मंगलबार, चैत्र २५, २०७६
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इतिहासमा आज – साउदीका राजाको गोली हानेर हत्या

इतिहासमा आज – साउदीका राजाको गोली हानेर हत्या

  • बुधबार, चैत्र १२, २०७६
इतिहासमा आज – साउदीका राजाको गोली हानेर हत्या

२५मार्च १९७५, रियादमा साउदी अरेबियाका राजा फैसललाई उनकै भतिजा राजकुमार फैसलले गोली हानेर हत्या गरेका थिए । राजा आइबिन साउदका छोरा फैसल १९२० र ३० को दशकमा सैन्य अभियानमा विशेष सक्रिय थिए, जसकारण साउदीले ठूलो क्षति व्यहोर्नुप-यो ।

उनले १९५३ मा संयुक्त राष्ट्रसंंघका लागि साउदी अरेबियाका दूतका रुपमा काम गरे । आफ्ना दाई साउद राजा भएपछि उनी १९५३ मै प्रिमियर बने । १९६४ मा उनले राजा साउदलाई दबाब दिएर गद्दी छाड्न लगाए, अनि आफैं राजा बने । यसैक्रममा १९७५ मा उनीमाथि भतिजा फैसलले गोली हाने । उपचारका लागि अस्पताल लगिएपनि उनी बाँचेनन् । गोली प्रहार गर्ने भतिजालाई फाँसीको सजाय दिइयो । के कारणले उनको हत्या गरियो भन्ने खुल्न पाएन । युवराज खालिद साउदीको नयाँ राजा बने ।

भियतनाम युद्धविरुद्ध मार्टिन लुथर किङको मार्चपास सुरु

१९६७ मा आजकै दिन मार्टिन लुथर किङ जुनियरले सिकागोमा भेला भएका ५ हजार युद्धविरोधी प्रदर्शनकारीको मार्चपासलाई नेतृत्व गरेका थिए । प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘भियतनाम युद्ध ती सबै मुल्य विपरीत छ, जसमा अमेरिका उभिएको छ ।’ किङले १९६५ को गृष्मदेखि भियतनाम युद्धमा अमेरिकी संलग्नताको विरोध थालेका थिए ।

युद्धप्रति नैतिक विमतिसँगै उनी काला जातीको ध्यान मोड्नका लागि गरिएको योजनाका रुपमा यसलाई लिन्थ्येंंंं । अन्य मानवअधिकारवादी नेताहरुले मानवअधिकार र युद्ध विरोधी अभियानलाई जोड्न खोजेको भन्दै किङको सशक्त आलोचना समेत गरेका थिए ।

शीतयुद्धको सुरुवात

१९११ मा अमेरिकाको न्युर्योक शहरस्थित ट्रयागंल सर्टवेस्ट कम्पनीमा आगलागी हुँदा १ सय ४६ जनाको मृत्यु भयो । यस दुखान्तपछि अमेरिकामा औद्योगिक मजदुरको सुरक्षालाई ध्यानमा राख्दै शृंखलाबद्ध रुपमा नयाँ नीति–नियम बनाइयो ।

आजकै दिन १९४६ मासोभियत युनियनले ६ साताभित्र ईरानबाट सेना फर्काउने घोषणा गर्यो । दोस्रो विश्वयुद्धताका इरानमा संकट सुरु भएको थियो । १९४२ मा इरानले हस्तक्षर गरेको सम्झौताअनुसार जर्मनीको संभावित आक्रमणबाट यस तेल धनाढ्य मुलुकलाई जोगाउन बेलायती र सोभियत सेना आवत–जावत गर्न पाउथ्यें । पछि अमेरिकी सेना पनि इरान घुस्यो । यस सम्झौताअनुसार युद्ध सकिएको ६ महिनाभित्र विदेशी सैनिक त्यहाँबाट निस्कनुपर्ने थियो । यद्यपी, १९४४ मा बेलायत र अमेरिका दुबैले इरानी सरकारलाई तेलमा छुट उपलब्ध गराउन दबाब सिर्जना गरे । सोभियतले पनि आफ्नो तर्फबाट दबाब दियो । १९४५ मा तेलको व्यापार चिन्ताजनक थियो, यद्यपी युद्ध अन्त्यतिर थियो र नाटकीय रुपमा अमेरिकाले रुसलाई गर्ने व्यवहार बदलिएको देखिन्थ्यों ।

फ्र्याङ्कलिन डि रोसभेल्टकोको मृत्युपछि आएका नयाँ राष्ट्रपति ह्यारी एस ट्रयुम्यानले सोभियतलाई विश्वास गर्न नसक्ने बताए । त्यसपछि दोस्रो विश्वयुद्धका यी दुई सहयोगी एकअर्काप्रति कठोर भए ।

यो नयाँ नीतिको पहिलो प्रयोग इरानमै भयो । सोभियतले इरानमा कारबाही गर्न चाहन्थ्यो । तर, इरानमा बेलायत र अमेरिकाले मिलेर रुसलाई उसको प्रभूत्व राम्ररी जमाउन दिएका थिएनन्, यद्यपी, सोभियतले इरानी विद्रोही समुहलाई उत्तरी क्षेत्रमा सहयोग गरिरहेको थियो । १९४६ को सुरुमा अमेरिकाले संयुक्त राष्ट्रसंघसमक्ष इरानको सार्वभौमिकतामा रुसले प्रहार गरिरहेको आरोप लगाइो । जब २ मार्च १९४६ मा विदेशी सेना इरानबाट निस्कनुपर्ने समय सकियो, तब पनि सोभियत सेना इरानमै थियो र संकट गहिरिन थाल्यो ।

२५ मार्च १९४६ मा सोभियतले आफ्नो फौज ६ साताभित्र देशबाट निकाल्ने घोषणा गरेसँगै कुटनीतिक भिडन्त रोकियो । सोभियत युनियन र इरानबीच सोभियतलाई तेलमा सहुलियत दिनेगरी सहमति भयो । सोभियतले अप्रिलमा सेना निकाल्यो । तत्कालै अमेरिकी सहयोग र सल्लाहमा इरानले यस सहमतिबाट पछि हट्ने निर्णय ग¥यो, उसले उत्तरी क्षेत्रमा विद्रोह पनि दमन ग¥यो । सोभियत निकै रिसाएको थियो, तर बेलायत र अमेरिकासँग भिडन्त निम्तनसक्ने भयले उसले इरानमा सेना फेरि पठाउन चाहेन । इरानी संकट, सोभियत युनियन र अमेरिकाबीच यसले तय गरेको अशंका र आक्रोशले शीतयुद्ध विकास गर्न ठूलो भूमिका खेल्यो ।

चर्चामा

सम्बन्धित समाचार