सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • देश
  • जनकपुरमा चारजनाको शंकास्पद मृत्यु, तीनको अवस्था गम्भीर

जनकपुरमा चारजनाको शंकास्पद मृत्यु, तीनको अवस्था गम्भीर

  • आइतवार, चैत्र २, २०७६
जनकपुरमा चारजनाको शंकास्पद मृत्यु, तीनको अवस्था गम्भीर

जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा अवैद्य घरेलु मदिरा सेवनबाट ८ जना मृत्युको घटना सेलाउन नपाउँदै जनकपुरमा थप चारजनाको शंकास्पद मृत्यु भएको छ । जनकपुरधाम उप-महानगरपालिका ७ जानकी चोकस्थित मुसहरी बस्तीमा शंकास्पद चारजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जनकपुरधाम उप-महानगरपालिका ७ भ्रमरपुरा चोकस्थित मुसहरी टोलका ५५ वर्षीया बनारसी देवी सदा, ५२ वर्षीय झगरु सदा, ४५ वर्षीया मिथिला सदा र २२ वर्षीय जितेन्द्र सदाको मृत्यु भएको हो ।

सोही बस्तीका अन्य तीनजनाको अवस्था चिन्ताजनक रहेको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । बस्तिका अन्य २२ जनालाई स्वास्थ्य परिक्षणका लागि अस्पताल भर्ना गराइएको मेडिकल सुपरिटेण्डेन्ट डा. रामपरीक्षण यादवले जानकारी दिए ।

प्रादेशिक अस्पतालका जेनरल फिजिसियन तथा उपचारमा संलग्न चिकित्सक रामदेव चौधरीले गत बुधबार होलीको दिन मदिरा सेवन गरेकाले चेकजाँचका लागि ल्याब पठाइएको जानकारी दिए।बस्तीमा होलीका दिन प्रायः घरपरिवारका व्यक्तिले मदिरा सेवन गरेको वडा अध्यक्ष जानकीराम साहले बताए । अन्नपुर्ण पाेष्ट बाट

चर्चामा

सम्बन्धित समाचार