शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचित्र संसार
  • महिलाले छुन नमिल्ने रहस्यमय गोल्डेन रक

महिलाले छुन नमिल्ने रहस्यमय गोल्डेन रक

  • बिहिबार, जेष्ठ ८, २०७७
महिलाले छुन नमिल्ने रहस्यमय गोल्डेन रक

दक्षिणपूर्वी एसियाली देश म्यानमारमा एउटा यस्तो रहस्यमय विशाल ढुंगा छ जुन चामत्कारिक रुपले अर्को पत्थरको टुप्पाको छेउँमा सदियौँदेखि अडिइरहेको छ । २५ फिट अग्लो उक्त ढुंगालाई गोल्डेन रक अर्थात सुनौलो चट्टान पनि भनिन्छ । झण्डै चिप्लिन्छ कि जस्तो गरी अडिएको यो ढुंगाको अवस्थिति कुनै रहस्यभन्दा कम छैन ।

यो चट्टान म्यानमारका बोद्ध धर्माबलम्बीहरुको प्रमुख तीर्थस्थल हो । सुनजस्तै पहेँलो देखिने हुनाले यसको नाम नै गोल्डेन रक अर्थात् क्याटियो प्यागोडा रहेको छ । वास्तवमा मानिसहरुले यो चट्टानमा सुनका पत्रहरु टाँसेर यसलाई सुनजस्तै बनाइदिएका हुन् । यो चट्टान कसरी अर्को चट्टानको टुप्पोको छेउँमा गएर अडियो भन्ने कुरा इतिहासकै गर्भमा छ।

यो चट्टान बौद्ध धर्माबलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको छ । वर्षको तीनपटक उक्त चट्टानमा पुगेर वरदान माग्नाले मनले चिताएको पुग्ने जनविश्वास रहेको छ । जनविश्वास अनुसार उक्त ढुंगा भगवान बुद्धका रौँमा अडिएको छ रे । रोचक त के भने यो विशाल ढुंगालाई पुरुषहरुले हल्लाउन नसक्ने तर महिलाहरुले चाहिँ त्यहाँबाट अर्कै ठाउँमा समेत सार्नसक्छन् भन्ने धार्मिक मान्यता छ । सोही कारण महिलाहरुलाई उक्त ढुंगा छुन बन्देज लगाइएको छ ।

एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार