शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • बारामा पनि पत्रकारलाई कोरोना संक्रमण

बारामा पनि पत्रकारलाई कोरोना संक्रमण

  • सोमवार, जेष्ठ ५, २०७७
बारामा पनि पत्रकारलाई कोरोना संक्रमण

बारा : बाराको एक स्थानीय रेडियोमा कार्यरत संचारकर्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । करैयामाई गाउँपालिका ५ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । पर्साका दुई पत्रकारमा कोरोना संक्रमण देखिएपछि नेपाल पत्रकार महासंघ बारा शाखाको पहलमा बारामा ४३ संचारकर्मीको स्वाब परीक्षणका लागि पठाइएको थियो । स्वाब संकलन गरिएकामध्ये एकजनाको पीसीआर पोजिटिभ आएको हो ।

संक्रमित पुरुषलाई प्रशासनको सहयोगमा कलैयास्थित कोरोना अस्पतालमा पठाउन लागिएको पत्रकार महासंघ बाराका अध्यक्ष कमलकुमार उपाध्यायले जानकारी दिए । संक्रमित पुरुषको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु गरिएको छ ।

योसँगै बारामा संक्रमितको संख्या चार पुगेको छ । यसअघि जिल्ला प्रहरी कार्यलय बारामा कार्यरत एक प्रहरी जवानसहित जीतपुरसिमरा उपमहानगरपालिकाका २ र बिश्रामपुर गाउपालिकाका १ पुरुषमा कोरोना संक्रमण देखिएको थियो । प्रहरी जवान भने रौतहटका हुन्। #साभार

चर्चामा

सम्बन्धित समाचार