बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सुरेशकुमार पान्डेकाे आमा गजल

सुरेशकुमार पान्डेकाे आमा गजल

  • बिहिबार, बैशाख ११, २०७७
सुरेशकुमार पान्डेकाे आमा गजल

कैले भोकै र कैले खाएर पाल्नु भयो आँमा,
जसरी पनि घरको ईज्त टाल्नु भयो आमा।

बिख्रिन्थ्यो थोरै बिराएको भए हाम्रो घरबार,
सम्बेदनशिल समय नि समाल्नु भयो आँमा।

दिन रात तिनि आँखामा हामिनै बसेका थ्यौँ,
आँशु र पसिनाले दुखः पखाल्नु भयो आमाँ।

कस्ले भन्छ महिला हरु कम्जोर हुँन्छन यँहा,
तनमन खियाएर पत्थर पगाल्नु भयो आँमा।

पुजा गरिन मैले तिम्रो सेवाए अरु कसैको नि,
आँखामा आफ्नै तस्विर बसाल्नु भयो आँमा।

आँमा को जस्तो त्यागि भेटिन ईतिहाश हेर्दा,
धर्ति आकास अंमर ज्वत बाल्नु भयो आँमा।

संसार मा छ भनि यहि साईनो निस्वार्थ होला,
पबित्रता मिसाल सदियौँ उचाल्नु भयो आँमा।

आँमाहरु बच्चा लाई जसरी पनि मर्न दिदैनन्
यहि उधार्ण प्रमाणित गर्न थाल्नु भयो आँमा।

बिर्शनै सक्दैन सेते ले आई परेका संकट लाई,
आफ्नै पौरखले त्यो दुखः फाल्नु भयो आँमा।
सुरेश कुमार पाण्डे 

चर्चामा

सम्बन्धित समाचार