक्दिन्छन,अनि खुट्टामापनि उ झुक्दैन सरिरको मासु-सुस्त सुस्त काटेर फाल्छन तरपनि उस्ले झुक्दैन।काँसा बुबाले उस्लाई कुनैपनि दमन बाट झुकाउँन सक्दैन।सरिरको मासु काटेर सकियो रगत बगिरहेको छ अब उ बाँच्ने आस छोडि सकेको छ।अनि काँसा बुबाले सोध्छ भन लुम्बा तेरो अन्तिम ईचक्ष्या केछ? मेरा हात खोलिदेउ!लुम्बाले भन्छ।काँसा बुबाले सैनिकहरु बोलाएर चारै तिर बन्दुक राईफल ले घेरा हालेर लुम्बाका हात खोल्छ।”लुम्बाले आफ्नि श्रिमतिलाई पत्र लेख्छ।पृय म अब जिवित रहँने छैन किन कि मलाई काँसा बुबाका कुकुर हरुले लुछेर खाँदैछन।

तर तिमि न रोए पृय किन कि मैले गर्न नसकेको काम को जिम्मा तिमिले पुरा गर्नुछ।मेरा यि दुई आँखाका नानिले बाबा भनेर सोध्लान परदेश गयकोछ भनिदिए।तर जब यिनिहरु ठुलाठुला हुँन्छन यो पत्र दिएर यो कथा सुनाई दिए पृय।”यो पत्र तिमि सँग पुग्दा न पुग्दै म मरिसकेको हुँने छुँ तर एउटा बहादुर साथिलाई आफ्ना आँशुले बिदा नगरे तिम्रो आँखामा ज्वाला हुँनुपर्छ।के गद्धार कि श्रिमति भनेर तिम्लाई जिवनभरी सुन्न परेको भय तिमि खुसि भयर बाँच्न सक्थ्यौ त?भन पृर्य।मेरो मनले गद्धार हुँनु भन्दा मर्नु राम्रो ठान्यो तिमिलाई पक्कैपनि मेरो कार्या नराम्रो लग्ने छैन।त्यसैले आफ्ना चुरा नफोरे अनि लिवास न बदले तर छोराहरु ठुला भयपछि यो पत्र उनैको अमानत सम्झेर दिए।योपत्र आफ्नो बिष्वासिलो ब्याक्तिलाई दिएर प्राण त्याग्छ।

चर्चामा

सम्बन्धित समाचार