शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • गायिका आस्था राउतलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने !

गायिका आस्था राउतलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने !

  • मङ्लबार, माघ १४, २०७६
गायिका आस्था राउतलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने !

काठमाडौं — विमानस्थलमा सुरक्षार्थ खटिएकी महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतविरुद्ध कानूनी प्रक्रिया शुरु गरिएको छ ।

राउतले गत साता विदेशबाट फर्कँदा त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । विमानस्थलमा प्रहरी जवान रमिशा श्रेष्ठले उनलाई चेकजाँच गरेकी थिइन । राउतले घटनापछि सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर प्रहरीलाई जथाभावी गालीसमेत गरेकी थिइन् ।

प्रहरी जवान श्रेष्ठको जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते आस्थाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । गायिका राउतलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने सम्भावना छ । अभद्र व्यवहार कसुर’मा १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

चर्चामा

सम्बन्धित समाचार