बिहिबार, बैशाख २७, २०८१

समस्या!(कथा)

  • शनिबार, बैशाख २०, २०७७
समस्या!(कथा)
 सुरेशकुमार पान्डे

 मानिसहरुको लामू लस्कर देखेर मणि झसिङ्ग हुँन्छ,सडक कै किनारामा एउटा वृक्षको छाँयामा ठिङ्ग उभियर तेतै ट्वाल हेरि रहन्छ जताबाट रेलि आएको थियो।दिउसोको करिब १२बजि सकेको थियो अत्याधिक घाम मा पनि स-साना बाल बालिका र महिला बृद्धाहरु लगाएत लामु लस्कर थियो। त्यो देख्दा मणिलाई मई दिवसको द्वौरान धेरै बर्ष पहिले हिसारको त्यो पुष्पा कम्पलैक्स बाट जुलुस निकालेको पुरानो दिनको झझल्को आउँछ।

मणिले मन मनै सोच्यो कुन मज्दुर संगठानले यति ठुलो रिक्स लिएकोछ आज१३१वाँ मई दिनमा रैलि निकालेको भन्दै ट्वाल हेरि राख्यो।जस्तै जस्तै उनिहरुको लस्कर नजिककिदै गयो मिणिको भ्रम पनि सफा हुँदै गयो। सबै का हात हातमा झोला गुन्टा र पिपाहरु कसैले बच्चा उचालेका कसैले हिँडालेका यो जुलुस नभयर खारखानका मा वा कुनै भवन निर्माणमा काम गर्ने मज्दुरहरु थिए।यो कम्तिमा पैँतिस चालिस जनाको लस्कर हुँदो हो लाक डाउनको अबधि थपिए पछि उनिहरु आफ्नो गन्तब्य तिर पैदल हिँडेका बिहारी मज्दुरहरु थिए। मणिलाई पहिले ता मज्दुर दिवशमा कुनै संगठनले यति ठुलो रिक्स ल्याएछ कि भन्ने सोँचेको थियो अहिले त्यो भ्रम हट्यो। अब दिनौ मानिश बिमारीहरुको संख्या र मृत्यु हुँनेहरुको संख्यामा बृद्धि भयपछि सरकारले फेरी १७मई सम्म भारतमा लाक डाउन बढायो।

अहिले सम्म लाक डाउन खुल्ने बाटो हेरेर बसेकाहरु लाई उनिहरुको खान र बस्नको ठुलो समस्याले गर्दा उनिहरु याता यात नभयपनि पैदैलनै आ-आफ्नो गन्तब्य तिर लागेको भान हुँन्थ्यो। मणिपनि घरमा राशन सकिएपछि बजार आएको तर बजारमा कुनै दुकान खुलेको थिएन कता कति तरकारी वाला ले पनि आफ्नो मनमर्जिको भाउँ लगाउँछन,किन यति महेगो भन्दा पछाडि बाट समान आउँदैन त्यहि भयर भन्छन। मणिले त्यो लस्करलाई टाडा जाँदा सम्मनी हेर्दै थियो।उस्को ध्यायन फोनको घण्टिले हटाउँछ।मणिको मोवाईल हातैमा थियो उनिहरुको फोटा खिच्न भनेर तर फोटा खिच्ने मननै लागेन।हेलो-कुनै अपतरिचित नम्वर थियो।

हजूर नमस्कार चिन्नु भयो?उता बाट प्रश्न गर्छन मणिले चिनेको जस्तो लागेपनि पक्का यहि हो भन्न सकेन।किन नचिन्ने हजूरलाई भन्नुश केछ हाल?मणिले चिनेको जस्तो गरेर प्रश्न गर्छ।के हुँने र समस्या पय्रो हजूर बसेर खाने दाम माम छैन बस्नेपनि अब ठाम छैन भनौँ हामिहरुलाई स्वदेश पठाउँनु पय्रो हजूर जसरि भयापनि!उन्ले न रोकिएर भन्छन।हो हजूर हम्रो समस्या धेरैछ तरपनि हामिले त सरकार सँग माग गर्नेनै हो हाम्रो के लाग्छर?मणिले आफ्नो असायपन जाहेर गर्छ।हजूरहरुले यस्तै भन्न थाल्नेहो भनेता हामि बाँचिदैन हजर जसरी भयापनि हामिलाई स्वदेश पठाउँनु पय्रो भन्दै आदेश दिँदै फोन काट्छन!मणिको उत्तर को बाटो नहेरी।मणि लुरुलुरु अगाडि बढ्दै हो जटिल समस्याछ हामि भारतमा बस्ने नेपाली मज्दुरहरुलाई,मूलप्रवाह एकता समाजले ठाउँ ठाउँमा सहयोग गर्दै आएकोछ,सहयोग नगरेको भए अबस्था झनै जटिल हुँने थियो-मनैमनमा मणिले कुरा खेलाउँदै हिँढ्छ। मणि झोलामा केहि समान लिएर एक पोका चामल किनेर घर पुग्छ।घामले लखतरान परेको साथिहरुका समस्यापनि उस्तै।

उनिहरुलाई सम्झाउँने बाहेक केनै गर्न सकिन्छ।भित्र पस्छ यति बेला दिउसको दुई बजेको थियो भोक भन्दा तिर्खा बढि लागेकोले बोतल भरीको पानि तन्काई दिन्छ।अनि कुर्चिमा बसेर मोवेलमा नेट ओन गर्छ थुप्रै मैसिजहरु थिए सबैलाई उत्तर दिन्छ।एकजनाले नमस्कार लेखेको देखेपछि नमस्कार लेख्दिन्छ!हजूर समस्या पय्रो के गरौ? तुरुन्तै उता बाट प्रश्न तेर्छिन्छ।केभयोर हजूर मणिले सोध्छ,केहुँनु मकान मालिकले क्वाटर खालि गर भन्छ कि किराया देल भन्छ पैसा छैँन तलब पनि मिलेको छैन रेष्टुरेन्ट बन्दछ केगरु?उता बाट प्रश्न अर्को आउँछ।होईन यो लाक डाउनको बेलामा कसैले खालि गर्दैन खालिनै गर् भन्छ भने होटेल मालिकको कुरा गराई दिनुश है!मणिले भन्छ।

मान्दैन उस्ले हजूरहरुले हामिलाई स्वदेश पठाई दिनु पय्रो भनेर भन्छन।साथि चिनेका छन तर हामिले के गर्न सक्छौँ बोडर हामिले खुलाउँने कुरा होईन सरकारलाई दवाब देहिराखेका छौँ।मणिले न आत्तिनुश केहि दिनमा कुनैन कुनै समधान निस्किन्छ भन्दै सम्झाउँने प्रयात्न गर्छ। जे गरेपनि छिट्टै गरौ मित्र भन्दै उन्ले कुराको बिट मार्छन। सिमाले खाना खानेहोईन?मणितिर हेर्दै भन्छिन,हो तर अहिले ता भोक लाग्याछैन मणिले त्यहि भनेर मोवाईल चार्जमा लगाएकै के थियो फेरी वैल बजिहाल्यो।

नमस्कार हजूर आवाज चिनेको जस्तो थियो ,नमस्कार मलाई चिन्नुभयो?सर ठमाउँन सकिन को बोल्नुभयो मणिले भन्यो।होईन हाम्रो बोडर कैहिले सम्म खुल्छ भन्नुसत?उता बाट मणिको प्रश्नको उत्तर नदिएर प्रति प्रश्न तेर्छियो!खै बोडर कहिले खुल्छ यो मैले कसरि भनु?मणिले निरास जताउँदै भन्छ।होईन सिमानामा बसेका त नेपाल पुगेछन हामिलाई पनि पुराउँनु पय्रो छिट्टै भन्दै उन्लेपनि मणिको उत्तरको बाटो नहेरेर फोन काट्छन। के भयकोछ आज बिहानै बाट झसिङ्गिदै आएको छुँ समय खराब आयो भनेता आफ्नो प्रछाईँले पनि गिँजाउँछ भनेको ता यहि पो रैच्छ।

मणिले बिस्तारै लामु स्वास फेर्छ।होईन के भयो हजूरलाई ?सिलाले प्रश्न गर्छिन खास केहि भयकोछैन जता कतै हामि श्रमजिविहरुको समस्या बढेकोछ।साथिहरुको फोन आउँछ स्वदेश पुराउँनु पय्रो भनेर उनिहरु सँग खर्च सकिएकोछ। काम छैन बसेको ठाउमा क्वाटरको किराया माग्छन।त्यो समस्या साथिहरुले शेर गर्नु हुँन्छ,भन्दै मणिले सिलालाई सम्झाउँछ।

सरकारको आफ्नै समस्याछ जनताको आफ्नै समस्याछ।बिमारीले विस्वमा लगभग चौतिश लाख संक्रमित छन,अढाई लाख जति मरिसकेका छन।उपचारको बिस्वासिलो औषधी कतै कसैले पत्ता लगाउँन नसकेको अबस्थामा यस्लाई फैलिन बाट जोगिन मात्र यो लाकडाउन हो।यस्मा सरकारहरुले प्रोटकालको नियम मानेर जुन ठाउँमा बसेका मज्दुर जुनसुकै देशका भयपनि लाई राम्ररी रेख देख गरेको भय समस्या खासै हुँदैनथ्यो तर अहिले हात्थिका देखाउने र चबाउँने दा्त भिन्दा भिन्दै हुँन्छन भनेको जस्तै भयकोछ।भन्दै आफ्ना कुराको बिट मार्छ।

चर्चामा

सम्बन्धित समाचार