बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र २ महिनादेखि डाक्टर विहीन

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र २ महिनादेखि डाक्टर विहीन

  • बुधबार, माघ २३, २०७५
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र २ महिनादेखि डाक्टर विहीन

मदन वि.क.
बाजुरा,
बाजुराको बुढीनन्दा नगरपालिकास्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र २ महिनादेखि डाक्टर विहिन बनेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर विजय शाह स्वास्थ्य केन्द्रबाट सरुवा भई गएपछि सो स्वास्थ्य केन्द्र २ महिनादेखि डाक्टर विहिन बनेको हो ।
सोही स्वास्थ्य केन्द्रमा डा सत्यबहादुर शाहीलाई करारमा राखिएको भएपनि करार सेवाको अवधि सकिएपछि स्वास्थ्य केन्द्र डाक्टर विहिन बनेको छ ।
स्वास्थ्य केन्द्रमा डाक्टरहरु नभएपछि जटिल खालका विरामीहरु २ महिना देखि प्रत्यक्ष मारमा परेका छन् । स्वास्थ्य केन्द्र अहिले एक जना अहेबको भरमा संचालन गर्नुपर्ने बाध्यता भएको प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त लोकेन्द्र न्यौपानेले गुनासो गरे ।
डाक्टर नुहँदा अहिले स्वास्थ्य केन्द्रमा आउने जटिल खालका प्रसुति सम्वन्धि आउने विरामीहरु जिल्ला बाहिर रिफर गर्नुपरेको स्वास्थ्य कर्मीहरुले गुनासो गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार प्रयाप्त मात्रामा स्वाथ्यकर्मी र आबस्यक औषधी नभएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
यता जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले भने उक्त स्वास्थ्य केन्द्रमा डाक्टरको व्यवस्था छिट्टै हुने बताए ।
स्वास्थ्य केन्द्रमा विगत दुई बर्ष देखि करार सेवामा काम गर्दै आएका डाः सत्य बहादुर शाहीको करार अवधि समाप्त भएको र बुढीनन्दा नगरपालिकाले डाक्टर शाहीको करार सेवाको म्याद थप्नका लागि केही पनि पहल नगरेपछि स्वास्थ्य केन्द्र अहिले डाक्टर विहीन भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीको प्रसुती गृहमा हाल ग्लोव, क्यानुला, इम्प्लान्ट लगायतका अत्यावश्यकिय सामग्री अभाव भैरहेको स्वास्थ्य केन्द्रमा कार्यरत सिअनमी देउमा धामीले बताएकी छिन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा बाजुराको बुढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र छिमेकी जिल्ला हुम्ला मुगु कालिकोटका विरामीहरु उपचार गर्न आउने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार