बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • छाउगाेठ भत्काउनु परिबर्तन हाेईन साेचबदलाै जनचेतना जाेगाउ

छाउगाेठ भत्काउनु परिबर्तन हाेईन साेचबदलाै जनचेतना जाेगाउ

  • सोमवार, पुस २८, २०७६
छाउगाेठ भत्काउनु परिबर्तन हाेईन साेचबदलाै जनचेतना जाेगाउ

छाउगाेठ भत्काउनु परिबर्तन हाेईन साेच बदलाै जनचेतना जाेगाउ ,महिनावारी हुदा हेर्ने नजर भत्काउ सामाज अाफै परिबर्तन हुन्छ । म तेहि समाजकाे एक नारि हु जुन अहिले पनि मेराे समुदायमा त्याे प्रथा अन्य हुन सकिरहेको छैन सुदुरपच्चिमकाे अधिकाश जिल्लामा अहिले पनि महिनावारी एउटा कुप्रथा हाे भन्य रुपमा चली अायकाे छ पछिल्लाे समयमा धेरै सरकारि नियाय देखि गैर सरकारि सघसस्थाले पनि यस विषय लाई ठुलाे चर्चाकाे बिषय बनायर लगेकाे पाईन्छ ,लिनु पनि स्वभाविक नै हाे अहिले सम्मकाे तुलनामा प्रत्यक्ष रुपमा म जस्तै कतिपय दिदि बैनि हरुले गाेठमा सुतेर असुरक्षितकाे कारणले नै अाफ्नाे ज्यान गुमाई सक्नु भएकाे छ , समाज पहिलेकाे हाम्राे पुर्खाकाे तुलनामा धेरै परिवर्तन भै सकेकाे छ तर हामी तेहि समाजमा बस्ने अधिकाङस मानिसहरु ले साेचलाई बदल्न सकिरहेका छैनाै यसकाे पछाडि कारण थुप्रै छन मुख्य त हाम्राे गरिबी अशिक्षा र चेतनाकाे कमि हाे ,पछिलाे समयमा जति पनि अभियान चले ती अभियान हरु अझै सफल बन्न सकिरहेका छैनन् ।

     समाज एकै पटक र एकै जना बाट परिबर्तन हुदैन ,कति पय घरमा महिनावारी हुदा घर भन्दा बाहिर बस्ने ,कसैलाई न छुने ,दहि दुध जस्ता खानेकुरा खान न हुने धामि झाक्रीलाइ छुन नमिल्ने यति मात्र नभयर पहिलाे महिनावारी मा कतिपय समुदाय मा त अहिले सम अनुहार नि देखाउन नमिल्ने चलन समेत छ ,याे ठिक हाेत , समाज लाई कसरी परिबर्तन गर्ने ,पछिल्लाे समयमा परिबर्तन गर्न गाेठ भत्काईने गरेकाे पाईन्छ लाग्छ मलाई याे परिबर्तन हाेइन ,हाम्राे समुदायमा यदि अार्थिक विपन्न परिवारका मानिस हरु पनि छन जुन उनिहरु सङ्ग एउटा गाेठ लगाउन सक्ने अार्थिक क्षमता नि छैन , लाग्छ सबै भन्दा पहिले समाज परिवर्तन गर्नमा ठुलाे भुमिका शिक्षा हाे जनचेतना काे कमिले गर्दा नै समाज पछाडि परेकाे छ ,महिनावारि एउटा प्राकृतिक नियम भएपनि यसलेले महिलाको शारीरिक ,मानसिक परिबर्तनकाे रुपमा ठुलाे भुमिका खेलेकाे हुन्छ ,हाम्राे समाजमा ५/७ दिनसम्म महिनावारी भनेर तुलना गर्ने र यहि समयमा मा कामकाे चेप ,खान बस्न असुरक्षित ,स्वास्थेकाे लापरबाही भयकाे देखिन्छ याे एउटा कमजाेरि पाटाे हाे । ,महिनावारी मा नि हाम्राे स्वास्थेलाई प्राेटिन भिटामिन कार्बाेहाईडेट ,क्यालसियम जस्ताे खाना र अारमकाे अाबस्यकता पर्छ ,तर हामी यहि समय मा याे कुराकाे ख्याल गरिराकेकाे हुदैनाै ।  म नि एक नारी हु महिनावारी हुदा अलग बस्छु तर घरभत्रै अाफ्नै काेठामा ,कसैले दहि दूध न खालाना भान्सा न पस्लान धामीझाँक्री न छुलान त्याे उनिहरुकाे ब्यक्तिगत कुराे हाे । यसमा हस्ताक्षेप गर्नु स्वभाविक लाग्दैन ,महिना वारि हुदा अारम चाहिन्छ सरसलाईकाे अाबस्यकता पर्छ ब्यक्ति विछे अा अाफ्नाे स्वभाव नि फरक हुन्छ ,हामिले परिबर्तन नै ल्याउनु पर्ने कुराे के हाेत यसतिर जनचेतना लैलाउनु अाबस्यक छ । महिनावारि हुदा स्कुल नजाने घर भन्दा टाढा अलग गाेठमा बस्ने कापिकिता छुन न मिल्ने महिनावारी हुनु एक प्राकृतिक नियम हाे न साेचेर कुप्रथा नै हाे । भन्ने जस्ता धारणालाई परिवर्तन गर्नु अाबस्यक छ । ब्यक्ति स्वयम् अाफु परिवर्तन हाै ,घरपरिवार लाई शिक्षित बनाउ अनि समाज परिवर्तन हुन्छ । हामीले एकै पटक सबै कुरालाई परिबर्तन गर्न खाेजे असम्भव हुन्छ हामिलाई चाहियकाे परिबर्तन महिना वारी हुदाकाे सुरक्षा हाे प्रेत्यक्ष दिदिबैनि ले याे सुरक्षा मेराे लागि हाे।

     याे अभियान मेराे लागि हाे साेच्नु हुन्न परिबर्तन अ सम्भब देखिन्छ प्रत्येक अभिभावक ले याे अभियान सुरक्षा मेराे परिवार काे लागि हाे भन्य साेच्चाै गाेठ एउटा नारीकाे लागि असुरक्षित स्थान हाे,अाफ्नै घरकाे सुरक्षित काेठामा बस्ने बानिकाे विकास गराै समाज कति अगाडि बढि सकेकाे छ तर हाम्राे समुदायमा अाफ्नाे सुरक्षाकाे लागि पनि भिभिन्न नियाले अभियान चलाई राख्नु याे हामी दिदिबैनि हरुकाे लागि नै असैय विषय हाे , अाफ्नाे स्वास्थ र सुरक्षाको लागि त हामी अाफै जान्नु पर्ने अाबस्यक देखिन्छ  । हिजाेकाे दिनहरुमा एउटा गाेठमा बसेर जति पनि घटना हरु घटे ती घटना न दाेहाेरिउन भन्नकाे लागि नै अहिले विभिन्न निकायले अभियान चलाई रहेकाछन यसमा हामी स्वयम अाफु परिवर्तन भयनाै र अाफ्नाे परिवार र समुदायलाई सुझाव दिन सकेनौं भने हिजाे काे जस्तै घटना हरु न दाेहाेरियलान भन्न सकिन्न ,तेसकाे लागि हामिले स्वयम् अाफै बाट परिवर्तन हुनु अाबस्क देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार