बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • कैलाली उद्योग बाणिज्य सघका पदाधिकारीले दिए सिमामा समस्यामा परेकालाई राहात

कैलाली उद्योग बाणिज्य सघका पदाधिकारीले दिए सिमामा समस्यामा परेकालाई राहात

  • शुक्रबार, जेष्ठ ९, २०७७
कैलाली उद्योग बाणिज्य सघका पदाधिकारीले दिए सिमामा समस्यामा परेकालाई राहात

कैलाली  — भारतका विभिन्न शहरमा रोजगारीको सिलसिलामा नेपालीहरु लकडाउनले रोजगार गुमेपछि फकेए र गौरिफण्टा नाका पुगेर समस्यमा परेका नागरिकलाई कैलाली उद्योग बाणिज्य संघका पधाधिकारीहरुले चाउचाउ र पानी वितरण गरेका छन् ।
गौरीफन्टा सीमामा नाकामा नेपाली समस्यामा परेको थाहा पाएपछि ३१ पेटी चाउचाउ र २५ पेटी पानी सहयोग गरिएको कैलाली उद्योग वाणिजय संघका सदस्य मेहेन्द्रबहादुर सिंहले जानकारी दिए ।


कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवर सदस्य महेन्द्र बहादुर सिंह, ब्यापारी दुर्गा टेड्र्सका खेम चोखाल, कैपाल स्टोरका कृष्ण पायण्डे लाल टेड्र्सबाट बडिमालिका मार्के्टिङका सञ्चालक बम बहादुर कुँवर गएरले राहत वितरण गरेको सिंहले बताए ।
सीमा नाकामा नेपालीहरु धेरै समस्यमा परेका छन् । महामारीको यस्तो छ, हुलका हुल भेडको हुल जसरी राखेको छन । उनीहरुको समयमा ब्यबस्थापन नगरे कोरोनाले ठुलो रुप लिन सक्ने भएकोले सरकारले उद्धारको लागि छिटो पहल गरिदिन समेत आग्रह गरेका छन् ।
सिमामा समस्यमा परेको थाहा पाएपछि हिजो आज सबै ब्यापारीहरुले मिलेर राहत बितरण गरिरहेको उद्योग वाणिजय संघका सदस्य महेन्द्र बहादुर सिंहले बताए । हिजो २० पेटी चाउचाउ र २० पेटी पानि सहयोग गरेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार