बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • देश
  • कतार एअरवेजको फ्लाइट नम्बर ‘क्यू आर ६५२’, जहाँ कोराना संक्रमित युवतीसँगै थिए २ सय ५ यात्रु

कतार एअरवेजको फ्लाइट नम्बर ‘क्यू आर ६५२’, जहाँ कोराना संक्रमित युवतीसँगै थिए २ सय ५ यात्रु

  • सोमवार, चैत्र १०, २०७६
कतार एअरवेजको फ्लाइट नम्बर ‘क्यू आर ६५२’, जहाँ कोराना संक्रमित युवतीसँगै थिए २ सय ५ यात्रु

मार्च १७ अर्थात् चैत ४ गते कतारको दोहाबाट नेपाल आएकी एकजना यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि उक्त फ्लाइटमा आएका अन्य यात्रुको पनि खोजी सुरु भएको छ ।

कतारको दोहाबाट उडान भरी चैत ४ गते बिहान १०ः३० बजे नेपाल उत्रेकी युक्त यात्रुलाई कोरोनाको संक्रमण पुष्टी भएको सरकारले सोमबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

तर उक्त जहाजमा यात्रा गरेका अन्य २ सय ५ जना यात्रुहरुलाई भने अझै पनि क्वारेन्टाइनमा राखिएको छैन ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार कतारको दोहाबाट फ्लाइट नम्बर क्यू आर ६५२ नम्बरको फ्लाइटबाट उनी नेपाल आएकी थिइन् ।

प्राधिकरणका अनुसार उक्त दिन त्यो जहाजमा २ सय ५ जना यात्रु रहेका थिए । कतारको दोहाबाट स्थानीय समय अनुसार मार्च १७ को बिहान ३ बजेर ५ मिनेटमा उडेको एअरवेजको जहाज मार्च १७ को बिहान १०ः३० बजे नेपाल आइपुगेको थियो । त्यही जहाजमा हाल संक्रमण पुष्टी भएकी युवती पनि रहेकी थिइन् ।   साभार राताेपाटि

चर्चामा

सम्बन्धित समाचार