शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • लम्की जेसिस बर्ष २०२० को अध्यक्षमा बबिता पाण्डे,को हुन वबिता ? (यस्तो छ जिवनी )

लम्की जेसिस बर्ष २०२० को अध्यक्षमा बबिता पाण्डे,को हुन वबिता ? (यस्तो छ जिवनी )

  • सोमवार, माघ १३, २०७६
लम्की जेसिस बर्ष २०२० को अध्यक्षमा बबिता पाण्डे,को हुन वबिता ? (यस्तो छ जिवनी )

लम्कीमा / लम्की जेसीजको २० औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम शनिबार लम्कीमा सम्पन्न भएको छ । लम्की जेसीज बर्ष २०१९ का अध्यक्ष मोहन ढुंगानाको सभापतित्वमा भएको पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि लम्किचुहा नगरपालिका नगरप्रमुख महादेव बजगाई रहेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बजगाईले समाजमा थोरैमात्र काम गरेपनि राम्रो काम गरौं भन्ने भावनाको बिकासमा जेसीजले जोड दिएको बताउनु भयो । समाज परिवर्तनका लागि र देशमा राजनीतिक संकट परेको बेला राजनीति दलहरुलाई समेत बिधिको शासन स्थापना गर्न जेसीजले महत्वपूर्ण भूमिका खेलेको नगरप्रमुख बजगाईले बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि उपप्रमुख टीका थापाले जेसीजमा लागेका युवाले समाजका अन्य यूवाहरूलाई सकारात्मक परिवर्तन गर्न्तिर प्रेरित गरेको बताइन् । उहाँले सकारात्मक काममा यूवाहरुको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिनु भयो । कुलतमा लागेका यूवालाई जनचेतनामुलक कार्यक्रम गरि लागू औषध नियन्त्रण गर्ने कार्यक्रम ल्याउने बताउनु भयो ।

नेपाल जेसीज बर्ष २०२०का राष्ट्रिय उपाध्यक्ष रामबहादुर बोगटी, धिरज शाही, कोहलपुर जेसीज बर्ष २०२० का अध्यक्ष संगम खनालले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । लम्की जेसीज बर्ष २०२० को नयाँ नेतृत्वमा निर्विरोध निर्बाचित भएका अध्यक्षमा बबिता पाण्डे लगायत सम्पुर्ण पदाधिकारी र मनोनित पदाधिकारीहरुको पदभार ग्रहरण समेत भएको थियो ।
लम्की जेसिज बर्ष २०१९ का अध्यक्ष महोन ढुङ्गानाले बर्ष २०२० लाई सफल बनाउन आफु प्रतिबद्ध रहेको बताउदै बर्ष २०१९ लाई सफल पार्न सहयोग गर्ने सबै सहयोगीमनहरु प्रति धन्यबाद दिनु भएको थियो । पदस्थापन कार्यक्रममा छिमेकी शाखा लम्की लेडि जेसिज, टीकापुर, बौनिया, जोशिपुर, अत्तरीया, धनगढी, धनगढी लेडि जेसिज, महेन्दनगर, बाँके, नेपालगञ्जका जेशिज शाखाका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

लम्की जेसिज २०२० का अध्यक्ष जेसि वविता पाण्डेकोे जीवनी ।

वुवा चन्द्रलाल पाण्डे र माता हरिकला पाण्डेको कोखबाट साविक सुदुरपश्चिमाञ्चल विकास क्षेत्र टिकापुर नगरपालीका वडा न ः७ मा वि. स. २०४५ साल चैत्र ९ गते जन्मनुभएकी पाण्डेका श्रीमान् कृष्ण प्रसाद न्यौपाने , २ छोरा विवस  र विशाल , छोरि आरोहिको साथमा जेसीस जिवन अगाडि बढाई रहनुभएको छ ।
लम्की जेसीस वर्ष २०२० की अध्यक्ष जेसी वविता पाण्डे सन् २०१५ मा लम्की लेडि जेसीसको सदस्यता ग्रहण गरि जेसीस जिवनमा होमिनु भएकी पाण्डेले २०१६ मा लम्की जेसीसको सदस्यता प्राप्त सँगै जेसीस जिवन अगाडि बढाउनु भएको हो । सन् २०१७ मा लम्की जेसीसको उपाध्यक्ष, २०१८ मा कार्यकारणी उपाध्याक्ष हुदै जेसिजमय यात्रा निरन्तर अगाडि बढाउनुभएकी पाण्डेले २०१९ मा लम्की जेसीसको महासचिव जस्तो गरिमामय पद सफलता पुर्वक सम्हाली सक्नु भएको छ ।

पाण्डे नेपाल जेसीजले प्रदान गरेको TOT तालीम ग्रहण सँगै जेसीजमय यात्रा अगाडि बढाउदै देशका विभिन्न ठाँउमा गएर सबै जेसीस मित्रहरुलाई तालिम प्रदान गरि जेसीज यात्रालाई थप मलजल गर्ने महत्वपुर्ण भुमिका निर्वाह गरिसक्नु भएको छ । जेसीस जिवन सँगै पाण्डे यस क्षेत्रका अन्य विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वमा समेत आफ्ना गतिविधि अगाडि बढाइरनु भएको छ ।

उहा सामुदायिक रेडियो पश्चिम आवाजको संचालक समितिको सदस्य , लम्की चुहा नगर स्तरिय खेलकुद विकास समितिका कोषध्यक्ष , नेपाल कम्निन्युष्ट पािर्टको भातृ संगठन युवा सँघ लम्कीचुहा नगरकी अध्यक्ष, हुदै हाल युवा संघ नेपालको केन्द्रीय सदस्य समेत रहेर युवाहरुको नेतृत्व र व्यात्तित्व विकासमा निरन्तर खटिरहनु भएको छ । साथै पाण्डेले को–अपे्रसन फर सोसल डेभलपमेन्ट (COST ) नेपालकी अध्यक्ष पदमा रहदै युवाहरुलाई उद्यमी , क्षमता विकास , सिपमुलक तालिम प्रदान गदै युवाहरुलाई स्वरोजगार तर्फ उन्मुख गराउन समेत महत्वपुर्ण भुमिका निर्वाह गरिरहनु भएको छ ।

यसरी निरन्तर  समाज परिर्वतन , विकास अभियान र युवाहरुको नेतृत्व र व्यात्तित्व विकासमा निरन्तर आफ्नो यात्रा अगाडि बढाइरहनु भएकी जेसी वविता पाण्डे लम्की जेसीसको २० औँ अधिवेसन बाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हनुभएकोमा हार्दिक बधाई सहित यस कार्यकालमा आफ्नो जेसीसमय जिवनलाई थप , उपलब्धी र परिमाणमुखि बनाउन उहाको भुमिका अझ शशत्त बनोस्  हार्दिक मंगलमय शुभकामना छ ।

चर्चामा

सम्बन्धित समाचार