शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • खवर अपरेशन : ठेकेदारको कब्जामा खुलामञ्च, सरकारी निकाय मौन किन ?

खवर अपरेशन : ठेकेदारको कब्जामा खुलामञ्च, सरकारी निकाय मौन किन ?

ठेकेदारकाे रजाइ नगरपािलका र प्रशासन माैन

  • मङ्लबार, पुस ८, २०७६
खवर अपरेशन :   ठेकेदारको कब्जामा खुलामञ्च, सरकारी निकाय मौन किन ?
बाजुराको सदरमुकाम मार्तडीमा रहेको खुलामञ्च पछिल्लो समय डपिङ्ग ठाँउ बन्दै गरेको । तस्वीर : प्रकाश सिहं

मार्तडी पुस ८ गते — बाजुराको सदरमुकाम मार्तडीमा रहेको खुलामञ्च ठेकेदारले कब्जा जमाएका छन् । जिल्लामा एक मात्र खेलुकुद देखी सबै कार्यक्रम हुने खुलामञ्च एक बर्ष पहिले देखी २ जना ठेकेदारले कब्जा जमाएका छन् । पछिल्लो समय खुलामञ्च बजारको फोहोर फाल्ने देखी ठेकेदारहरुका निर्माण साम्रगी राख्ने ठाँउ बन्दै गएको छ । ठेकेदार बिजयराज पण्डित र प्रकाश रावलले माटो, वालुवा, ढुङ्गा, गिट्टि लगायत फोहोर फाल्ने ठाँउ जस्तै बनाएको स्थानीयले बताए । यसरी सार्वजनिक ठाँउमा ठेकेदारका निर्माण साम्रगी र डपिङ्ग क्षेत्र बनाउदा सम्बन्धित निकाय नै मुखदर्शक बनेको स्थानीयको गुनासो रहेको छ ।
जिल्ला प्रशासन कार्यलय, जिल्ला समन्वय प्रमुखको निवास, बडिमालिका नगरपालिका, बडिमालिका नगरपालिका वडा नम्बर ८ को वडा कार्यलय बिचमा खुलामञ्च छ, तर डपिङ्ग क्षेत्र बन्दासम्म सबै मुखर्दशक बनेको नागरिक अगुवा दिर्घराज पाध्यायले बताए । पटक पटक माटो हटाउनका लागि प्रशासनलाई आग्रह गर्दा पनि वास्ता नै नगरेको नागरिक अगुवा काशि बिकले बताउनुभयो । पहिलो नगरपालिकाले नै ठेकेदार बिजय पण्डितलाई माटो फाल्न लगाएको हो नगरपालिकाको गल्ति हो,र प्रशासनले निर्माण सामाग्री नहटाउदा गल्ति भएको बिकले बताए ।
खुलामञ्च ठेकेदारका निर्माण साम्रगी राख्ने र डपिङ्ग क्षेत्र बनेको डेढ बर्ष भइसकेको छ । सार्वजनिक कार्यक्रम गर्ने ठाँउ एउटै त्यही मञ्च हो, त्यो नै अस्तब्यस्त बनाएपछि कार्यक्रम गर्न मालिका उच्च माबि र जिल्ला समन्वय समितिको मैदानमा हुने गरेका छन् । भलिबल खेल्न मैदानका रुपमा प्रयोग हुने गरेको मञ्च एक बर्ष देखी भलिबल समेत खेल्न बन्द भएको भलिबल खेलाडी शुरेस खडकाले बताए । हटाउन त भन्यौ कसैले नसुनेको उनले बताए ।
खुला मञ्च खाली गर्न पटक पटक आग्रह गरेको भए पनी बडिमालिका नगरपालिकाको संरक्षणमा ठेकेदार बिजयराज पण्डित र प्रकाश रावल रहेकोले केही गर्न नसकेको हुनसक्ने स्थानीयले बताउने गरेका छन् । नगरपालिकाले वास्ता नगर्दा समस्या भएको स्थानियको गुनासो रहेको छ । कसैलाई केही वास्ता छैन्, मञ्च बनाइएको छ, अर्कोतिर सार्वजनिक शौचालय छन्, सबै अलपत्र अबस्थामा रहेको नागरिक अगुवाले बताउदै आएका छन् । खुलामञ्च यो अबस्था बनेपछि धेरै मानिस जम्मा हुने ठाँउ समेत नरहेको स्थानीयको गुनासो रहेको छ । पानि आएको दिनमा मञ्च बाट माटो बगेर बजार आउने गरेको छ, आवत जावत गर्न निकै समस्या हुने गरेको स्थानीय पसल ब्यबासायी रमबहादुर शाहीले बताउनुभयो ।
वडा नम्बर ८ का वडाअध्यक्ष समेत रहेका ठेकेदार प्रकाश रावलले पनि घरको माटो ल्याएर त्यहि थुपारेका छन् । खुलामञ्च निर्माण कम्पनीको सामानले भरिएका कारण जिल्लामा भलिवल लगाएतका खेलहरु पनी हुन नसकेको जिल्ला खेलकुद बिकास समितिले जनाएको छ । खुलामञ्च नजिकै रहेको वालमन्दिर आधारभुत बिद्यालय समेत प्रभाबित भएको बिध्यालयकी प्रधानाध्यापक शुसिला बुढथापाले बताइन । मञ्चमा डपिङ्ग साइड बनाए पछि वालबालिकालाई आवत जावत गर्न समस्या र खेल बाट बञ्चित भएको प्रअ बुडथापाले बताएकी छन् ।
यो तत्काल हटाउन लगाउने प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले बताए पनी यो समाचार तयार पार्नासम्म केही नगरिएको देखीएको छ । खुलामञ्चको जग्गा जिल्ला समन्वय समितिको हो, नजिकै समन्वय प्रमुख बस्ने निवास छ, तर उहाँले पनि बेवास्ता गरेको स्थानियको आरोप छ ।

चर्चामा

सम्बन्धित समाचार