बिहिबार, बैशाख २७, २०८१

(कथा) – प्रकाश

  • शनिबार, बैशाख १३, २०७७
(कथा) – प्रकाश

 सुरेशकुमार पान्डे। मणि कुनै कामाले पंजाब गएका थिए,त्यँहा बाट फर्किने क्रममा हरियाण र पंजाबको सिमाना पर्ने स्टेशन “जाखल”मा पुगे।उन्ले यँहा देखि दिल्लिको लागि ट्रेन छोप्नु थियो।

उनि रेलको समय सारणि तिर गए फेरी कौन्टरमा पुगे टिकट लिन,रात्रि को समय खासै भिड् थिएन तर यो जक्शन भयकोले चहल पहल राम्रैथियो।उनि टिकट प्राप्त गर्ने खिड्किमा पुग्दा एउटा फोटा भित्तोमा चप्काएको देखे र आश्चार्य भए!फोटालाई फोटा कपि गरेर केहि अपिल गरेकोथियो ति अक्षर धुन्धुला भएकाले खासै समज आएन तर त्यो तस्विर वाला मान्छे एउटा नेपाली थियो,मणिको अलिबेर त्यो फोटा बाट दृष्टि हटेन।त्यो पुरानो पोष्टर त्यो पनि फोटो कपि भयकोले खासै समझ न आएपनि यो बुझ्न मणिलाई गारो भैन उ रेलमा काटिएको लावारिश लाश र वारिशको तलासमा राखिएको थियो।कैहिले कसरी खासै बुझिएन तरपनि रेलवाई प्रसाशनले उस्को मृत्यु पछि लास आफ्नो शंरक्षाणमा राखेर उस्का आफन्ताहरुलाई खोज्ने प्रयात्न गरेको यो तस्विर बाट बुझ्न सकिन्थ्यो। मणिले टिकट लिन्छन र नजिकैको टि टि सँग यो कैलेको तस्विर हो?भनेर सोध्छन!धेरै भयो उहिलैई रेलवाईले दाँ सँस्कार गरि सक्यो”उस्ले भन्छ।के तिम्रो चिनेको मान्छे होर?उस्ले प्रश्न गर्छ।

छुक छुक ट्रेन आएको संकेत हुँन्छ टिटि मणिको उत्तर नसुन्दै हिँड्छ मणिपनि पलेट फारम मा पुग्छन।प्रश्न अनुत्तर बने पनि मणि सँग उत्तर थियो।मणि दौडेर रेलमा चड्छन रात्रि करिब एक बजे भन्दा माथि समय भैसकेको हुँनु पर्छ।मणि चडेको डिब्बा रिजर्वेशन थियो तर मणि सँग टिकट जर्नल भयकोले सिट खालि भयपनि डराई डराई बश्नु परेकोछ।सबै आ-आफ्नो सिटमा सुतेकाछन।मणिले सिट पाएपनि टिटिको डरले सुत्न सकेकोछैन आर्को तिर उक्त प्रकाशको तस्विर आँखाको वरिपरी घुमि रेहेकोथियो। उक्त ब्याक्तिको घर गाउँ खासै थाहा नभयपनि त्यो केहि बर्ष नजिकैको एउटा सहरमा कतै बाट आएको थियो र मणिहरु सँग अधुरो चिना जान भयो।उ केहि बर्ष सँगै सहरमा बसेपनि उस्ले कहिलेपनि आफ्नो पक्का ठेकान भन्दैन थ्यो।कसैले उस्को गाउँको र उस्को बारेमा शहि जानकारी गराएनन्।प्रकाश सधैभरी रक्शिको नसामा रहेको देखिन्थ्यो।

यो कतै पन्जाबकै कुनै ठाउँबाट बेटर पार्टिका साथिहरु सँग सँगै आएको थियो।त्यो बेला त्यो बेटरका डेकेदार एउटा सामाजिक कार्याक्रता थिए।मणिहरुले उन्लाई लगातार चेताईनै राख्थे नचिनेको मानिश वा कुनै अप्राधि जञ्या ब्याक्ति लाई बेटर पार्टिमा न राख्न,तर यो ठेकेदारी काम अलि भिन्दै खालको थियो कहिले मानिश नपुगेर अन्त खोज्नु पर्ने कहिले भयका मानिशहरुपनि मेरो नम्बर लाएन भनेर कराउँने यो समस्या दिनौ दिनको हुँनाले।मणिहरुले उनको काम मा बढि ध्यायन दिन छाडेका थिए।कसैलाई यो काम गर्नु भन्नपनिता हुँदैन सबैले आ आफ्नो पेट पाल्नै पय्रो।

यसै क्रममा कुनै सहरबाट प्रकाश आयो अनि काम खुबै गर्ने भयकोले उ ठेकेदारको प्यारोपनि थियो कतिपय ठाउँमा उस्लाई आफै ठेकेदारले पार्टि सकिएपछि रक्सि मागेर दिनेपनि गरे। यो मान्छे रक्सि नखाँदा त ठिकै लाग्थ्यो तर रक्सि पिएपछि उ सधै लडाई गर्थ्यो।कहिले कसैलाई पिट्थ्यो कहिले पिटाई खाएर आउँथ्यो।बिस्तारै यो सुद्रियको जस्तोपनि भयो र भालिबाल खेल्न सिक्यो कहिले काँहि यस्लाई मणिहरुले टिम सँगैपनि टिमको सिफारिशमा पठाउँथे उनिहरु जितेरपनि आउँथे। बिस्तारै सुधार भयको जस्तो दिखिन्थ्यो।

तर रोग भाईर भाईर निको भएको जस्तो देखिएपनि भित्रभित्रै बढेर गयको थियो।उस्ले लुकेर रक्सि खाने गर्थ्यो मणिहरुलेपनि अब बिस्तारै समाज सँग डराउँन थालेपछि सुद्रिन सक्छ भनेर उस्का झिना मसिना गलतिलाई अन्देखा गर्नथाले। उस्ले आफ्नो ठेकानामा मात्र सेति अञ्चल भन्थ्यो अरु थाहाछैन भन्थ्यो।सानैमा बिदेश आएको ले बिर्शिएँ भनेर भन्थ्यो कसै सँग रक्सि पिएपछि मैले मान्छे मारेर भागेकोपनि भन्थ्यो।पछि त्यो नसामा मुखबाट आयो अरुलाई डराउँन दिनहो भनेर सफाई दिन्थ्यो।उस्को बारेमा एउटा रहश्यनै भयो जान्न कसैले सकेनन्।

ठेकेदारलाई काम प्यारो हुँनेभयकोले उन्ले त्यो एउटा जँड्या भएपनि अब ठिक हुँदै गएकोछ सानै देखि बिदेशमा आएकोले उस्लाई आफ्नो घरको जानकारी छैन मान्छे नराम्रो होईन आदि भन्दै आफु सँग राखेका थिए आफ्नै कोठामा। एकदिन उस्ले एकजना नेपाली जो यतैका बसोबास गर्दै आएका स्थानिए बासिन्दा थिए उन्ले पालेको खरायो मारदिएछ,त्यसपछि उस्लाई छोपेर अब यस्तो नगर्न माफिपनि मणिहरुले मगाएका पछि बल्ल उनि शान्त भएकाथिए। कहिले कसैलाई पिट्ने अनि माफि माग्ने यस्तो लगातार हुँन्थ्यो।उ बलियोपनि थियो र मुर्खपनि लड्न बेरै नगर्ने कोई उ सँग डराएर आफ्नो बाटो नाप्ते।कसै सँग उ आदर्शवादी झैँ साख्खै हुँने गर्थ्यो बेला बखतमा।

एकदिन दिउसो घाम डुब्न थालेकै थियो कताबाट मणिको घरमा टुप्लुक्क आयो।मणि सपरिवार सँगै बस्थे एउटा ठुलो घर कयौँ ठुलाठुला कोठाहरु भएकोमा कयौँ किरायादार यँहा सँग मणिपनि सँगै बस्थे।मणि एकजना सँगठनका सक्रिय कार्याक्रता र त्यो ठाउँका नेतापनि भएकोले अक्सर यँहा मुद्धामामिलाहरु लिएर मान्छेहरु आउँथे।त्यस्तै प्रकाशले पनि आफुलाई कसैले पिट्यो भन्दै मणिकँहा आयो। एकछिन आफु सँग सँगै गैदिन अनुरोध गय्रो,उस्को निदारमा कुडुल्को उठेको थियो कसैले हाँनेकै जस्तो उस्को अबस्था देखेर मणि उसै सँगै उस्को कोठामा गए।

साँज पर्न आँटेको तर अँझै शूर्य डुबि नसकेको अबस्था थियो त्यँहा पुगेपछि उस्ले मणिकै कलर छोपेर मलाई कुट्न सक्ने कसैको हिम्मत छ?म आफै लोटेर चोट लागेको हो ।तिमि लड्छौ मँसँग भन्दै निहुँ खोज्न थाल्यो।उस्ले मणिको गिरेवान चपक्कै छोप्यो अनि छाड्दै छाडेन अरु त्यँहा बसेका महिँला पुरुषहरुले मिलेर मणिलाई उँसँग छुडाईदिए मणि आफ्नो रुम मा फर्केर गए।त्यो रक्शिको मातमा पागल हुँने ब्याक्ति अनाप सनाप बोल्दै मणिको पछि पछि फेरी घरमै पुग्यो। मणिले यस्तो जँड्या बाक्ति कहिलैई न सुद्रिने र कुनै न कुनै घटनामा मर्नेछ भन्दै उस्लाई त्यँहाबाट भगाए। आज उस्को तस्विरले बिगतको त्यो सम्झना ताजा गराएकोथियो।

मणिले उस्को त्यो बिगतको सँझनाले कतिबेला उज्यालो भयो पत्तैपाएन।मणि दिल्लिको टेसनमा पुगि सकेका थिए न निदाएका आँखाले देखेको यो सपना अत्यान्तै मार्मिक थियो। उझसिङ् गर्छ वास्तबमा त्यो प्रकाश पनि ता कसैको छोरा थियो, कुनै आमाले नौ मैना कोखमा राखेर जन्माईन हुर्काईन र जब हात खुट्टा लगाईन तब उ लाहुर आएको हुँदो होदा”मणिले मनै मन सोँच्छ।टेशको चिसो बतासले मणिलाई सप्रसगर्दै उस्लाई भुल्न बाध्य गरेकोछ। राति उस्ले देखेको त्यो तस्विर ले बिदेशको टेशनमा आफन्ति खोज्दै थियो।के था उस्को धुँवाले आफ्नतिलाई छुन सकेको छैन होला। मणिले यस्तै सोँच्दै आफ्नो गन्तब्य तिर लाग्छ।

चर्चामा

सम्बन्धित समाचार