बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचित्र संसार
  • २६ वर्षीय शिक्षिका १४ वर्षीय आठ कक्षामा पढ्ने विद्यार्थीसंग भागेपछि

२६ वर्षीय शिक्षिका १४ वर्षीय आठ कक्षामा पढ्ने विद्यार्थीसंग भागेपछि

  • मङ्लबार, माघ ७, २०७६
२६ वर्षीय शिक्षिका १४ वर्षीय आठ कक्षामा पढ्ने विद्यार्थीसंग भागेपछि

गुजरातको गान्धीनगरमा २६ वर्षीया शिक्षिका आठ कक्षामा पढ्ने १४ वर्षीय विद्यार्थीका साथ भागेकी छन् ।

आफनो छोरालाई शिक्षिकाले फकाइ आफनो जालमा पारेको विद्यार्थीका पिता प्रहरीलाई दिउको उजुरीमा उल्लेख गरेका छन ।

सरकारी कर्मचारी हुन् र उनले प्रहरीसमक्ष शिक्षिकाका विरुद्ध उजुरी दर्ता गरेका छन् । शिक्षिका र विद्यार्थी शुक्रवार अपराह्न ४ बजेदेखि गायब छन् ।

भारतीय दण्ड संहिताको दफा ३६३ अन्तर्गत पोइल जाने कसूरमा कलोल प्रहरीसमक्ष उजुरी दर्ता गरिएको छ । उजुरीमा ती शिक्षिका कलोल शहरको दरबारी चालमा बस्ने उल्लेख छ ।

एक प्रहरी अधिकारीहरूका अनुसार, शिक्षिका ती विद्यार्थीसँग बढी नै नजिकिएकी थिइन् र विद्यालयका अधिकारीहरूले उनीहरूलाई चेतावनी समेत दिएका थिए । शिक्षिका आफ्ना किशोर विद्यार्थीसँग भाग्ने दुर्लभै घटना भएको ती अधिकारीको भनाइ छ ।

किशोरका पिताले उजुरीमा उल्लेख गरेका छन् ‘म बेलुका ७ बजे घर पुग्दा छोरो हराइरहेको पाएँ । छोरो ४ बजेतिर घरबाट निस्केको पत्नीले बताइन् । हामीले उसलाई टोलभरि खोज्यौं र नातेदारहरूकहाँ पनि सोधखोज गर्‍यौं तर पत्ता लगाउन सकेनौं । म त्यसपछि शिक्षिकाको घर गएँ तर उनीहरू त्यहाँ थिएनन्,’ ।

चर्चामा

सम्बन्धित समाचार