शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • प्रधानमन्त्रीले नेपालको नक्सा अङ्कित केक काट्दा सामाजिक सञ्जालमा आलोचना

प्रधानमन्त्रीले नेपालको नक्सा अङ्कित केक काट्दा सामाजिक सञ्जालमा आलोचना

  • सोमवार, फाल्गुन १२, २०७६
प्रधानमन्त्रीले नेपालको नक्सा अङ्कित केक काट्दा सामाजिक सञ्जालमा आलोचना

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मोत्सव ‘राजसी’ शैलीमा मनाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । आफैले जारी गरेको पार्टीको आचारसंहितालाई लत्याउँदै प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारा केक काटेपछि आइतबार लावालस्करसहित हेलिकप्टरमा पुर्ख्यौली घर तेह्रथुमको आठराई पुगे । प्रम ओलीले त्यहाँ पनि हेलिकप्टरबाट बोकिएको १५ किलोको केट काटे, करिब ६ हजारलाई भोज खुवाए ।

आफ्नो जन्मथलोमा उनले जुन १५ किलोको केक काटे त्यसमा नेपालमा नक्सा बनाइएको थियो । नेपालको नक्सा अंकित केकमाथि चक्कु चलाएको भन्दै उनको व्यापक आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा यो विषय निकै भाइरल भइरहेको छ ।

कतिले उनलाई ‘रगत प्यूने शासक’ भने त कतिले उनलाई ‘यतिसम्मको घिनलाग्दो सांस्कृतिक मजाक’ नगर्न सल्लाह पनि दिएका छन् ।

केक अगाडि राखिएको प्रधानमन्त्रीको फोटो सेयर गर्दै पत्रकार, नेतालगायतका सर्वसाधारणले आफ्नो असन्तुष्टि पोखेका छन् ।

घटना र विचारकी सम्पादक बबिता बस्नेतले लेखेकी छिन्, ‘जसको उपहार भए पनि यो राम्रो भएन प्रधानमन्त्रीज्यू, आफ्नो देशको नक्सा काटेर जन्म दिन मनाउने त्यो पनि देशको प्रधानमन्त्रीले ? हेर्दै मन झसङ्ग भयो । जन्म दिनको अवसरमा यहाँलाई सुस्वास्थ्य र दिर्घायुको लागि शुभकामना छ । साथै प्रश्न पनि छ, यो केकको अवधारणाकार को हो ?’ साभार राताेपाटि

चर्चामा

सम्बन्धित समाचार