शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • काँडामा प्रहरी चौकीको स्थापना गरियो

काँडामा प्रहरी चौकीको स्थापना गरियो

  • शनिबार, माघ ११, २०७६
काँडामा प्रहरी चौकीको स्थापना गरियो

जिल्लाको खप्तड छेडेदह गाउँपालिका १ काँडामा प्रहरी चौकीको स्थापना गरिएको छ । नेपाल सरकार गृह मन्त्रालयको कार्तिक ७ गतेको निर्णय र प्रहरी प्रधान कार्यालयको आदेशानुसार खप्तड छेडेदह गाउँपालिका १ काँडामा प्रहरी चौकीको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराईले बताएका छन् । खप्तड छेडेदह गाउँपालिकाको साविकको काँडा र जयवागेश्वरीलाई लक्षित गरेर काँडामा प्रहरी चौकीको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरी चौकी काँडाका गोपाल बहादुर सिंहको घरमा रहने गरि स्थापना गरिएको र काँडा प्रहरी चौकीमा १ जना असई २ जना हवल्दार र ७ जना सिपाही गरी १० जना प्रहरी खटिने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरी चौकीको शुक्रबार बाजुराका प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले विधिवत रुपमा उद्धघाटन् गरेका छन् । गाउँमा प्रहरी चौकीको स्थापना भएपछि काँडाका स्थानीय बासीहरु खुसी भएका छन् । यो प्रहरी चौकीको स्थापनासंगै बाजुरामा अव जिल्ला प्रहरी कार्यालय मातहतका १८ वटा प्रहरी चौकी स्थापना भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार