शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • कोरोना संक्रमित तेस्रो व्यक्तिको मृत्यु

कोरोना संक्रमित तेस्रो व्यक्तिको मृत्यु

  • बिहिबार, जेष्ठ ८, २०७७
कोरोना संक्रमित तेस्रो व्यक्तिको मृत्यु

 रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमित एक जनाको बिहीबार मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार क्रिमसन अस्पतालको भेन्टिलेटरसहितको सघन उपचार कक्षमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको निधन भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमण पोजेटिभ देखिएका ती पुरुषको बिहीबार निधन भएको बताए ।

यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका २५ वर्षीय पुरुषको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो । प्रवक्ता देवकोटाका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ सय ५३ पुगेको छ ।

बिहीबार थप ९ जनामा संक्रमण पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ४ सय ५३ पुगेको हो ।  रुपन्देहीका २७ वर्षीय पुरुष र झापाका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

चर्चामा

सम्बन्धित समाचार