बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • देश
  • नेपालमा थप ९ जनामा कोरोना, संक्रमितको संख्या २५८ पुग्यो

नेपालमा थप ९ जनामा कोरोना, संक्रमितको संख्या २५८ पुग्यो

  • शुक्रबार, जेष्ठ २, २०७७
नेपालमा थप ९ जनामा कोरोना, संक्रमितको संख्या २५८ पुग्यो

काठमाडौं । बाँके र मकवानपुरमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा यो संख्या थप भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मकवानपुर निवासी ३७ वर्षीय पुरुष र बाँके नैनापुर १, ३ र ५ नम्बर वडाका ८ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार