शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • “सुशासन र समृद्ध नेपाल” को लक्ष्य पुरा गर्न नेपाल प्रहरी अग्रणी स्थानमा रहने गरी कार्य गर्नु : प्रहरी नायव महानिरीक्षक : पोख्रेल

“सुशासन र समृद्ध नेपाल” को लक्ष्य पुरा गर्न नेपाल प्रहरी अग्रणी स्थानमा रहने गरी कार्य गर्नु : प्रहरी नायव महानिरीक्षक : पोख्रेल

  • मङ्लबार, पुस २२, २०७६
“सुशासन र समृद्ध नेपाल” को लक्ष्य पुरा गर्न नेपाल प्रहरी अग्रणी स्थानमा रहने गरी कार्य गर्नु : प्रहरी नायव महानिरीक्षक : पोख्रेल

  नेपाल सरकारले अंगिकार गरेको सुशासन र समृद्ध नेपालको लक्ष्य पुरा गर्ने राज्य संयन्त्रहरूमा नेपाल प्रहरी सदैव अग्रणी स्थानमा रहने गरी कार्य गर्न महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले निर्देशन दिनु भयो । सोमबार विहान नेपाल पुलिस क्वब भृकुटीमण्डपमा महानगरीय प्रहरी कार्यालय मातहतका सिनियर प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुहुदै सो कुरा बताउनु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै पोखरेलले सुशासनको आधारभुत कुराहरू कानूनमा आधारीत प्रशासन, निष्पक्षता, समानता, पारदर्शिता, जवाफदेहीता र अन्य व्यवसायिकताका साथ व्यक्तिगत स्वार्थ विना कार्य गर्न निर्देशन दिनुभयो । नेपाल सरकारले अंगालेको सुशासनको अभियानमा जो प्रहरी कर्मचारी चुक्छ त्यसलाई Excuse नगर्ने बताउनु भयो । निर्देशनकै क्रममा उहाँले प्रहरी उपरिक्षकको नेतृत्वमा Performance Audit Team गठन गरिएको र त्यही टिमले गरेको मुल्याङकन अनुसार पुरस्कृत र कारवाही गर्ने बताउदै सो टिमले अवोप्रान्त महानगरीय प्रहरी कार्यालय अन्तर्गतका प्रहरी कर्मचारीहरूले आर्थिक अनियमितता एवं आचरण सम्बन्धी कुनै कसुर गरेमा प्रहरी नियमावली २०७१ बमोजिम तत्कालै कारवाही गर्ने बताउनु भयो । हाकिमको सहयोग गर्न ढोका ढोकामा खटाएको प्रहरी कर्मचारीहरूलाई हटाई कार्यालयमा आउने सेवा ग्राहीको सहयोगको लागी खटाउनु, तिनिहरूले सेवाग्राही के का लागी आए, कसलाई भेटन आए ति कुराहरूमा सहजिकरण गरिदिने गरि खटाउन समेत निर्देशन गर्नु भयो । प्रहरी अधिकृतहरूले तल्लो दर्जाको मनोवल उच्च बनाउन सके मात्र सुरक्षा सुदृढ हुने बताउदै तल्लो दर्जाको कर्मचारी संग सदैव नजिक भई कार्य गर्न निर्देशन दिनु भयो । जवान संगको निकटताले कमाण्डमा ह्रास आउछ भन्ने सोच्नु गलत भएको भन्दै अप्ठारोमा त्यही जवानले आफुलाई सदैव जोगाएको घटनाको स्मरण गराउनु भयो । नागरिकको पिडा, समस्या र कठिनाई बुझ्न नागरिकसगै खानुस, सुत्नुस त्यसबाट नै तपाई प्रतिको सम्मान अभिवृद्धि हुने उहाँले बताउनु भयो ।

चर्चामा

सम्बन्धित समाचार